Tuesday, October 27News That Matters

ताजा अपडेट

हलेसी तुवाचुङमा एमाले, माओवादी र एसको गुपचुप गठबन्धन

हलेसी तुवाचुङमा एमाले, माओवादी र एसको गुपचुप गठबन्धन

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख १९ । हाल सरकारमा रहेका पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेसँगै देशका अधिकांश ठाउँमा गठबन्धन निर्माण भएको छ । कतै गठबन्धन कायम गरिएको छ भने कतै स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय भएको छ । तर नेकपा एमालेसँग गठबन्धन गर्न नपाइने भन्दै पाँच दलले निर्णय नै गरेपनि यता खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग गुपचुप गठबन्धन गरेको खुलेको छ । एमाले र माओवादीले नगर प्रमुख र उप–प्रमुखमा छुट्टै उम्मेद्वार दिएपनि एमालेका प्रमुख र माओवादीका उप–प्रमुखलाई मात्र भोट मागिएको एक स्रोतले बताएको छ । एमालेको तर्फबाट नगर प्रमुखमा खडेन्द्र साम्पाङ राई र उप–प्रमुखमा तुलसा बुढाथोकी, माओवादीको प्रमुखमा रुषिका राई र उप–प्रमुखमा अमेम्बर राईको उम्मेद्वार छ । तर यी दुई दल र एकीकृत समाजवादीले मिलेर एमालका प्रमुख र माओवादीका उप–प्रमुखम...
हरमटारलाई रावाबेसी गाउँपालिकाको स्थायी केन्द्र बनाएर चौतर्फी विकास गर्छु – अध्यक्षका उम्मेद्वार श्रेष्ठ

हरमटारलाई रावाबेसी गाउँपालिकाको स्थायी केन्द्र बनाएर चौतर्फी विकास गर्छु – अध्यक्षका उम्मेद्वार श्रेष्ठ

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
राजकुमार भट्टराई (सरगम) खोटाङ, वैशाख १९ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धका तर्फबाट रावाबेसी गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार फटिक कुमार श्रेष्ठले चुनाव जितेर गाउँपालिकाको चौतर्फी विकास गर्ने बताउनुभएको छ । देश संघीयतामा गएर स्थानीय तह गठन हुँदै गर्दा रावाबेसीलाई छुट्टै गाउँपालिका निर्माण गर्न आफु अनशन बसेको स्मरण गर्दै अव सो क्षेत्रको चौतर्फी विकास गर्ने जिम्मा जनताले आफुलाई दिने श्रेष्ठले बताउनुभएको हो । श्रेष्ठले भन्नुभयो “देशमा स्थानीय तह गठन हुँदै गर्दा अहिले रावाबेसी गाउँपालिकामा रहेका तत्कालीन डुम्रे धारापानी र दुबेकोल गाउँ विकास समिति ऐसेलुखर्क गाउँपालिकामा जान लागेको थियो, हौँचुर, कुभिण्डे, खार्पा र लामिडाँडालाई अन्य स्थानीइ तहमा गाभ्न लागिएको थियो, तर त्यसो गर्नु हुँदैन कुभिण्डे, खार्पा, लामिडाँडा, डुम्रे धारापानि, दुवेकोल र हौँचुर मिलेर छुट्टै स्थानीय तह ब...
खोटाङ : असिनापानीले मकै लगायतका बालीमा ठुलो क्षति

खोटाङ : असिनापानीले मकै लगायतका बालीमा ठुलो क्षति

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
असिनाले मकै गरेको क्षति खोटाङ, वैशाख १५ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा असिनापानीले बालीमा क्षति पु¥याएको छ । हिजो परेको असिनापानीले गाउँपालिकाका अधिकांश क्षेत्रमा बालीमा क्षति पु¥याएको बताइएको छ । असिनाले मकैको पात कामै नलाग्ने गरी छिद्र बनाएको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे नेपानेका शुरेस राईले बताउनुभयो । उहाँका अनुसार हिजो साँझ परेको असिनापानीले मकैमा सबै भन्दा ठुलो क्षति पु¥याएको छ । असिनाले भर्खर फूल खेल्दै गरेका र फल लाग्दै गरेका फलफुलमा पनि क्षेती पु¥याएको छ । मकैसँगै लगाइएको आलु, फर्सी, सिमि लगायतका तरकारीबालीमा पनि ठुलो क्षति पु¥याएको राईले बताउनुभयो । ऐँसेलुखर्क गाउँपालिकासँगै रावाबेसी र केपिलासगढी गाउँपालिकाका माथिल्लो क्षेत्रमा पनि असिनाले मकै बाली र फलफुलमा क्षति पु¥याएको स्थानीयले बताएका छन् ।...
दिक्तेलमा कांग्रेसको विवाद मिल्यो, पोखरेलले लिए उम्मेदवारी फिर्ता

दिक्तेलमा कांग्रेसको विवाद मिल्यो, पोखरेलले लिए उम्मेदवारी फिर्ता

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख १३ । नेपाली कांग्रेसबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले उम्मेदवारी फिर्ता गर्नुभएको छ । केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमिति उपसभापति तीर्थराज भट्टराईलाई मेयरको आधिकारिक उम्मेदवार घोषणा गरेसँगै पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । बुधबार अपराह्न दिक्तेलमा पत्रकार सम्मेलन गरेर पोखरेलले आफूले पार्टीको तर्फबाट नगरपालिकाको मेयरमा दिएको उम्मेदवारी फिर्ता लिने जानकारी गराउनुभएको हो । प्रदेश कार्यसमितिमा सिफारिस भएका १६ जनामध्ये मेयरका अर्का आकांक्षी भट्टराईले टिकट नपाएपछि उहाँ पक्षका कार्यकर्ता आन्दोलित बनेका थिए । पोखरेलले टिकट पाएको जानकारी लगत्तै असन्तुष्ट उनीहरूले सोमबार बिहान दिक्तेलस्थित कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । दिउँसो प्रदेशबाट टिकट लिई हेलिकोप्टर चढेर मनोनय...
युनेस्को : संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण गरे मात्र हाम्रो अस्तित्व रहन्छ

युनेस्को : संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण गरे मात्र हाम्रो अस्तित्व रहन्छ

Banner News 3, ताजा अपडेट, समाज
खोटाङ, वैशाख १४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । मंगलवार र बुधबार दुई दिन सञ्चालन भएको कार्यक्रमले संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण गरे मात्र हाम्रो अस्तित्व रहने निष्कर्ष समेत निकालेको छ । सांस्कृतिक सम्पदा भौतिक तथा अभौतिक संरक्षण एवं सम्बद्र्धनमा युवा अभियान नामक यस कार्यक्रमको आयोजना नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोग सिंहदरबार काठमाडौले गरेको हो । जसको समन्वय हलेसी तुवाचुङ नगरपालिकाले गरेको थियो । आयोगको सचीवालय सदस्य एवं शिक्षा मन्त्रालयकी शाखा अधिकृत इन्दिरा खड्का बुढाथोकीले युनेस्को संस्थाको परिचय दिएसँगै सुरु भएको प्रशिक्षण कार्यक्रम खोटाङ जिल्लाको संस्कृति र सांस्कृतिक सम्पदाको पेरिफेरि रहेर सञ्चालन भएको थियो । भौतिक तथा अभौतिक सांकृत...
पार्टीलाई आत्मनिर्भर बनाउन विप्लव नेतृत्वको नेकपा खोटाङले धान रोप्यो

पार्टीलाई आत्मनिर्भर बनाउन विप्लव नेतृत्वको नेकपा खोटाङले धान रोप्यो

Banner News 3, ताजा अपडेट, समाचार
खोटाङ, वैशाख १४ । यतिबेला सबै राजनीतिक दल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित छन् । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ भने पार्टीलाई आत्मनिर्भर बनाउन धमाधम खेती गरिरहेको छ । केही समय अगाडि आलु खेती सुरु गरेका पार्टीका नेता कार्यकर्ताले मंगलबार जिल्लाको रावाबेसी गाउँपालिकामा धान रोपेका छन् । उत्पादनबाट पार्टीलाई आत्मनिर्भर बनाउने उद्श्यले रावाबेसी गाउँपालिका–४ डुम्रे धारापानी स्थित कटहरे ब्यँसीमा दुई दिन लगाएर करीब ५ रोपनी खेतमा धान रोपेको अखिल (त्रान्तिकारी) विद्यार्थी संगठन खोटाङका उपाध्यक्ष सयन्द्र नाछिरिङ राईले जानकारी दिनुभयो । पार्टीका नेता कार्यकर्ता एवं स्थानीयबासीको सहयोगमा धान रोपिएको उहाँको भनाइ छ । केही समय अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आलु रोपेको नेकपाले केही समय पश्चात ऐँसेलुखर्क गाउँपालिकामा माछा पालन सुरु गर्ने तयारी गरिरहेको...
खोटाङ : स्थानीय निर्वाचनका लागि १३ सय २८ जनाको उम्मेदवारी, कुन पालिकामा कति ?

खोटाङ : स्थानीय निर्वाचनका लागि १३ सय २८ जनाको उम्मेदवारी, कुन पालिकामा कति ?

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
पवन खड्का खोटाङ, वैशाख १३ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ सय बढीको उम्मेदवारी परेको छ । आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिइएको थियो ।  दशवटै पालिकामा रहेका निर्वाचन कार्यालयमा गरी दुई दिनमा दलगत र स्वतन्त्रसहित १३ सय २८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये दुुई नगरपालिकाको नगरप्रमुखमा १३, उपप्रमुखमा ९, आठ गाउँपालिकाको अध्यक्षमा ३२, उपाध्यक्षमा २७, ७९ वडाको वडाध्यक्षमा २ सय ९५ र वडा सदस्यमा ९ सय ५२ जनाले मनोनयन दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जिल्ला निर्वाचन अधिकारी राजेश गौतमका अनुसार जिल्लाका दुई नगरपालिकामध्ये जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रमुुखका लागि ६ जना र उपप्रमुखका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेससहित चार दल...
दुर्छिम : दयाराम राईको नेतृत्वमा जसपाको उम्मेद्वारी, यस्ता छन एजेन्डा ?

दुर्छिम : दयाराम राईको नेतृत्वमा जसपाको उम्मेद्वारी, यस्ता छन एजेन्डा ?

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख १२ । हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिममा जनता समाजवादी पार्टी (जसपा) ले छुट्टै उम्मेद्वारी दर्ता गरेको छ । यस नगरपालिकामा कांग्रेस बाहेक नेकपा माओवादी, जसपा र एकीकृत समाजवादी (एस)ले गठबन्धन गर्ने जिल्लामा निर्णय भएपनि सहमती नभएपछि जसपाले छुट्टै उम्मेद्वारी दर्ता गराएको पार्टीले जनाएको छ । आफ्नो पकेट क्षेत्र रहेको दुर्छिम वडामा वडाध्यक्ष जसपालाई दिन अन्य पार्टी नमानेपछि जसपा एक्ले चुनावी मैदानमा उत्रिने निर्णय गरेको जसपा हलेसी तुवाचुङ नगर समिति अध्यक्ष मबिन्द्र चाम्लिङले बताउनुभयो । राईको भनाइ अनुसार दयाराम राईको नेतृत्वमा आज मनोनय दर्ता गरिएको छ । जसमा खुल्ला सदस्यामा युकराज राई र जितेन्द्र राई, महिला सदस्यमा कोपिला राई र दलित सदस्यमा दिलकुमारी दमाइको उम्मेद्वारी दर्ता भएको छ । जसपाले जिते के हुन्छ ? नागगरिले विश्वास गर्दै जसपाका उम्मेद्वारलाई मत दिएर जिताए पहिलो प्रथामिकत...
हलेसी तुवाचुङ : कांग्रेसबाट मेयरमा विमला राई र उम–मेयरमा रमेश राउत

हलेसी तुवाचुङ : कांग्रेसबाट मेयरमा विमला राई र उम–मेयरमा रमेश राउत

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख १२ । हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली कांग्रेसले उम्मेद्वारी टुंगो लगाएको छ । नगर प्रमुखमा विमला राई र उप–प्रमुखमा रमेश राउतले टिकट पाउनु भएको कांगेसले जनाएको छ । राई यस अघि नगरपालिकाको उप–प्रमुख हुनुहुन्थ्यो भने राउत वडा नम्बर ६ मंगलटारको वडाध्यक्ष हुनुहुन्थ्यो । कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र राउतलाई उम्मेद्वारी बनाउने निर्णय गरेसँगै मनोनय दर्ताकालागि तयारी गरिएको स्रोतले जनाएको छ । हलेसी तुवाचुङमा कांग्रेसले एक्लै लड्ने निर्णय गरेको छ । यस्तै गठबन्धनको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसले माहाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । नगर प्रमुखमा उम्मेद्वार मनोनयन दर्ता गराउन काठमाण्डौबाट दिक्तेल आउनु भएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताले हातपात समेत गरेका छन् । नगर प्रमुखमा तिर्थराज भट्टराई...
एमाले खोटाङले टुङ्ग्यायो दशवटै पालिकामा उम्मेद्वार, कुनमा को ?

एमाले खोटाङले टुङ्ग्यायो दशवटै पालिकामा उम्मेद्वार, कुनमा को ?

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख ११ । नेकपा एमाले खोटाङले जिल्लाका दशवटै पालिकामा चुनाव लड्ने प्रमुख /अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको उम्मेद्वार टुङ्गो लगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख – कुमार आचार्य उपप्रमुख – वीणादेवी राई/राजकुमारी राई (टुङ्गो लाग्न बाँकी) हलेसी तुवाचुङ नगरपालिका प्रमुख – खडेन्द्र साम्पाङ राई उपप्रमुख – तुलसा बुढाथोकी साकेला गाउँपालिका अध्यक्ष – गोपीकृष्ण खड्का उपाध्यक्ष – दिलकुमारी राई वराहपोखरी गाउँपालिका अध्यक्ष – गोमा मगर उपाध्यक्ष – जीवनकुमार राई रावाबेँसी गाउँपालिका अध्यक्ष – हरि पोखरेल उपाध्यक्ष – कौशिला गुरुङ दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष – लोकेन्द्र राई उपाध्यक्ष – अरूणा थापा मगर जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष – शंखरबहादुर राई उपाध्यक्ष – विमला राई खोटेहोङ गाउँपालिका  अध्यक्ष – कविता राई उपाध्यक्ष – राजन बञ्...