ठाउँ–ठाउँमा पहिरो : हलेसी–जयराम सडक अझै खुलेन, यात्रु अलपत्र
खोटाङ, असोज १८ । अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक अझै खुल्न सकेको छैन् । धेरै ठाउँमा पहिरो खसेकाले सडक खुल्न ढिलो भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।
१७ गते राती परेको अविरल वर्षाका कारण सडकको ठाउँ–ठाउँमा पहिरो खसेको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँहरुमा पहिरो खस्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताउनुभयो । अन्य सबै पहिरो पन्छाएर जेसिबि अहिले कदुवा पुगेको छ । कदुवामा पनि दुई वटा पहिरो रहेकाले पन्छाएर सडक खोल्न अझै २ घण्टा बढी लाग्ने उहाँको भनाइ छ । साँझ ७ बजेसम्ममा सडक पूर्णरुपमा सञ्चालनमा आउने प्रहरी निरीक्षक राईले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिकाले व्यवस्थाप...









