डुम्रेधारापानीमा आगलागीबाट घर र मतान जलेर खरानी
खोटाङ, चैत ६ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा आगलागीबाट एउटा घर र मतान जलेर नष्ट भएको छ । मंगलबार (आज) दिउँसो २ः४० बजे एक्कासि घरमा आगलागीहुँदा डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको खरको छाना भएको घर र मतान जलेर नष्ट भएको हो ।
घरमा वृद्धवृृद्धा मात्र भएको समयमा एक्कासि आको सुरु भएको थियो । स्थानीय नागरिक, प्रहरीहरु भेला भएपनि आगो नियन्त्रणमा लिन नसक्दा घर मतान सबै जलेर नष्ट भएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । मानवीय क्षति भने भएको छैन् । घर र मतान जलेर नष्टहुँदा सुनुवारको अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै खरानी भएका छन् । परिवारका सदस्यले शरीरमा लगाएको कपडा बाहेक अरु केही नबचेको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।
‘घरमा ९० वर्ष माथीका बुवा आमा मात्र हुनुहुदोरहेछ, अरु कामले घर बाहिर गएका रहेछन् । एक्कासी आगो लाग्न सुरु भएछ, म पनि पालिका ...








