खोटेहाङले सुरु गर्यो एम्बुलेन्स सेवा, गर्भवती महिलाका लागि निःशूल्क
खोटाङ, असार २३ । खोटाङको खोटेहाङ गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिकाले भन्सार छुटमा २० लाखमा खरिद गरेर शुक्रबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्समार्फत गर्भवती महिलाहरुले निःशूल्क सेवा पाउने छन् । खोटेहाङ गाउँपालिका भित्रका स्वास्थ्य संस्थासम्म गर्भवती महिलाहरुलाई एम्बुलेन्सले निःशूल्क सेवा दिने गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताउनुभयो । अवस्था जटिल भएर काठमाण्डौ लानु परेमा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत गर्भवती महिलाहरुले सेवा पाइरहेका छन् । तसर्थ पालिका भरीका स्वास्थ्य संस्थामा लान एम्बुलेन्स निःशूल्क गरिएको उहाँको भनाइ छ । यदि जिल्ला सदरमुकाम दिक्तेल, छिमेकी जिल्ला भोजपुर, उदयपुरको गाइघाटसम्म लानु पर्ने अवस्था आएमा पनि गर्भवती महिलाको लागि एम्बुलेन्स निःशूल्क हुने अध्यक्ष राईले बताउनुभयो ।...









