भारी बर्षाका कारण विभिन्न ठाउँ डुबानमा
लगातारको झरीले देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । रुपन्देहीको भैरहवा, तिलोत्तमा, रुद्रपुरलगायतका ठाउँ डुबानमा परेको छ ।रूपन्देहीको तिनाउ, रोहिणी, कञ्चन, कपिलवस्तुको बाणगङ्गा लगायतका नदी छेउछाउमा बाढी पसेको छ । यस्तै गएरातिदेखिको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ ।
निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो।
उहाँका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षातमा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ ।
निरन्तरको वर्षाले राप्त...









