Saturday, May 2News That Matters

ताजा अपडेट

हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिममा

हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिममा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १८ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा भीषण पहिरो गएको छ । शुक्रबार साँझबाट परेको अभिरल वर्षाका कारण रातको समयमा करीब ५ सय मिटर लामो भीषण पहिरो गएको हो । पहिरो अझै पनि निरन्तर गइरहेको स्थानीयको भनाइ छ । पहिरोले बलराम खत्रीको घर बगाएको छ । घरमा मानिस नरहेका कारण मानवीय क्षेती भने भएको छैन् । भैरब बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको छ । भैरब राई, हरी राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । कार्कीले भन्नुभयो, “पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै करीब १० घर उच्च जोखिममा छन् । त्यसैले जोखिममा परेका घरका मानिसहरुलाई अन्यन्त्र सार्ने सोँचमा छौँ ।”  ...
पालिकाका न्यायिक समितिले उल्लेखनीय काम गरेनन्, विद्यालयमा कानुनका कुरा पठनपाठन हुनुपर्छ

पालिकाका न्यायिक समितिले उल्लेखनीय काम गरेनन्, विद्यालयमा कानुनका कुरा पठनपाठन हुनुपर्छ

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १७ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले यातना विरुद्धको अधिकार सम्बन्धि अभिमुखीकरण गरेको छ । नेपाल प्रहरी, नेपाल ससस्त्र प्रहरी, पत्रकार लगायतका विभिन्न संस्थाका प्रतिनिधि राखेर आयोगले अभिमुखीकरण गरेको हो । दिक्तेल स्थित होटल शुभदिनमा शुक्रबार (आज) आयोजना गरिएको कार्याक्रममा यातना, यातना विरुद्धका प्रयास र राज्यले गर्नुपर्ने दायित्व सम्बन्धि आयोकका कार्यालय प्रमुख श्यामबाबु काफ्लेले अभिमुखीकरण गर्नुभएको थियो । यस्तै, यातना रोकथाम र नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका सम्बन्धि जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोमनराज अर्याल र यातनाजन्य कसूरमा अभियोजन सम्बन्धि व्यवस्थाका विषयमा सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता संगिता न्यौपाने ढुंगेलले अभिमुखीकरण गर्नुभएको हो । यातना कसरी हुन्छ र राज्यले गर्नुपर्ने दायित्व के ...
छुवाछुत मुक्त प्रदेशकालागि दलित अधिकारकर्मीबाट सुझाव संकलन

छुवाछुत मुक्त प्रदेशकालागि दलित अधिकारकर्मीबाट सुझाव संकलन

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, असार १६ । छुवाछुत मुक्त प्रदेशकालागि माथिल्लो सगरमाथाले परिचित खोटाङ ओखलढुंगा र सोलुखुम्बु तीन जिल्लाका दलित अधिकारकर्मीबाट सुझाव संकलन गरिएको छ । आज दिक्तेलमा सम्पन्न दलित सशत्तीकरण विधेयक मस्यौदाका लागि सुझाव संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रमबाट सुझाव संकलन गरिएको हो । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रलायको आयोजना गरेको उक्त कार्यक्रममा तीन जिल्लाका ५० जना दलित अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । प्रदेश सांसद उमिता विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण मस्यौदा समितिका सदस्यहरु हुकुम सिं नेपाली र अमर बराइलीले गर्नुभएको हो । कार्यक्रमबाट दलितहरुलाई सम्पुर्ण शिक्षा निशुल्क, आवासको व्यवस्था, स्वास्थ्य उपचार र बीमामा बिशेष छुट, निशुल्क लोकसेवा शिक्षा प्रदान लगायतका सुझाव संकलन भएको दलित अधिकारकर्मी विष्णु उपरकोटीले जानकारी दिनुभयो । प्राप्त सुझावले छुवाछुत मुक्...
खाल्लेका कृषकलाई तरकारी खेती सम्बन्धि ७ दिने तालिमसँगै टनेल प्रदान

खाल्लेका कृषकलाई तरकारी खेती सम्बन्धि ७ दिने तालिमसँगै टनेल प्रदान

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १६ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषकहरुलाई तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम (मेड्पा)ले प्रांगारिक मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरेको हो । सात दिन सम्म सञ्चालन भएको तालिमको समापन आज भएको छ । मेयर तिर्थराज भट्टराई, वडाध्यक्ष खगेन्द्र राई लगायतको उपस्थितीमा कार्यक्रमको समापन गरिएको बताइएको छ । २२ जना कृषक सहभागि रहेको तालिममा तरकारीको बेर्ना उत्पादन गर्ने, टनेल निर्माण गर्ने, जैविक मल, जैविक बिषाधी बनाउने लगायतका कुराहरु फिल्डमै गएर सिकाइएकोे खाल्लेका अघुवा कृषक भिम श्रेष्ठले जानकारी दिनुभयो । तालिम प्राप्त गरेसँगै व्यवसायिक तरकारी खेती गर्नेहरुलाई सहज भएको उहाँको भनाइ छ । तालिमसँगै ११ जना कृषकलाई टनेल, सात किसिमको तरकारी बिउ, दुई किसिमको जैविक विषाधी पनि बितरण गरिएको छ । तीन वर्षसम्म स...
खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १६ । खोटाङमा ५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सीलाका १६ वर्षिय बालक पक्राउ परेका हुन् । उनि बालक नै रहेका कारण नाम प्रहरीले सार्वजनिक गरेको छैन् । उनले सोही गाउँकी ५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप छ । बालिका आफ्नै घरमा खेलिरहेको अवस्थामा ललाई फकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्तीकरणी गरिरहेको अवस्थामा बालिकाको आमाले देखेपछि बालक फरार भएका थिए । परिवारले प्रहरीलाई खबर गर्नसाथ खटिएको बाक्सीला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहिबार (आज) बिहान २ बजे राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ परेका बालकलाई जबरजस्तीकरणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी कार्यालयको निगरानी कक्षामा राखेर थप अनुसन्धान भइरहेको सूचना अ...
धान दिवस ! कठै ! कृषि प्रधान मेरो देश !

धान दिवस ! कठै ! कृषि प्रधान मेरो देश !

Banner News 1, ताजा अपडेट, विचार
तिर्थराज दाहाल (राजु) खोटाङ, असार १६ । वि.स. २०४९/५० सालतिर सानो केटो म र म जस्ता धेरैको जनजीवन तराईको देहात ( गाउँमा ) हलि दाईहरू सत्ना,बौवा ,भर्ता लगायत ८/१० हल गोरू २०/३० जना रोपाहारलाई बिहान ७/८ बजे खाजा सुख्खा रोटि वा तात्तातो भात,प्याज,काँचो तेल सहित नुन खोर्सानी पानी हालेर छप्ल्याङ छप्ल्याङ पारेर ग्वामग्वाम खान्थे र खाईन्थ्यो । हलिले खाजा खाएको समयमा अनौभन्दा सानो भएपनि २/४ फेर घुमाईन्थ्यो । राष्ट्रिय धान दिवस थाहा थिएन तर धान खेत खलियानमा पहेँलपुर हुन्थे । साँझबिहान गोरू घुमाएर दाउनी गर्ने, धान राति पेट्रोलम्याक्स बालेर कत्रिने (बाला काटेर छुट्याउने), बयलगाडामा धान पराल लोड गरेर सुरक्षित रूपमा माच (कुन्यु) बनाएर राख्ने चलन थियो । मल नजिकको बजारमा नपाए पनि कालोबजारीका मल भए पनि सहजै पाईन्थ्यो । ढुवानीमा समस्या भएपनि साईकल, बयलगाडामा ल्याईन्थ्यो । धानको उचित मूल्य निर्धारण थिएन किस...
हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्रका १५ महिना सम्मका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै हलेसी तुवाचुङ नगरपालिकालाई आज (बुधबार) एक कार्यक्रमका बिच बाजागाजा सहित पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । वि.स. २०७८ वैशाख देखि ०७९ वैशाखसम्ममा नगरपालिका भित्रका ५ सय ११ जनाले पुर्ण खोप प्राप्त गरेका छन् । जसमा ९६ प्रतिशत नगरपालिका आफैले खोप प्रदान गरेको हो भने अन्य ४ प्रतिशत बालबालिका नगरपालिका भन्दा बाहिर रहेका तर उनिहरुले पनि खोप प्राप्त गरिसकका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचर्यले जानकारी दिनुभयो । १६ देखि २३ वर्षसम्मका बालबालिकाको तथ्याङकका आधारमा सबै बालबालिकाले १५ महिना भित्रमै खोप प्राप्त गरिसकेका उहाँले बताउनुभयो । सबै बालबालिका पूर्ण खोप प्राप्त गरेसँगै आज एक कार्यक्रमका बिच, “पूर्ण खोप सुनिश्चत भविष्य, स्थानीय...
१० वर्षीया बालिका बलात्कृत, ५० वर्षीय पुरुष पक्राउ

१० वर्षीया बालिका बलात्कृत, ५० वर्षीय पुरुष पक्राउ

ताजा अपडेट, समाचार, समाज
पर्सा : १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई गद्दिले जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...
सम्पति कुम्ल्याउन विवाह गर्दै सम्बन्धविच्छेद गर्दै गर्ने एक युवती जेल चलान

सम्पति कुम्ल्याउन विवाह गर्दै सम्बन्धविच्छेद गर्दै गर्ने एक युवती जेल चलान

ताजा अपडेट, समाचार, समाज
असार १४ । हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सम्पत्ति हत्याउन पटकपटक बिवाह गर्ने र विवाह गरेपछि सम्पत्ति लिएर सम्बन्धविच्छेद गर्ने गरेको प्रमाण भेटिएपछि रौतहट स्थायी घर भएका फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको ...

मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा अनेरास्ववियु खोटाङले गर्यो वृक्षारोपण

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १४ । नेकपा एमाले निकट अनेरास्ववियु खोटाङले दिक्तेल बहुमुखी क्याम्पस वरीपरी वृक्षारोपण गरेको छ । मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा आज अनेरास्ववियुले विभिन्न प्रजातीका विरुवा रोपेको हो । वि.स. २००९ साल असार १४ गते जन्मनु भएका भण्डारीको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परि निधन भएको थियो । नेकपा एमालेको तत्कालीन महासचिव रहनु भएका भण्डारीको सम्झनामा क्याम्पसमा विरुवा रोपिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो । अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन पोखरेल, सचिव उपरकोटी र सहसचिव सुनिता राई लागायत विद्यार्थीको समुहले धुपि, रुद्राक्ष र सिन्कौलीका विरुवा रोपिएको बताइएको छ । “विकासकालागि आवश्यक परे रुख काट्नु पनि पर्छ तर रुख काट्ने मात्र हैन, एक ठाउँमा काटेपनि अन्य ठाउँमा वातावरणको संरक्षण गर्ने हरेक नागरिकको कर्तव्य हो । त्यसैले हामीले आज हाम्रा स्व. नेता मदन भण...