लफ्याङका ५० जना बृद्धबृद्धालाई नगरले दियो फाइबरको सिरक
खोटाङ, पुस २० । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–५ लफ्याङका बृद्धबृद्धाले फाइबरकोे सिरक पाएका छन् । वडा भित्रका ८२ वर्ष पुगेका सबै ५० जना बृद्धबृद्धालाई बुधबार नगरपालिकाले सिरक बितरण गरेको हो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाबाट सञ्चालन भइरहेको उपमेयरसँग महिला कार्यक्रम अन्तरगत १ लाख ५० हजार बजेटबाट सिरक वितरण गरिएको जनाइएको छ । सिरक वितरणसँगै सोही रकमबाट बृद्धबृद्धालाई चिया खाजाको व्यवस्था साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको शाखा प्रमुख इरन राईले बताउनुभयो ।
नगरपालिकाका १५ वटै वडाका बृद्धबृद्धालाई विभिन्न तरिकाले यसरी नै सम्मान गरिने उपमेयर विसन राईले बताउनुभयो । ‘बुवा आमा भनेका हाम्रा भगवान हुन् । त्यसैले हामीले भगवानको पुजा गरेका हौँ । गाउँको बिगटताका कारण अभाव धेरै छन् । सबै अभाव त हामी टार्न सक्दैनौँ । यो जाडो मौसममा न्यानोका लागि सम्मानस्वरुप हामिले फाइबरको सिरक प्रद...









