आगलागीबाट बच्न खोटाङ प्रहरीको यस्तो सुझाव
खोटाङ, चैत २२ । जिल्ला प्रहरी कार्यालय खोटाङले आगलागीका घटनाबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेको छ । सुक्खा र हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले आग्रह गरेको हो ।
आगलाागी हुन नदिन प्रहरीले विभिन्न उपायसमेत सुझाएको छ । बालबालिकाहरूले भेट्न सक्ने स्थानहरूमा सलाई, लाइटर, राँको र टुकी बत्ती नराख्न, खाना पकाउँदा आगो बाल्ने अवधिभर भान्सा छाडेर टाढा नजान र पकाइसकेपछि आगो पूर्ण रूपमा निभाउन, ग्याँस सिलिन्डरको रेगुलेटर राम्ररी बन्द गर्न अनुरोध गरिएको छ ।
सुत्ने बेला ओछ्यानमा धूूमपान नगर्न र सल्किरहेको बिँडी, चुरोट र सलाई राम्ररी निभाएर मात्र फाल्न, घरमा प्रज्ज्वलनशील पदार्थहरू मट्टिटेल, पेट्रोल, डिजेल आदि नराख्न र राख्नै परेमा छुट्टै उपयुक्त भाडोमा राम्रोसँग बिर्को बन्द गरेर राख्न प्रहरीको अनुरोध छ ।
ह...









