रातो माछाले प्रख्यात खोटाङको बराहपोखरीमा निरन्तर पानी घट्दै
राजकुमार भट्टराई (सरगम)
खोटाङ, वैशाख २५ । खोटाङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल बराहपोखरीमा निरन्तर पानी घट्न थालेको छ । २०७२ सालको भुकम्प पश्चात पोखरीमा निरन्तर पानी घट्न थालेको स्थानीयले बताएका छन् । हालसम्म पोखरीको चार भागको तीन भाग पानी घटिसकेको छ ।
दुर्लभ रातो माछाले प्रख्यात बराहपोखरी करिब ३३० मिटर लम्वाई र २१० मिटर चौडाईमा फैलिएको छ । सधैं स्वच्छ पानीले भरिभराउ रहने निलो रंगको देखिने पोखरी चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा छ । पोखरीलाई माथिका डाँडाबाट हेर्दा झनै आकर्षक देखिन्छ । दुर्लभ रातो माछा हेर्न र दर्शन गर्न दैनिक पर्यटकहरु पोखरीमा पुग्ने गरेका छन् । तर पछिल्लो समय पानीको आकार निरन्तर घट्दै गएकाले पोखरी सुक्ने होकी भन्ने चिन्ता लाग्न थालेको स्थानीय बताउछन् ।
नेपाल सरकारको सय गन्तव्य सूचीमा समावेश गरिएको उक्त पोखरीकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ । बरा...









