Saturday, April 18News That Matters

Banner News 3

कर्मचारी संक्रमित भएपछि खोटाङका दुई पालिकामा नियमित सेवा बन्द

कर्मचारी संक्रमित भएपछि खोटाङका दुई पालिकामा नियमित सेवा बन्द

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ ११ । खोटाङका दुई स्थानीय तहमा अत्यावश्यक बाहेकका नियमित सेवा बन्द भएको छ । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेसी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको सम्बन्धित पालिकाले जनाएका छन् । दुवै पालिकाका केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसकारण भाइरस फैलिन नदिन माघ १० गते हिजो सोमबारदेखि १५ गतेसम्मका लागि हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय बन्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । यस्तै रावाबेसी गाउँपालिकाले १७ गतेसम्मका लागि आजदेखि कार्यालय बन्द गरेको सूचना प्रकाशन गरेर जानकारी गराएको हो । नियमित सेवा बन्द भए पनि अत्यावश्यकका सेवा भने प्रवाह गरिने दुवै पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ । यस्तै पुनः कोरोना भाइरस गाउँसम्म फैलिएको हुँदा यसको रोकथामको लागि सबैले आवश्यक स्वास्थ्य मापदण्ड प...
खोटाङमा अहिलेसम्म ४८ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत, सबैमा पुग्न ३ वर्ष लाग्ने

खोटाङमा अहिलेसम्म ४८ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत, सबैमा पुग्न ३ वर्ष लाग्ने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ९ । खोटाङमा हालसम्म ४८ दशमलव ७३ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा ४२ हजार ६ सय ६४ घरधुरी रहेका छन् । जसमध्ये माघ ८ गतेसम्मको तथ्याङ्क अनुसार २० हजार ७ सय ८९ घरधुरीमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दश स्थानीय तह रहेका छन् । दशै वटा स्थानीय तहका कार्यालयमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगिसकेको छ भने कतिपय वडा कार्यालयमा अहिलेसम्म विद्युत पुगेको छैन । जिल्लाको रावाबेसी गाउँपालिकामा सबैभन्दा धेरै घरधुरीमा विद्युत विस्तार भएको छ । गाउँपालिकाको वडा नम्बर ३ लामीडाँडाका केही घरधुरीमा मात्र विद्युत विस्तार हुन बाँकी रहेको कार्यालयका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक...
खोटाङमा एकैदिन ३५ जनामा कोरोना  संक्रमण पुष्टि

खोटाङमा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ९ । खोटाङमा कोरोना भाइरसको संक्रमण उच्च दरमा वृद्धि हुन थालेको छ । जिल्लामा आज एकैदिन ३५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको ८३ जनाको एन्टिजेन परीक्षणमा ३५ जनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । आज थपिएकासहित जिल्लामा हालसम्म कोरोना पुष्टि हुुनेको संख्या ३१ सय ५६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म १५ जनाको ज्यान गएको छ भने ३ हजार ४४ जना निको भएका छन् । जिल्लामा आज मात्रै ३ जना कोरोनामुक्त भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९४ रहेको छ । यस्तै जिल्लमा अहिलेसम्म १ लाख १२ हजार ८ जनाले पहिलो र ६६ हजार ६ सय १२ जना पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।...
नगरपालिका र प्रहरी कार्यलयद्वारा मास्क लगाउँ अभियान सञ्चालन

नगरपालिका र प्रहरी कार्यलयद्वारा मास्क लगाउँ अभियान सञ्चालन

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ८ । खोटाङको हलेसी बजारमा मास्क लगाउँ अभियान सञ्चालन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालय हलेसीको आयोजनामा आज मास्क लगाउँ अभियान सञ्चालन गरिएको हो । नगरपालिकाका मेयर इवन राई र इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको संयोजकत्वमा अभियान सञ्चालन गरिएको हो । कोरोना नियन्त्रणको लागि मास्क अनिवार्य लगाउँ, तपाईको मास्क खै लगायतका पर्चा सहित मेयर राई, प्रहरी, बिभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको टोलीले ¥याली सहित माइकिङ गरेको थियो । अभियानले मास्क नलगाएका व्यक्तिहरुलाई मास्क वितरण गर्दै हरेक दिन मास्क लगाउन अनुरोध समेत गरेको छ । आज हलेसी मन्दिर वरीपरीको बजारमा सञ्चालन गरिएको यो अभियान भोली बिजुले, अर्खौले, दुर्छिम, च्यास्मीटार र जयरामघाट बजारमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।...
कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्यकर्मी संघ खोटाङको माग

कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्यकर्मी संघ खोटाङको माग

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, ७ माघ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल खोटाङले कोरोना भाइरसबाट संक्रमित भएका स्वास्थ्यकर्मीलाई निःशुल्क औषधोपचारको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ सूूत्रीय मागसिहतको ज्ञापनपत्र पठाउँदै संघले महामारी नियन्त्रणमा अहरोत्र खटिएका स्वास्थ्यर्मीलाई निःशुल्क उपचारको माग गरेको हो । महामारीमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउने कार्यका लागि सबै पक्षको सहयोग आवश्यक रहेको र त्यसमा पनि सरकारको मुख्य भूमिका रहने संघका जिल्ला कार्यसमिति कार्यवाहक अध्यक्ष मोहनकुमार राउतले बताउनुभयो । स्वास्थ्यर्मीबाट बढीभन्दा बढी सेवा लिने वातावरण निर्माणका लागि संघले सबै पक्षलाई समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेको छ । सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै स्वास्थ्यकर्मी र क...
कोरोना नियन्त्रणका लागि पत्रकारसँग समन्वय गर्न सम्बद्ध निकायलाई महासंघको अपिल

कोरोना नियन्त्रणका लागि पत्रकारसँग समन्वय गर्न सम्बद्ध निकायलाई महासंघको अपिल

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ ६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले तीव्र रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पत्रकारसँग आपसमा समन्वय गर्न जिल्लाका सम्बद्ध पक्षलाई आग्रह गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति र मापदण्डलाई पूर्ण रूपमा पालना गर्न गराउनको लागि सञ्चार माध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने वातावरण निर्माणका लागि महासंघले आग्रह गरेको हो । पत्रकार महासंघका जिल्ला अध्यक्ष दीलिप खत्रीले आज एक अपिल जारी गर्दै साझा प्रयासबाट मात्रा कोरोना नियन्त्रण सम्भव रहेकाले सबै पक्षलाई पत्रकारसँग सहकार्य र समन्वय गर्न आग्रह गर्नुभएको हो । जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, सर्वसाधारण लगायतमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने वातावरण निर्माण गर्न उहाँको आग्रह छ । महामारीको यस कठिन परिस्थितम...
कोरोनाका कारण हलेसी मन्दिर बन्द

कोरोनाका कारण हलेसी मन्दिर बन्द

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रिधार्मिक स्थल हलेसी मन्दिर बन्द भएको छ । कोरोना भाइरस तीव्र रूपमा फैलिएकाले मन्दिर बन्द गर्ने निर्णय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने नियमित हुुनेछ । यसअघि दोस्रो लहरमा पनि कोरोना नियन्त्रणका लागि बन्द गरिएको करिब ८ महिनापछि मन्दिर खुलेको थियो ।...
बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २ । बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ परेका छन । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पाका ३१ बर्षिय किशोर पोखरेल पक्राउ परेका हुन । पोखरेल खार्पा स्थीत भाषा आधारभुत विद्यालयमा अत्यापन गराउदै आएका छन । सोहि गाउँकी १३ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ ९ गतेबाट पटक पटक बलत्कार गरेको भन्दै बिहिबार परिवारको उजुरी पश्चात पोखरेललाई उदयपुरको रामपुरबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पीडित किशोरीको २० हप्ताको गर्भ समेत रहेको बताइएको छ ।...
विप्लव नेतृत्वको नेकपाद्वारा खोटाङमा कृषि उत्पादन सुरु

विप्लव नेतृत्वको नेकपाद्वारा खोटाङमा कृषि उत्पादन सुरु

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले जिल्लामा कृषि उत्पादन सुरु गरेको छ । पार्टीको नीति अनुसार उत्पादनलाई जोड दिने अभियान अन्तरगत आज (आइतबार) पार्टीका नेता कार्यकर्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ मा आलु खेती सुरु गरेका हुन् । पार्टीलाई आत्मनिर्भर बनाउन, जनतालाई कृषिमा श्रम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न र कृषिको सम्भावनाबारे नेपाल सरकारको ध्यान खिच्नको लागि आलु खेती सुरु गरिएको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संघ खोटाङ, भोजपुर र सोलुखुम्बु तीन जिल्लाका इञ्चार्ज निराजन किराँतीले जानकारी दिनुभयो । दोर्पास्थित एकराज बुढाथोकीको दुई रोपनी जग्गामा आलु खेती सुरु गरेको पार्टीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पनि केही दिनपछि आलु लागाउने उहाँले बताउनुभयो । यस्तै आगामी दिनमा रावाबेसी गा...
खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास

खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २ । खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका १ तलुवालाई जोड्ने झोलुङ्गे पुलको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले संयुक्त रुपमा शनिबार शिलान्यास गर्नु भएको हो । सल्लेको साविक वडा नम्बर ३ टिम्मुरे र तलुवाको पिप्लेलाई जोड्ने झोलुङ्गे पुलको लम्बाई १ सय ९ मिटर रहने मेयर राईले जानकारी दिनुभयो । पुल हलेसी तुवाचुङ नगरपालिकाको १ करोड ४० लाख बजेटबाट निर्माण हुन लागेको सल्लेका वडा सचिव चित्र बहादुर रानाले बताउनु भयो । हाल उक्त क्षेत्रका नागरिकलाई वारीपारी गर्न महादेवबेँसी पुग्नु पर्ने बाध्यता रहेको छ । झोलुङ्गे पुल निर्माण पश्चात ओखलढुंगाको नाल्सु र खोटाङको टिम्मुरेका नागरिकलाई सहज हुने सल्लेका वडा सदस्य गणेस पौडेलले बताउनु भयो । ठेक्का प्रक्रियाबाट बन्न लाग...