दुई बहिनी : जो सडकमा बसेर खनिउँ बेच्छन् अनि कपी डट्पेन किन्छन्
राजकुमार भट्टराई (सरगम)
खोटाङ, साउन ३१ । हलेसी–घुर्मी सडकखण्ड, पक्की भएपनि ठाउँ ठाउँमा कालोपत्रे उक्किएकाले आफुले चाहे जती सवारी साधन हाक्न नपाइने । सोही दिन फिर्ने गरी खोटाङको सदरमुकाम दिक्तेलबाट बिहान ११ बजे उदयपुरको घुर्मीसम्मको यात्रामा निक्लिएको म बाटोमा कतै नरोक्किने सोँचमा थिएँ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार प्रहरी चौकी भन्दा करीब ३ सय मिटर वर पुगेपछि प्लास्टीकमा केही बोकेर हात हल्लाई रहेका दुई उस्तै र उत्रै बहिनीहरु भेटिए ।
‘दाई किन्नुस्न, दाई प्लिज किन्नुस्न’, दुई बहिनीहरु एउटै आवाजमा भनिरहेका थिए । उनिहरु भनिमात्र रहेनन् बिच सडकमै उत्रिए । म मोटरसाइकल रोक्न बाध्य भएँ । ‘मैले के किन्नु पर्यो हौ नानिहो, के हो त्यो प्लास्टिकको ?’, ‘खनिउँ हो दाइ मिठो हुन्छ अनि गर्मिमा सित्तल पनि हुन्छ ।’ ओहो खनिउँ पो, पहिले बाख्रा चराउन जाँदा, घाँस काट्न जाँदा बोटभरी खनिउँका दाना देख्दा वा...








