यस्तो छ, यो वर्षको खोटाङ फुटबल एकेडेमीको कार्यतालिका
खोटाङ, जेठ २० । खोटाङ फुटबल एकेडेमी (केएफए) ले आफ्नो वार्षिक कार्य तालिका निर्माण गरेको छ । केही दिन अघि सुचन राई स्मृति दिक्तेल हलेसी मेयर कपको पाचौँ संस्करण सम्पन्न गरेको केएफएले आगामी दिनको कार्यक्रमहरुका लागि वार्षिक कार्य तालिका निर्माण गरेको हो ।
हाल केएफएले ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम अन्तरगत ७ देखि १८ वर्षसम्मका बालबालिकालाई फुटबल खेल प्रशिक्षण गराइरहेको छ । सोही ग्रासरुट प्रशिक्षणबाट उत्पादन भएका खेलाडी राष्ट्रिय अण्डर–१३ पुरुष फुटबल टिममा पहिलो पटक खोटाङबाट छनोटसमेत भएका छन् । कोशी प्रदेशहुँदै खोटाङका एन्जल राई राष्ट्रिय अण्डर–१३ मा छनोट भएका हुन् ।
यस्तै, विभिन्न उमेर समुहका अन्य खेलाडीलाई पनि माटिकोरे खेलमैदानमा प्रशिक्षण भइरहेको छ । ०८१ जेठ १ गतेबाट सुरु भएको दुवै प्रशिक्षण कार्यक्रम ०८२ को जेठ ३० गतेसम्म सञ्चालन हुने एफएका मुख्य प्रशिक्षक रोषेश श्...









