Monday, June 29News That Matters

ताजा अपडेट

नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङको अध्यक्षमा दर्नाल र सचिवमा रम्तेल

नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङको अध्यक्षमा दर्नाल र सचिवमा रम्तेल

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ १५ । नेकपा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङको अध्यक्षमा अर्जुन दर्नाल चयन भएका छन् । समाजको ७ औँ जिल्ला अधिवेशनले दर्नाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । एमालेको पार्टी कार्यालय पुस्पलाल स्मृति भवन दिक्तेलमा सोमबार भएको अधिवेशले दर्नालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अगम परियार र बम बहादुर विश्वकर्मा, सचिवमा रेखा रम्तेल चयन भएका छन् । यस्तै, उप–सचिवमा लोकमणी विश्वकर्मा, रमेश परियार, भक्त विश्वकर्मा र कोषाध्यक्ष कृष्ण परियार सर्वसम्मत चयन भएकासमाजका निवर्तमान सचिव विष्णु उपरकोटीले बताए । निवर्तमान अध्यक्ष दिपक ठटालको अध्यक्षतामा भएको अधिवेशनमा उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय महासभिव तथा संविधानसभा सदस्य खेम नेपाली, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, सचिव कुमार आचार्य, सचिवालय सदस्य चर्च बहादुर विश्वकर्म...
वडा स्तरीय भलिबलको उपाधि ज्यामिरेलाई, हौँचुर दोस्रोहुँदा डुम्रे तेस्रो

वडा स्तरीय भलिबलको उपाधि ज्यामिरेलाई, हौँचुर दोस्रोहुँदा डुम्रे तेस्रो

Banner News 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १४ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेले जितेको छ । कुभिण्डे वडा र रावा बेसी गाउँपालिकाको आर्थिक सहयोगमा कुभिण्डे खेलकुद विकास समितिले आयोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ज्यामिरेले जितेको हो । रावा बेसी–६ हौँचुरलाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको ज्यामिरेले नगद ५५ हजार ५५५ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको हौँचुरले नगद ३३ हजार ३३३ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । १३ टिम सहभागि भएको प्रतियोगितामा रावा बेसी–४ डुम्रे धारापानीले तेस्रो स्थान हात पारेको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई हराउदै तेस्रो भएको डुम्रेले नगद २२ हजार २२२ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी...
खोटाङमा लम्पी स्किन रोग नियन्त्रण बाहिर, ६० बढी गाईगोरु मरे

खोटाङमा लम्पी स्किन रोग नियन्त्रण बाहिर, ६० बढी गाईगोरु मरे

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, जेठ १४ । खोटाङमा लम्पी स्किन रोगको महामारी नियन्त्रण बाहिर गएको छ । जिल्लाका १० वटै पालिकामा देखा परेको लम्पी स्किन रोगले हालसम्म ६० बढी गाईगोरुको मृत्यु भएको हो । सबै भन्दा धेरै जन्तेढुंगाका गाईगोरु मरेका छन् । जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा ७ वटा, बोपुङमा १२ वटा, काहुलेमा ५ वटा, डम्बर्खुशिवालयमा ४ वटा, चिसापानीमा २ वटा गाईगोरु मरेको पशुशाखा संयोजक डा. शुसन ढकाल ले जानकारी दिनुभयो । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा मरेका गाईगोरुको तथ्यांक आएको छैन । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म करीब २८ गाईगोरु लम्पी स्किन रोगका कारण मृत्यु भएको छ । वडा नम्बर ११ राजापानीमा रणबहादुर श्रेष्ठ, कुम्ब नारायण श्रेष्ठ, मोतीलाल श्रेष्ठ, कृष्ण बहादुर कार्की, बिदुर कार्की, हस्त बहादुर कार्की लगायतको गरी करीब १५ वटा मरेको वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो । हस्त बहा...
साम्सिङ भञ्ज्याङका माने पुनर्निमार्ण सुरू

साम्सिङ भञ्ज्याङका माने पुनर्निमार्ण सुरू

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज
दावा जाङ्बु शेर्पा, खिजीदेम्बा जेठ, १३ । सोलुखुम्बुस्थित पर्यटकीय पिके क्षेत्रका मानेहरुको पुनर्निमार्ण सुरु भएको छ । प्रचीनकालमा निर्माण भएको साम्सिङ भञ्ज्याङका मानेका पर्खालहरुको मर्मत तथा पुनर्निमाण सुरु भएको हो । ५३८ फिट लम्बाई, ४ फिट चौडाइ र ४ फिट ८ इन्च उचाइको लामो ऐतिहासिक धार्मिक सम्पदाका मानेहरु मर्मत थालिएको हो । बौद्धधर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको १६ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको नेतृत्वमा मर्मत गरिरहेको संस्थाका महासचिव अम्बर तामाङले जानकारी दिनुभयो । स्थानियहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङसँगको समन्वयमा मानेको आवश्यक मर्मत, सम्भार र संरक्षणको कार्य गरिएको पिके टाप्टिङ समाज सेवाका अध्यक्ष ङवाङ फुरी शेर्पाले बताउनुभयो । माने निर्माण कार्य सुरु भैसकेको र १०...
हावाहुरीले खोटाङको एक विद्यालय र ५ घरको छाना तथा बरण्डा उडायो

हावाहुरीले खोटाङको एक विद्यालय र ५ घरको छाना तथा बरण्डा उडायो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १२ गते । बिहिबार साँझ वर्षासँगै आएको हावाहुरीले खोटाङमा घर तथा विद्यालयमा क्षती पु¥याएको छ । हावाहुरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको दुई वटा भवनको छाना उँडाएको हो । सोही पालिकाका विभिन्न ठाउँका ५ वटा घरको छाना पनि उँडाएको छ । विद्यालयको छाना उँडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क बेञ्च लगायतका सामान भिजेको छ । आइसिटी कक्षासँगै कक्षा ४ र कक्षा ५ पठन–पाठन हुँदैआएको भवनको छाना उडाएर पाखामा पु¥याएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । यस्तै, हावाहुरीले बतासे बोल्पाका रामबहादुर राईको घरको टिनको छाना र बरण्डा उँडाएर करिब ५० मिटर टाढा पु¥याइदिएको छ । गाउँपालिका–३ छोरम्बुका नारायणकुमारी राईको घरको खरको छानो, मानबहादुर सार्कीको बरण्डा, भरत पुर्कुटीको बरण्डा, धिरु खड्काको बरण्डा र टायलको छाना आवाहुरीले उडाएको छ । दिप्रुङ चुईचुम्...
हलेसी तुवाचुङका ९ विद्यालय र ६ जना उत्कृष्ट विद्यार्थीले नगद पुरस्कार पाउदै

हलेसी तुवाचुङका ९ विद्यालय र ६ जना उत्कृष्ट विद्यार्थीले नगद पुरस्कार पाउदै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ ८ । हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगर स्तरीय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ९ वटा विद्यालय र ६ जना विद्यार्थीलाई नगरपालिकाले पुरस्कार प्रदान गर्ने भएको छ । गत चैत ९–१६ गतेसम्म सञ्चालन भएको शैक्षिक सत्र २०७९ को वार्षिक परिक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गर्न लागेको हो । शैक्षिक सत्र २०७९ को कक्षा ४–९ सम्मको वार्षिक परिक्षा नगरपालिकाले (एसईई) मोडलमा सञ्चालन गरेको थियो । जसमा कक्षा ४ मा नगरपालिका भरीमा दामोदरमहासिंह आवि दुर्छिमका ब्रोलिजा राई ३.३४ जीपीए ल्याएर प्रथम भएकी छन् । कक्षा ५ मा हिमगंगा आवि अर्खौलेका भविन पुरी (३.४४ जीपीए), कक्षा ६ मा बुलापन्थे मावि धितुङका सुजना राई (३.२९ जीपीए) कक्षा ७ मा बुलापन्थे मावि धितुङका अनिल कट्वाल (३.०३ जीपीए), कक्षा ८ मा लक्ष्मी मावि बडहरेका गणेस दा...
ऐसेलुखर्क आँखा शिबिरमा ७८० जनाले लिए सेवा, १० वर्षीया बालकले पहिलो पटक आँखा देखे

ऐसेलुखर्क आँखा शिबिरमा ७८० जनाले लिए सेवा, १० वर्षीया बालकले पहिलो पटक आँखा देखे

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ ६ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा भएको निःशूल्क आँखा शिबिरमा ७८० जनाले सेवा लिएका छन् । निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा ७८० जनाको आँखाको जाँच गर्दा ५२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा जेठ ४ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा १० वर्षीय बालकले पहिलो पटक आँखा देखेका छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क भोक्तेनीका १० वर्षीय लालकुमार खुलाल जन्मजात मोतियाविन्दुको समस्याबाट पिडित थिए । जन्मदै दुबै आँखाको दृष्टि धमिलो भएका खुलाल अरुको साहरामा हिँडडुल गर्थे । स्वर सुनेर आफन्तलाई चिन्थे । अरुले हातमा समाएर डोराइरहँदा आँखा हातले छोपेर हिँड्थे । नदेखेर लरबरिँदै हिँड्ने लालकुमारको आँखामा शल्यक्रियापछि ज्योती खुलेको छ । उनि अहिले आफै हिड्न सक्ने भएका छन...
दिक्तेल रुपाकोट मझुवागढी पूर्ण खोप सुनिश्चितता नगर घोषणा

दिक्तेल रुपाकोट मझुवागढी पूर्ण खोप सुनिश्चितता नगर घोषणा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ ४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगरपालिका भित्रका १६ देखि २३ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई बिहिबार पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । नेपाल सरकारले निःशूल्क प्रदान गर्ने सबै मात्रा खोप नगरपालिकाका १५ वटै वडाका ३ सय ८४ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएको जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले जानकारी दिनुभयो । अन्तिम खोप लगाउन छुटेको भेटिएका बाम्राङका तीन जना बालबालिकालाई पनि खोप लगाइएको छ । यस्तै, १६ महिनासम्म कुनै खोप नलगाएको खार्मीमा एक बच्चा भेटिएका थिए । उनलाई पनि पुरा खोप लगाइएको आचार्यले बताउनुभयो । नगरपालिका भीत्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाण...
युवाहरुले गरे भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध

युवाहरुले गरे भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध

Banner News 1, ताजा अपडेट, समाचार, समाज
खोटाङ, जेठ ३ । कोशी पद्रेशका विभिन्न जिल्लाका युवाहरुले भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध गरेका छन् । सुनसरीको दुहबी–३ गणेश मन्दिरमा मंगलबार सम्पुर्ण भ्रष्टाचारीहरुको नर्कमा बासको श्राप सहित सामुहिक श्राद्ध गरेका हुन् । देशमा निरन्तर भ्रष्टाचार बढिरहेको र भ्रष्टाचारमा उच्च ओहदाको ब्यक्तिहरुको संग्लनता रहेकाले उनिहरुको नष्ट हुनु पर्ने भन्दै श्राद्ध गरिएको खोटाङका निर्दोष पोखरेलले बताउनुभयो । देशको अर्थतन्त्र खस्किएको तर भ्रष्टाचारीहरु मौलाइरहेकाले उनिहरुलाई पिण्डदान सहित त्रिपनताम गरि बिरोध गरिएको पोखरेलको भनाइ छ ।...
हलेसीका आमा समुहलाई कपास पेल्ने मेसिन, आमाहरु भन्छन् कपासका दाना छुट्याउने झन्झट हट्यो

हलेसीका आमा समुहलाई कपास पेल्ने मेसिन, आमाहरु भन्छन् कपासका दाना छुट्याउने झन्झट हट्यो

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका दुई आमा समुहलाई नगरपालिकाले कपास पेल्ने मेसिन प्रदान गरेको छ । व्यवसायिकरुपमा कपास उत्पादन गर्दै आएका महादेवस्थानका जुन तारा आमा समुह र गोदाबारी आमा समुहलाई नगरपालिकाले मंगलबार कपास पेल्ने मेसिन हस्तान्त्रण गरेको हो । पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको बताइन्छ । तर पछिल्लो समय लोपोन्मुख बनेको कपास खेती संकृतिसँग पनि जोडिएको भन्दै नगरपालिकाले प्रवद्र्धन गर्न सुरु गरेको हो । नगरपालिकाको अनुदानमा महादेवस्थानको साविक ६ र ९ नम्बर वडामा जुन तारा र गोदाबारी आमा समुहले कपास खेती गर्दै आएका छन् । यो वर्ष दुई आमा समुहका करीब ६५ घर परिवारले ८० रोपनी भन्दा धेरै जग्गामा कपास लगाएका थिए । जसबाट करीब १ हजार ५ सय केजी कपास उतपादन भएको जुन तारा आमा समुहका अध्यक्ष अम्बिका राईले बताउनुभयो । उत्पा...