Saturday, April 18News That Matters

Banner News 3

खोटाङ : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

खोटाङ : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २९ । खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल ईन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् । त्यहाँ अध्ययनरत छात्राहरूले आफूहरूलाई पटकपटक यौनजन्य हिंसा गर्दै आएको र मंगलबार पनि दुई जना छात्राहरूबाट आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्ने गुनासो आएपछि नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थीहरूले प्रिन्सिपल आचार्यलाई शिक्षालयमै गएर कालो मोसो दलेका थिए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले कालो मोसो दलेपछि सोही स्थानमा बोलाएर आचार्यलाई प्रहरीको  जिम्मा लगाइएको बताउनुभयो । एमाले निकट अनेरास्ववियुका तर्फबाट अध्यक्ष संग्राम र माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) की जिल्ला सदस्य रमिला बाँस्तोलाले संयुक्त प्रेस विज्ञप्ति ज...
खोटाङका पाँच पालिकामा भोलि दिनभर विद्युत अवरुद्ध हुने

खोटाङका पाँच पालिकामा भोलि दिनभर विद्युत अवरुद्ध हुने

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २९ । खोटाङका पाँच स्थानीय तहमा भोलि बुधबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र अन्तर्गत बुइपा सबस्टेसनबाट उत्पादित हलेसी ११ केभी लाइनको दायाँबायाँ बुस कटिङ गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिकाका सम्पूर्ण भूभाग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका केही भूभागमा विद्युत आपूर्ति बन्द हुुने भएको हो । तोकिएको समयभन्दा अगावै बुस कटिङ कार्य सम्पन्न भए बेलुका ५ बजेभन्दा अगाडि नै पनि विद्युत सुचारु हुन सक्ने नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनुभयो ।...
पत्रकारले पेशागत मर्यादा सधैँ ख्याल गर्नुपर्नेमा जोड

पत्रकारले पेशागत मर्यादा सधैँ ख्याल गर्नुपर्नेमा जोड

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत २८ । नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले ‘स्थानीय तहको निर्वाचनमा पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नवकिरण सेवा समाजको हलमा बसेको युनियनको तेस्रो विस्तारित बैठकमा प्रेस युनियन आबद्ध जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको हो । निर्वाचनको समयमा पत्रकार तथा सञ्चारकर्मीले समाचार लेखन, प्रकाशन तथा प्रसारण गर्दा ध्यान दिनुपर्ने विषयमा बैठकमा वृहत छलफल भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दीलिप खत्री र नेपाल प्रस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईंले पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत मर्यादा सधैँ ख्याल राख्नुपर्नेमा जोड दिनुभयो । पत्रकार आम नागरिकको विश्वासपात्र भएकाले सोही अनुसार काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो । समाजमा भ्रम सिर्जना गरी...
प्रदेश १ का १३२ पालिकाको संस्थागत क्षमता स्वमूल्यांकलनमा दिप्रुङ चुइचुम्मा चौथो

प्रदेश १ का १३२ पालिकाको संस्थागत क्षमता स्वमूल्यांकलनमा दिप्रुङ चुइचुम्मा चौथो

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
-पवन खड्का खोटाङ, चैत २६ । स्थानीय तहहरूको सुशासनको अवस्था मापन गर्ने संस्थागत क्षमता स्वमूल्यांकलन (लिजा) मा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अब्बल देखिएको छ । संस्थागत क्षमता स्वमूल्यांकनमा दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रदेश १ मा चौथो बनेको छ । १३७ वटा स्थानीय तह रहेको प्रदेश १ का लिजा प्रणालीमा प्रविष्ट १३२ वटा स्थानीय तहमध्ये दिप्रुङ चुुइचुम्मा गाउँपालिका ८०.५ अंक प्राप्त गरेर प्रदेशभर चौथो र जिल्लामा पहिलो भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रदेश १ का स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा इलामका स्थानीय तह अगाडि देखिएका छन् । इलामको इलाम नगरपालिका ८६ अंकसहित पहिलो हुुँदा धनकुटाको पाख्रीबास नगरपालिका ८४ अंकसहहित दोस्रो भएको छ । प्रदेश १ मै अगाडि देखिएको इलामको सूर्योदय नगरपालिका ८१.२५ अंकसहित तेस्रो भएको छ । खोटाङका स्थानीय तहको संस्थागत क्षमत...
बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
-पवन खड्का खोटाङ, चैत २६ । खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) सञ्चालनमा आएको छ । हरेक शुक्रबार जिल्लाकै सर्वाधिक ठूलो साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको शुक्रबार प्रतिनिधिभा सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभएको हो । लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा यसअघि चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या थियो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै उक्त समस्या अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका ...
ऐँसेलुखर्कले बनायो सय जना अट्ने सुविधा सम्पन्न सभाहल

ऐँसेलुखर्कले बनायो सय जना अट्ने सुविधा सम्पन्न सभाहल

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत २५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा एक सय जना अटाउने क्षमताको सुविधा सम्पन्न सभाहल बनेको छ । गाउँपालिकाले ७६ लाख ८२ हजार ९ सय ८२ रुपैयाँको ठेक्का आह्वान गरेकोमा सक्षम निर्माण सेवा, सुनसरीले ४७ लाख ७६ हजार ८ सय ८ रुपैयाँमा गाउँपालिकाको सभाहल निर्माण गरेको हो । चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएकोमा निर्माण कम्पनीले सम्झौता मिति अगावै निर्माणको काम सकेर सभाहल गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सभाहलको शुक्रबार गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । सभाहलमा दुई वटा स्टोर रूमसमेत निर्माण गरिएको छ भने सभाहलबाहिर तीन वटा हात धुने धारा पनि जडान गरिएको छ । सभाहल उद्घाटनसँगै शुक्रबार नै गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को विशेष गाउँसभासमेत बसेको छ । गाउँसभाले यसअघि कार्यप...
ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे सरकारी सुविधाको गाडी

ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे सरकारी सुविधाको गाडी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले प्रयोग गर्दै आउनुभएको सरकारी सुविधाको गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ । अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले गाडीको चाबी शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष निरौलाले बा २ झ ३४९६ को स्कारपियो र उपाध्यक्ष भुजेलले बा २ झ ४३९४ नम्बरको बोलेरो चढ्दै आउनुभएको थियो । कार्यकाल सकिन अढाइ महिना बाँकी रहँदै अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले गाडी फिर्ता गर्नुभएको हो । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुने भएसँगै गत निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पाँचवर्षे कार्यकाल भने पूरा गर्न नपाउने भएका छन् । निर्वाचन घोषणा भएको र आचरसंहिता पनि लागू भएकाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन गाडी फिर्ता गर...
खोटाङ : पालिकास्तरीय भलिबलको उपाधि रावाबेँसी ‘ए’ को पोल्टामा

खोटाङ : पालिकास्तरीय भलिबलको उपाधि रावाबेँसी ‘ए’ को पोल्टामा

Banner News 3, खेलकुद, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत २२ । रावाबेँसी गाउँपालिका खोटाङको आर्थिक सहयोगमा रावाबेँसी खेलकुद विकास समितिले आयोजना गरेको सर्वाधिक पुरस्कार राशिको अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रावाबेँसी ‘ए’ ले जितेको छ । मंगलबार रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी आधारभूत विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा ऐँसेलुखर्क ‘बी’ लाई पराजित गर्दै रावाबेँसी ‘ए’ ले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि विजेता रावाबेँसी ‘ए’ ले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । फाइनलमा रावाबेँसी ‘ए’ सँग पराजित भएर उपविजेतामा सीमित बनेको ऐँसेलुखर्क ‘बी’ ले नगद रु. ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै तेस्रो स्थान खोटेहाङले हासिल गरेको छ । मंगलबार नै भएको खेलमा ऐँसेलुखर्क ‘ए’ लाई हराउँदै खोटेहाङले तेस्रो स्थान हासिल गरेको हो । उसले नगद रु. ५० हजारसहित ट्रफी, मेडल ...
आगलागीबाट बच्न खोटाङ प्रहरीको यस्तो सुझाव

आगलागीबाट बच्न खोटाङ प्रहरीको यस्तो सुझाव

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २२ । जिल्ला प्रहरी कार्यालय खोटाङले आगलागीका घटनाबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेको छ । सुक्खा र हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले आग्रह गरेको हो । आगलाागी हुन नदिन प्रहरीले विभिन्न उपायसमेत सुझाएको छ । बालबालिकाहरूले भेट्न सक्ने स्थानहरूमा सलाई, लाइटर, राँको र टुकी बत्ती नराख्न, खाना पकाउँदा आगो बाल्ने अवधिभर भान्सा छाडेर टाढा नजान र पकाइसकेपछि आगो पूर्ण रूपमा निभाउन, ग्याँस सिलिन्डरको रेगुलेटर राम्ररी बन्द गर्न अनुरोध गरिएको छ । सुत्ने बेला ओछ्यानमा धूूमपान नगर्न र सल्किरहेको बिँडी, चुरोट र सलाई राम्ररी निभाएर मात्र फाल्न, घरमा प्रज्ज्वलनशील पदार्थहरू मट्टिटेल, पेट्रोल, डिजेल आदि नराख्न र राख्नै परेमा छुट्टै उपयुक्त भाडोमा राम्रोसँग बिर्को बन्द गरेर राख्न प्रहरीको अनुरोध छ । ह...
जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुग्यो

जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुग्यो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का खोटाङ, २१ चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुगेको छ । खोटाङ यातायात प्रा.लि. द्वारा सञ्चालित प्र.०१–०५–००१ ख ००२१ नम्बरको बस आइतबार गाउँपालिकाको वडा नं. ५, चिसापानी बजार पुगेको हो । उदयपुरको सदरमुकाम गाईघाटदेखि छुटेको बस खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार हुँदै चिसापानी बजारसम्म पुगेको हो । चालक प्रकाश चौधरीले पहिलोपटक उक्त स्थानमा बस पु-याउनुभएको हो । गाउँमा बस पुगेपछि स्थानीयले हर्षोल्लासका साथ बसका चालक चौधरी र सहचालक पर्शुराम श्रेष्ठलाई अबिर र खादा लगाइदिएर स्वागत गरेका थिए । जन्तेढुंगा गाउँपालिकाको २१ लख बजेटमा जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सिमाना सावाखोलादेखि चिसापानीसम्म सडकको ट्रयाक खोलिएपछि चिसापानीमा बस आएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले बताउनुभयो । तत्काल नियमित सञ्चालन भने नहुने चिसापानीमा पहिलोपटक बस पुगेको भए पन...