पब्जी खेलका कारण खोटाङकी एक युवतीको ज्यान गयो
पुस २३ । पब्जी खेलका कारण खोटाङकी एक युवतीको ज्यान गएको छ । पब्जीबाट नजिएका खोटाङकी २२ वर्षीया युसिना राई र संखुवासभाका २५ वर्षीय अनिस जिमी २०–२२ दिन देखि सँगै बस्दै आएका थिए । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनिहरु दुवैजना मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिए लिभिङ टुगेडर बसेका थिए । घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ । गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए । ’उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे । खेल खेल्दा हानहान, मारमार भन्ने जस्तो शब्द बोल्थे । तर राति भने अरूबेलाको जस्तो आवाज थिएन । झगडा गरेकोजस्तो आवाज आएको रहेछ,’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भन्नुभयो, ’१२ बजेतिर आम...









