Sunday, April 19News That Matters

Banner News 3

साउन १३ गते दिक्तेलमा रक्तदान कार्यक्रम हुने

साउन १३ गते दिक्तेलमा रक्तदान कार्यक्रम हुने

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन ११ । साउन १३ गते शुक्रबार दिक्तेल स्थित जिल्ला अस्पताल खोटाङमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी खोटाङसँगको सहकार्यमा नेकपा एमाले संबद्ध विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रगत जम्मा गर्ने जिल्ला अस्पताल खोटाङको ब्लड बैंकको क्षमता अनुसार १० जनासम्मले रक्तदान गर्न सक्ने रेडक्रसले जनाएको छ । जिल्लामा रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो । रक्तदान गर्न इच्छुक व्यक्तिले उक्त दिन जिल्ला अस्पतालमा आउन अनेरास्ववियुले अनुरोध गरेको छ । ब्लड बैंकको क्षमता अनुसार इच्छुक १० जनाले सोही दिन रक्तदान गर्न पाउने छन् भने अन्य व्यक्तिको रगत परिक्षण गरिने र आवश्यक परेको अवस्थामा रक्तदान गर्न बोलाईने रेडक्रसले जनाएको छ । यस्तै, ३१ औँ मनोज स्मृति दिवस सप्ताह...
राष्ट्रिय भूमि आयोग र खोटाङका स्थानीय तहबीच सम्झौता

राष्ट्रिय भूमि आयोग र खोटाङका स्थानीय तहबीच सम्झौता

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ४ । राष्ट्रिय भूमि आयोग र खोटाङका स्थानीय तहहरुबीच सम्झौता भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार (आज) एक कार्यक्रमका बीच भूमिहिनहरुलाई भूमि दिलाउने विषयको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जिल्लाका दशै वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रसाशकीय अधिकृत अर्थात प्रतिनिधि र सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा आउनुभएका राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कार्यकालागि अभिमुखीकण पनि प्रदान गर्नुभयो । नेपाली नागरिक भएपनि कुनै भूमि आफ्नो नाममा नरहेको अवस्था छ । त्यस्ता व्यक्तिहरुलाई भूमि दिलाउनकालागि उक्त आयोगले काम गर्ने खड्काले बताउनुभयो । “संविधानमा, कानुनमा लेखिएका कुराहरु व्यवहारमा लागु भएका छैनन्, कानुनलाई कागजमा मात्र सिमित राख्ने ...
हर्क साम्पाङको प्रस्ताव : लोक सेवाको परीक्षा लाइभ गरौं

हर्क साम्पाङको प्रस्ताव : लोक सेवाको परीक्षा लाइभ गरौं

Banner News 3, ताजा अपडेट, समाचार, समाज
३ साउन ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा मंगलबार बिहान उनले परीक्षा र अन्तर्वार्ता लाइभ नगरे विश्वास नहुने बताएका छन्। 'लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ। नत्र विश्वास नहुने देखिन्छ', उनले लेखेका छन्।...
खोटाङमा भेटियो ५ मिटर लामो अजिंगर

खोटाङमा भेटियो ५ मिटर लामो अजिंगर

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा अजिंगर भेटिएको छ । डिकुवाको छोम्पाङ स्थित एक स्थानीयको घर भित्रको खाटमुनी (खाटको खुट्टामा) बेरिएको अवस्थामा फेला परेको सोही ठाउँका स्थानीय रमेश राईले जानकारी दिनुभयो । राईको भनाइ अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टमा बेरिरहेको अवस्थामा अजिंगर भेटिएको थियो । केही समयसम्म पनि अजिंगर कतै नगएपछि स्थानीयले पुजाँ गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छाडिदिएको राईले बताउनुभयो । अजिंगर करीब ५ मिटर लामो रहेको उहाँको भनाइ छ । अजिंगर ठूलो सर्प हो । यो प्रायः घना वन जंगलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ । यो कहिलेकाहीँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्ने जानकारहरु बताउँछन । खोटाङमा भने आजसम्म यति ठुलो अजिंगर नदेखिएको नागरिकको भनाइ छ ।...
खोटाङ : अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

खोटाङ : अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार २४ । खोटाङमा अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा लिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ स्थित सुनकोशी नदिबाट रातको समयमा नदिजन्य बालुवा अवैधरुपमा उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अवैधरुपमा बालुवा ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा धितुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान राती २ बजेको समयमा ट्याक्टर नियन्त्रणमा लिएको हो । सुनकोशी भाडवेँसीबाट धितुङ तर्फ आउदै गरेको लु ४ त ६९७४ नम्वरको बालुवासहितको ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहिकालागि हलेसी तुवाचुङ नगरपालिकालाई बुझाईएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । नगरपालिकाले रु १५ सय जरिवाना तिराएर छाडिएको उपमेयर रमेशकुमार राउतले जानकारी दिनुभयो । आगामि दिनमा पुनः सोही गल्ती गरेमा थप कारवाहि गरिने उपमेयर राउतले बताउनुभयो ।...
हलेसी तुवाचुङमा बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रम

हलेसी तुवाचुङमा बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुवात गरेको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारबाट यस कार्यक्रमको सुरुवात गरिएको हो । जसका लागि नगर प्रमुख विमलाई राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई नगद रु ५५ हजार समेत प्रदान गरिसक्नु भएको छ । अब बालविवाह रोक्न विद्यालयमा किशोरीहरुको समुह निर्माण हुनेछ । सोही समुहले बालविवाह रोक्न विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्नेछन् । “पहिले घरबाट दिएर बालविवाह हुन्थ्यो भने अहिले आफै भागेर बाविवाह गर्ने चलन बढिरहेको छ ।” नगर प्रमुख राईले भन्नुभयो, “त्यसैले अब बालविवाह रोक्नका लागि बालिकाहरु आफै सचेत हुनुपर्ने भएकाले उनिहरुकै नेतृत्वमा कार्यक्रम सुरु गरिएको हो ।” बालविवाह किन गर्न हुँदैन ? गर्दा कस्ता समस्या हुन सक्छन ? भन्ने विषयमा उनिहरु आफैमा चेतना हुन आवश्यक रहेकाले यस कार्यक्रम प्रभावकारी हुने प्रमुख...
खोटाङ : दलित महिला वडा सदस्य झुण्डिएको अवस्थामा मृत फेला

खोटाङ : दलित महिला वडा सदस्य झुण्डिएको अवस्थामा मृत फेला

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार २२ । रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी निर्वाचित दलित महिला वडा सदस्य मेनुजा विश्वकर्मा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । नजिकै रहेको माईती घरमा आज बिहान ३४ वर्षिया विश्वकर्मा झुण्डिरहेको अवस्थामा फेला परेको वडाध्यक्ष बिरेन्द्र मगरले जानकारी दिए । उनको घर र माईतिघर नजिकै रहेको छ । हिजो माईतिघर गएकी विश्वकर्मा आज बिहान झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । विश्वकर्मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन । उनी रावा बेसि गाउँपालिकाको कार्यपालिका सदस्य पनि हुन् । पहिलो स्थानीय तहको चुनावमा विजयी भएर पाँच वर्ष कार्यकाल पुरा गरेकी विश्कर्मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनमा केही समय अघि देखि डिप्रेसनको बिमार रहेको स्थानीयको भनाइ छ । उनका दुई जना छोरी रहेका छन भने श्रीमान् बिदेशमा छन । मृतकको शवलाई परीक्षण गर्न जिल्ला अस्पत...
प्रेस युनियनका अध्यक्ष चौलागाँईलाई ‘किरात राई खेलकुद पत्रकारिता पुरस्कार’

प्रेस युनियनका अध्यक्ष चौलागाँईलाई ‘किरात राई खेलकुद पत्रकारिता पुरस्कार’

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार २२ । नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष एवं प्रभाव न्युज डटकमका अध्यक्ष उत्तम चौलागाई ‘किरात राई खेलकुद पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । दिक्तेलमा भएको संघको तेश्रो राष्ट्रिय महाधिवेशनको समापन समारोहमा चौलागाईलाई खेलकुद पत्रकारिता प्रदान गरेको हो । चौलागाईलाई तेक्वान्दो ग्राण्ड मास्टर तथा सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईले नगद १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्रले सम्मान गरेका हुन् । पत्रकारिताको माध्यमबाट जिल्लाको खेलकुद क्षेत्रको सुधार, वेतिथि विरुद्ध र सुशासनको पक्षमा समाचार सम्प्रेषण गरी पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै पुरस्कृत गरिएको किरात राई खेलकुद संघले जनाएको छ । खोटाङमा बसेर पत्रकारित गर्दै आएका चौलागाई कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता पनि हुन् ।...
खोटाङका नव गायक गोविन्द सुनुवारको “मुटुमा घाउ छ मेरो” सार्वजनिक

खोटाङका नव गायक गोविन्द सुनुवारको “मुटुमा घाउ छ मेरो” सार्वजनिक

Banner News 3, ताजा अपडेट, मनोरञ्जन
खोटाङ, असार २१ । खोटाङका सर्जक गोविन्द सुनुवार (खोटाङगे)को नयाँ गीत “मुटुमा घाउ छ मेरो” सार्वजनिक भएको छ । गोविन्दकै शब्द, सगिंत र स्वरमा रहेको गीत युट्युवमा सार्वजनिक गरिएको हो । पुस्कर सुनुवार युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा चर्चित गायक पुस्कर सुनुवारको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । “तिम्रो बारेमा” र “तिमिलाई मैले भनेको थिएँ” बोलका दुई वटा गीत सांगितक बजारमा ल्याइसकेका गोविन्दको “मुटुमा घाउ छ मेरो” तेस्रो सृजना हो । तेस्रो सृजना लिएर सांगितिक बजारमा आएका गोविन्दले एक पटक गीत सुन्न र प्रतिक्रिया समेत दिन आग्रह गरेका छन् ।  ...
एकै परिवारका ६ जनाको हत्या गर्ने ४ जनालाई जीवनभर जेल

एकै परिवारका ६ जनाको हत्या गर्ने ४ जनालाई जीवनभर जेल

Banner News 3, ताजा अपडेट, समाचार, समाज
असार २१ । जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो । हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई आजीवन कारावासको सजाय सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले एक जना नाबालक रहेकाले कम सजाय भएको बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ । आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुनजेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए । ४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकलाई भने यसमा छुट दिइएको छ । नाबालकले भने १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ । उ...