कृषकका कृषि उपज बजारीकरण गर्न नगरपालिकाद्धारा कृषि मार्ट सञ्चालन
खोटाङ, फागुन २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपज बजारीकरणको लागि नगरपालिकाले आइतबारबाट कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।
वडा नम्बर ७ महादेवस्थानस्थित ट्राफिक चोकमा चिस्यान केन्द्रसँगै कृषि मार्टको भवन निर्माण गरिको छ । उक्त भवनलाई सूचनामार्फत निजी संस्थालाई भाडामा दिएर सञ्चालन गरिएको हो । गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरिएको रु १९ लाख ९४ हजार ८ सय ३१ रुपैयाँमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको हो । सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा नगरपालिकाले निर्माण गरेको चिस्यान केन्द्रसहितको कृषि मार्ट मासिक रु १० हजार भाडामा सञ्चालनको लागि जिम्मा दिइएको नगरपालिका लेखा शाखामा कार्यरत भिम ढकालले जानकारी दिनुभयो ।
नगरपालिका भरीका कृषकहरुले कृषि मार्टमा लगेर कृषि उपज व...









