Wednesday, April 29News That Matters

Banner News 1

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

Banner News 1, अर्थ, ताजा अपडेट, समाचार
३० साउन । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।...
खोटाङमा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाइते

खोटाङमा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाइते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाईते भएका छन्  । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ जाँदै गरेको जीप दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीको खुदुर्केमा दुर्घटना भएको हो । ज ३३८७ नम्बरको जीपमा २ वर्षको बच्चासहित १३ जना सवार रहेका थिए । अन्य सामान्य घाईते भए पनि पाँच जनाको अवस्था गम्भीर देखिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । बेहोस् अवस्थामा रहेका पाँच घाईतेको पहिचान हुन बाँकी छ । गाउँपालिका प्रहरी, नेपाल प्रहरी र स्थानीयले दुर्घटनाका घाईतेको उद्धार गरिरहेका छन् । घाइतेको गाउँपालिकाको ‘हेल्लो डाक्टर’ सेवामार्फत प्राथमिक उपचार भइरहेको छ । घाईतेको अवस्था हेरेर जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए । पञ्चमी -याङसोलाटार सडक खण्डमा ढुंगा खसेको र फुटाउन...
वडा सदस्य राईद्वारा विपन्न परिवारका विद्यार्थीलाई पोसाक वितरण

वडा सदस्य राईद्वारा विपन्न परिवारका विद्यार्थीलाई पोसाक वितरण

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १६ । रावा बेसी गाउँपालिका-१ कुभिण्डेका वडा सदस्य विशाल राईले  विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण गरेका छन  । रत्न राज्य लक्ष्मी आधारभूत विद्यालयका ४ जना विद्यार्थीलाई राईले विद्यालय पोसाक वितरण गरेका हुन । विद्यालायले छनोट गरेका उक्त ४ जना विद्यार्थीलाई वडा सदस्य राईले शुक्रबार विद्यालयमै पुगेर पोसाक हस्तान्तरण गरेका छन । पोसाक पाउनेहरुमा कक्षा १ मा अध्यनरत कमला उपरकोटी, कक्षा ३ मा अध्यनरत खिला नेपाली र सुरेश मिजार र कक्षा ५ मा अध्यनरत दिक्षा नेपाली रहेका छन । अध्ययनलाई निरन्तरता दिन सहयोग र हौसलाको लागि पोसाक प्रदान गरेको सदस्य राईले बताए । विद्यार्थीलाई सहयोग गर्ने वडा सदस्य राईलाई विद्यालयले सम्मान गरेको छ ।  ...
हलेसी तुवाचुङमा विद्युतीय चुलो प्रयोग गर्न सुरु, नगरपालिकाद्धारा निःशूल्क वितरण

हलेसी तुवाचुङमा विद्युतीय चुलो प्रयोग गर्न सुरु, नगरपालिकाद्धारा निःशूल्क वितरण

Banner News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशूल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ । शनिबार नगरपालिकाले यस वर्ष १ सय ३९ जना शिक्षिका र १७ जना पूर्व महिला जनप्रतिनिधिलाई विद्युतीय इन्फ्रारेड चुलो प्रदान गरेको हो । चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले २ सय वटा इन्फ्रारेड चुलो खरिद गरेको थियो । जसमध्ये नगरपालिका भरिका शिक्षिक र पूर्व महिला जनप्रतिनिधिलाई शनिबार नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले चुलो प्रदान गर्नुभएको हो । बाकी रहेको चुलो एकल महिला र विधुर पुरुषलाई प्रदान गरिने नगर प्रमुख राईले बताउनुभयो । देश बाहिर जाने रकमलाई अध्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई नगरपालिकाले जोड दिएको प्रमुख राईको भनाइ छ । ‘आजभोली धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अध...
कुभिण्डेले गर्यो वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ

कुभिण्डेले गर्यो वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ ३० । खोटाङको रावा बेसी गाउँपालिका-१ कुभिण्डेले वडामा सञ्चालन भएका योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको हो ।  चालू आ.वमा कुभिण्डेमा साना ठुला गरेर ५२ वटा योजनाहरु सञ्चालन भएका छन । संघ, प्रदेश, पालिका र वडाको गरेर कुल रु ४ करोड १८ लाख ४० हजार बजेटको योजना कुभिण्डेमा सञ्चालन भएको वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । जसको पारदर्शिताका लागि योजनाहरुको प्रगति र सार्वजनिक सुनुवाइ गरिएको वडाध्यक्ष राईको भनाइ छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षक, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि  लगायतको उपस्थिति रहेको थियो । यस्तै, आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझावसमेत लिइएको  वडाध्यक्ष राईले बताउनुभयो ।...
वडा स्तरीय भलिबलको उपाधि ज्यामिरेलाई, हौँचुर दोस्रोहुँदा डुम्रे तेस्रो

वडा स्तरीय भलिबलको उपाधि ज्यामिरेलाई, हौँचुर दोस्रोहुँदा डुम्रे तेस्रो

Banner News 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १४ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेले जितेको छ । कुभिण्डे वडा र रावा बेसी गाउँपालिकाको आर्थिक सहयोगमा कुभिण्डे खेलकुद विकास समितिले आयोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ज्यामिरेले जितेको हो । रावा बेसी–६ हौँचुरलाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको ज्यामिरेले नगद ५५ हजार ५५५ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको हौँचुरले नगद ३३ हजार ३३३ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । १३ टिम सहभागि भएको प्रतियोगितामा रावा बेसी–४ डुम्रे धारापानीले तेस्रो स्थान हात पारेको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई हराउदै तेस्रो भएको डुम्रेले नगद २२ हजार २२२ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी...
युवाहरुले गरे भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध

युवाहरुले गरे भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध

Banner News 1, ताजा अपडेट, समाचार, समाज
खोटाङ, जेठ ३ । कोशी पद्रेशका विभिन्न जिल्लाका युवाहरुले भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध गरेका छन् । सुनसरीको दुहबी–३ गणेश मन्दिरमा मंगलबार सम्पुर्ण भ्रष्टाचारीहरुको नर्कमा बासको श्राप सहित सामुहिक श्राद्ध गरेका हुन् । देशमा निरन्तर भ्रष्टाचार बढिरहेको र भ्रष्टाचारमा उच्च ओहदाको ब्यक्तिहरुको संग्लनता रहेकाले उनिहरुको नष्ट हुनु पर्ने भन्दै श्राद्ध गरिएको खोटाङका निर्दोष पोखरेलले बताउनुभयो । देशको अर्थतन्त्र खस्किएको तर भ्रष्टाचारीहरु मौलाइरहेकाले उनिहरुलाई पिण्डदान सहित त्रिपनताम गरि बिरोध गरिएको पोखरेलको भनाइ छ ।...
शुभद्रा मदन फाउण्डेशनलाई एपिएफ हलेसी गुल्मको सम्मान

शुभद्रा मदन फाउण्डेशनलाई एपिएफ हलेसी गुल्मको सम्मान

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १२ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हे. क्वा. हलेसी खोटाङले शुभद्रा मदन फाउण्डेशनलाई सम्मान गरेको छ । गुल्मको १३ औँ स्थापना दिवसको अवसरमा मंगलबार फाउण्डेशनलाई शैक्षिक सामाग्री प्रदान गर्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराईले फाउण्डेशनका कार्यकारी निर्देशक सुर्य राईलाई सम्मानस्वरुप शैक्षिक सामाग्री हस्तान्त्रण गर्नुभएको हो । फाउण्डेशनले शिक्षा क्षेत्र तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान गरिएको हलेसी खोटाङ गुल्मपति कृष्ण बहादुर बममे बताउनुभयो । २०६१ सालमा स्थापना भएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन भइरहेको शुभद्रा मदन फाउण्डेशनमा कक्षा १–१२ सम्म पठनपाठन हुँदै आएको छ । जीवन उपयोगी एवं ब्यबहारिक शिक्षा प्रदान गर्दै आएको फाउण्डेशनमा ५२ जिल्लाका १ सय ५० जना व...
‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर

‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर

Banner News 1, खेलकुद, समाचार, स्थानीय
खोटाङ, वैशाख ९ । सर्वाधिक पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जन्तेढुंगा फुटबल क्लबलाई १–० गोलले हराउदै भोजपुर फुटबल संघले फाइनलमा स्थान बनाएको थियो । यस्तै शनिबार भएको सेमिफाइनलको दोस्रो खेलमा भगवती स्पोट्र्स क्लब खोटाङलाई समान १–० गोलले हराउदै बसाहा फुटबल क्लब उदयपुर उपाधिको नजिक पुगेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिकाको विशेष सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकप वैशाख ४ गतेबाट खर्क खेलमैदानमा भइरहेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजक समितिका सचिव अमित राईले जानकारी दिए । प्रतियोगिताको प्रथम हुने टिमले रु २ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । दोश्रो हुने टिमले १ ...
कांग्रेस निकट नेपाल किसान महासंघको खोटाङ अध्यक्षमा बाजिन्द्र बिष्ट

कांग्रेस निकट नेपाल किसान महासंघको खोटाङ अध्यक्षमा बाजिन्द्र बिष्ट

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत २४ । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ खोटाङ जिल्ला अध्यक्षको जिम्मेवारी बाजिन्द्र बिष्टले पाएका छन् । बिष्टलाई महासंघको केन्द्रीय समितिले जिल्ला अध्यक्षमा शुक्रबार मनोनयन गरेको हो । किसान महासंघ जिल्ला अध्यक्षको जिम्मेवारी पाएका बिष्ट खोटाङको जन्तेढुंगा गाउँपालिकाको पार्टी सभापतिसमेत रहेका छन् । नेपाल किसान महासंघको संगठन विस्तार एवं आगामी जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्नेगरी महासंघको जिल्ला अध्यक्षमा मनोनयन गरिएको नेपाल किसान महासंघ केन्द्रीय समितिले जनाएको छ । जिल्लाका सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेशन केन्द्रले तोकेकै समयमा गराउन जिम्मेवारी दिइएको नेपाल किसान महासंघ केन्द्रीय समिति अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले दिएको मनोनयन–पत्रमा उल्लेख छ ।...