Saturday, October 24News That Matters

ताजा अपडेट

खोटाङमा एक युवाले गरे आत्महत्या

खोटाङमा एक युवाले गरे आत्महत्या

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १४ : खोटाङमा एक युवाले आत्महत्या गरेका छन । जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुर गिद्धे स्थीत ३२ बर्षिय अर्जुन परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर शाहका अनुसार हिजो करीब साडे ७ बजेको समयमा उनले आफ्नै घरको धुरीको बलोमा तारको पासो लगाएर आत्महत्या गरेका हुन । घटनाको अनुसन्धानको लागि ऐसेलुखर्क इलाका प्रहरी कार्यलयबाट इन्सपेक्टरको टोली खटिएर थप अनुसन्धान भईरहेको उहाँले बताउँनु भयो । मृतक परियारको श्रीमती र २ छोरी रहेको बताईएको छ ।...
हलेसी तुवाचुङ नगरपालिकामा अनलाईन कक्षा सुरु

हलेसी तुवाचुङ नगरपालिकामा अनलाईन कक्षा सुरु

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अनलाई कक्षा सुरु गरेको छ । कोरोना संक्रमणको कारण भौतिक उपस्थितमा पठनपाठन गर्न नसकिने भएको हुँदा बिद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै अनलाईन कक्षा सुरु गरिएको नगरपालिकाले जनाएको छ । १२ वटा माध्यमिक र ७७ वटा आधाभुत गरी ८९ वटा बिद्यालय रहेको नगरपालिकामा हाल दुर्छिम, महेन्द्रद्धोय र सरस्वती माध्यमिक बिद्यालयबाट अनलाईन कक्षा सुरु गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिनुभयो । अन्य ९ वटा माध्यमिक बिद्यालयबाट पनि यहि हप्ता भित्रमा अनलाईन कक्षा सुरु गर्ने उहाँको भनाई छ । नगरपालिका भित्रका माध्यमिक बिद्यालयमा अनलाईन कक्षा सञ्चालन हुने र उक्त वडाका सबै बिद्यार्थीले सोहि बिद्यालयको जुममा जोडिने ब्यवस्था मिलाएको उहाँले बताउँनु भयो । यस्तै अन्य आधारभुत बिद्यालयका शिक्षकहरुले गाउँका बिद्यार्थीलाई अनलाईन कक्षामा जोड्नको लागि आवश्यक सहयोगसँगै निरिक...
कवि चक्रले मृतक छोरीको सम्झनामा लेखेको “गमला” कविता सङग्रह बिमोचन (एउटा कविता सहित)

कवि चक्रले मृतक छोरीको सम्झनामा लेखेको “गमला” कविता सङग्रह बिमोचन (एउटा कविता सहित)

Banner News 3, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय
कवि चक्र्र बहादुर राईको “गमला” कविता सङग्रह बिमोचन भएको छ । हलेसी तुवाचुङ नगरपालिको सभागलमा आज शनिबार नगर प्रमुख इवन राईद्धारा “गमला” कविता सङग्रहको बिमचोन भएको हो । हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा जन्मनु भएका कवि राईको पहिलो कविता सङग्रह प्रतिमाको इतिहास बि.स २०६० सालमा प्रकाशन भएको थियो । राईको दोस्रो सङग्रहको रुपमा “गमला” कविता सङग्रह हलेसी तुवाचुङ नगरपालिकाको आर्थीक सहयोग र अदृश्य कला केन्द्रको समन्वयमा प्रकाशनसँगै आज बिमोचन भएको हो । “गमला” कविता सङग्रह माईली छोरी गमलाको मृत्युको बियोगमा लेखेकिएको लेखक चक्र बहादुर राईले बताउँनु भयो । ३३ वटा शिर्षकका कविता समेटिएको संङग्रहमा बियोगान्तसँगै बिभिन्न शिर्षकका कविताको रसस्वादन गर्न सकिने कवि एवं समिक्षक मन कुमार राई (अकेला यात्री) ले बताउँनु भयो । अदृश्य कला केन्द्रका अध्यक्ष कुबेर राईको अध्यक्षता, नगर प्रमुख इवन राईको प्रमुख आतिथ्यता...
दिप्रुुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ६० प्रतिशत सकियो

दिप्रुुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ६० प्रतिशत सकियो

ताजा अपडेट, समाचार, स्थानीय
दिप्रुुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । ९ महिनामा निर्माण सम्पन्न गर्ने गरी बि.स २०७७ असार मसान्तमा रबिना अभिसा जेभि कोटेश्वर काठमाण्डौ निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको थियो । तर सम्झौता अवधिमा निर्माण सम्पन्न नभएपछि ६ महिनाको म्याद थपिएको गाउँपालिकाले जनाएको छ । हाल भवन निर्माणको काम तिव्र गतिमा भईरहेको भएपनि थपिएको म्याद भदौ १५ गते सकिदैछ । तर निर्माणको काम ६० प्रतिशत मात्र पुरा भएको गाउँपालिकाका सूचना प्रबिधि अधीकृत इद्र मणीचद्र राइले बताउनुुुुुुुुु भयो । सम्झौताको समयमा सुनकोसी नदिमा बेलिबृज नहुँदा सामान ल्याउन समस्या भएको कारण भवन निर्माणमा ढिला भएको निर्माण कम्पनीले जनाएको छ । अबको ६ महिना भित्रमा भवन फिनिसिङ गरिसक्ने उसको भनाई छ । लिफ्ट सहितको अपांग मैत्रि ३३ कोठाको साडै ४ तले सुबिधा सम्पन्न भवन निर्माणको लागि ४० प्रतीशत ग...
ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम दुई बर्षमा २५ प्रतिशत

ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम दुई बर्षमा २५ प्रतिशत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको ऐसेलुखर्क गाउपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको २ वर्षमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । डेढ बर्षमा निर्माण सम्पन्न गर्ने गरी बि.स. २०७६ बैशाखमा सम्झौता भएपनि हाल सम्म २५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्राबिधिक बाबुराम राउतले जानकारी दिनुभयो । ट्रष्ट सहितको १६ कोठे २ तले आरसिसि भवन निर्माणको लागि आर्थीक बर्ष २०७५÷०७६ मा गाउँपालिकाले ३ करोड ६० लाख बजेट बिनियोजन गरेको थियो । २०७५ फागुनमा गाउँपालिकाले टेन्डर आह्वान गरेपछि रुजन जगदम्बा भुवनेश्वरी एण्ड भैबब जे.भि. निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको हो । तर ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण भवन निर्माणको काम समयमै सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन । चाडै निर्माण सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई ताकेता गरिरहेपनि कोभिड १९ को कारण निर्माण सम्पन्न हुन नसकेको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौल...
खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा कोरोना संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको सङख्या लगातार बढेको छ । जिल्लामा एन्टीजेन परिक्षणलाई निरन्तरता दिदै आएपनि नयाँ संक्रमित थपिने भन्दा कोरोनालाई परास्त गर्नेको सङख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भदौ १ गते सम्म संक्रमण मुक्त हुने र नयाँ संक्रमित थपिनेको सङख्या तलमाथी हुँदै आएको थियो । तर भदौ २ गतेबाट संक्रमण मुक्त हुनेको सङख्या लगातार धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङकोको तथ्याङकमा उल्लेख छ । भदौ २ गते ९५ जनाको एन्टीजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएकोे थियो । यो परिक्षण गरिएका मध्ये २६ दशमलब ३२ प्रतिशसतमा संक्रमण पुष्टी भएको हो । सोहि दिन संक्रमण मुक्त हुनेको सङख्या ४८ रहेको थियो । यस्तै आज ३३ जनामा परिक्षण गरिदा ७ जना नयाँ संक्रमित थपिएका छन भने २१ जना संक्रमण मुक्त भएका छन । आज परिक्षण गरिएको मध्ये २१ दशमलब २१ प्रतिशतम...
सशस्त्र प्रहरीमा भर्ना खुल्यो

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

Banner News 3, ताजा अपडेट, समाचार, समाज
सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् । सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ । यस्तै यस्तै परिचर पदमा १२८ जना माग भएको छ । सूचना हेर्नुहोस्ः...
पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता

पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता

Banner News 2, ताजा अपडेट, समाचार, समाज
नवलपरासी (बर्दघाट सुस्तापूर्व )नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अविरल वर्षापछि गएकाे पहिरोमा परेर हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चार घरेका तीन जना बेपत्ता भएका हुन् । हुप्सेकोट गाउँपालिका-४ का अध्यक्ष रोशन थापाका अनुसार बेपत्ता हुनेमा हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामी रहेका छन् । हर्कबहादुर पुलामीको भने गम्भीर अवस्थामा उद्धार गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो । सुरक्षाकर्मीको टोली अहिले घटना स्थलमा पुगेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको उहाँले बताउनुभयो । पहिरोका कारण त्यही ठाउँका पदमबहादुर पुलामीकाे घरमा समेत क्षति पुर्याएको वडा अध्यक्ष थापाले बताउनुभयो । अविरल वर्षाका कारण माथिल्लो चार घरेका १७ घर परिवार पहिरोको जोखिममा परेका छन् । यस्तै शङ्खदेवमा समेत एक घरमा क्षति पुगेको छ । वड...
भारी बर्षाका कारण विभिन्न ठाउँ डुबानमा

भारी बर्षाका कारण विभिन्न ठाउँ डुबानमा

Banner News 1, ताजा अपडेट, समाचार, समाज
लगातारको झरीले देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । रुपन्देहीको भैरहवा, तिलोत्तमा, रुद्रपुरलगायतका ठाउँ डुबानमा परेको छ ।रूपन्देहीको तिनाउ, रोहिणी, कञ्चन, कपिलवस्तुको बाणगङ्गा लगायतका नदी छेउछाउमा बाढी पसेको छ । यस्तै गएरातिदेखिको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षातमा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षाले राप्त...
एमाले फेरी फुट्दै, हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पाटी बन्ने

एमाले फेरी फुट्दै, हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पाटी बन्ने

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ। भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए। ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छौँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि जुराएको छ। तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन्। स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ। ‘नेपाल समाजवादी पार्टी’ नाम त्रिपाठीले पहिलो प्राथमिकतामा राखेको स्रोतले बतायो। त्रिपाठीले भने, ‘नाम चयन गर्दा निर्वाचन आयोगको दर्ता किताबमा नाम जुधे–नजुधेको पनि हेर्छाैँ।’ उनले भने, ‘नाम जे भए पनि नाम भन्दा पार्टी खोल्ने कुरा ठूलो कुरा हो। पार्टीमा खोल्ने निर्णय गरिसकेका छौँ।’ त्रिपाठी र त्रिपाठीको समूहले अहिल...