Wednesday, April 29News That Matters

Banner News 1

खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २४ । खोटाङमा हुन लागेको बालविवाह प्रहरीले रोकेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा हुन लागेको १७ वर्षिया किशोरीको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पाथेकाका १७ वर्षिया बालिकाको नेर्पाका २२ वर्षीय पुरुषसँग विवाहका लागि मंगलबार तयारी गरिएको बताइएको छ । बाल विवाह हुन लागेको खबर आएपछि प्रहरी चौकी तालखर्कबाट प्रहरी पुगेर रोकिएको प्रहरीले जनाएको छ । बाल विवाह गर्न लागेको भन्ने खबर आएपछि प्रहरी पुगेर सम्झाई बुझाई गरी विवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।...
नारी दिवसको अवसरमा दिक्तेल नगरका महिला सदस्यहरु बीच वक्तृत्वकला

नारी दिवसको अवसरमा दिक्तेल नगरका महिला सदस्यहरु बीच वक्तृत्वकला

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १९ । नारी दिवसको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निर्वाचित महिला सदस्यहरुको लागि वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । फागुन २४ गते पर्ने ११३ औं नारी दिवसको अवसरमा ‘नगरको समृद्धिमा महिला जनप्रतिनिधिको भूमिका’ विषयमा महिला सदस्यहरुको वक्तृत्वकला प्रतियोगिता हुने नगरपालिकाले जनाएको छ । नारी दिवसको अवसरमा प्रशासनिक र शैक्षिक क्षेत्रमा कार्यरत महिला कर्मचारी एवं शिक्षिकाहरुलाई सम्मानसमेत गरिने भएको छ । यस्तै, दिक्तेलस्थित रत्नपार्क (किरात चोक)देखि जिल्ला समन्वय समितिको हलसम्म ¥याली निकालेर कार्यक्रमको सुरुवात हुने प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले बताउनुभयो । यसैबिच, जिल्लाको केपिलागढी र रावा बेसी गाउँपालिकाले नारी दिवसको अवसरमा दोहोरी प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरेका छन् ।...
संयोजक र सह–संयोजक तोकेर स्ववियु निर्वाचनमा लाग्यो अनेरास्ववियु (क्रान्तीकारी) खोटाङ

संयोजक र सह–संयोजक तोकेर स्ववियु निर्वाचनमा लाग्यो अनेरास्ववियु (क्रान्तीकारी) खोटाङ

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन १९ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले (स्ववियु) निर्वाचनका लागि संयोजकमा रविन खम्बुलाई तोकेको छ । पार्टीका जिल्ला संयोजक दिपक पाण्डे (आकाश), सचिव जीवन राई (संगीन), प्रदेश सदस्य टंक थापा लगायत विद्यार्थी संगठनमा आबद्धहरुको उपस्थितिमा बसेको बैठकले खम्बुलाई संयोजक तोकेको हो । निर्वाचनलाई मर्यादित तथा व्यवस्थित गर्नका लागि अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले निर्माण गरेको (स्ववियु) निर्वाचन तथा परिचालन समितिको सह–संयोजकमा डार्बिन चाम्लीङलाई तोकिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुँदैछ । शुक्रबार क्याम्पसमा संगठन दर्ता गर्नु पर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिका रहे पनि खोटाङको कुनै पनि क्याम्पसले निर्वाचन प्रक्रिया नै अगाडि नबढाएको भन्दै अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । त...

सन्दीपलाई विदेश जान अनुमति

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।   न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति दिएको हो।  अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न पनि भनेको छ । यस्तै लामिछानेको मुद्दा फास्ट ट्याकमा टुंगो लगाउन सर्वोच्चले जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ ।  बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  यस्तै सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो  । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश...
खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण

खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ४ । खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । एक नम्बर प्रदेश सरकार अन्तरगत स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा धनकुटाको आयोजनामा दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पताल खोटाङमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारासहित प्रदेश एकका १४ वटै जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमको मुख्य उदेश्य गुणस्तरीय स्वास्थ्य प्राप्त रहेको बताइएको छ । कार्यक्रमको जिल्ला स्तरीय समितिको संयोजक जिल्ला समन्वय समितिका प्रमुख र सदस्य सचिव आयुर्वेद अस्पतालका प्रमुख रहने व्यवस्था छ । सोही अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको अध्यक्षतामा बिहिबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, विभिन्न कार्यालयका प...

खोटाङमा चरनमा छाडिएका हल गोरुको अज्ञात ब्यक्तिले खुट्टा काटिदिए

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २३ । खोटाङमा चरनमा छाडिएको हल गोरुको खुट्टा काटिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित खोटाङ र उदयपुरको सिमनामा पर्ने फोक्सीन्टारको पक्की पुल नजिक चरनमा छाडिएका गोरुको अज्ञात ब्यक्तिले खुट्टा काटिदिएका हुन् । हिउँदको समयमा उक्त स्थानका मानिसहरुले प्राय गाईबस्तु चरनका लागि खुला छाड्ने गरेका छन् । आइतबार चरनका लागि छाडिएका सुर्य माझीको हल गोरुको पछाडिको खुट्टाको विभिन्न भागमा काटिएको उदयपुर घर भइ हाल सोही ठाउँ बस्दै आउनुभएका कर्णशेर राईले जानकारी दिनुभयो । राईका अनुसार खुकुरीको प्रयोग गरेर गोरुको खुट्टामा काटिएको छ । गोरु खुट्टा काटेर हिड्न नसक्ने अवस्थामा भेटिएको उहाँको भनाइ छ । गोरुको खुट्टा काटिएको जानकारी आएपछि घटना स्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । स्थानीयले लगाएको तरकारी बाली खाएपछि गोरुको खुट्टा का...
बिरामीलाई फलफुल दिएर मनाइयो प्रेस चौतारी खोटाङको स्थापना दिवस

बिरामीलाई फलफुल दिएर मनाइयो प्रेस चौतारी खोटाङको स्थापना दिवस

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २२ । प्रेस चौतारी नेपाल खोटाङले आफ्नो स्थापना दिवस जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफुल दिएर मनाएको छ । बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै प्रेस चौतारीले आइतबार २५ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत ८ जना बिरामीलाई केरा, अंगुर, स्याउ लगायतका फलफुल प्रदान गरिएको प्रेस चौतारी नेपाल खोटाङका सचिव दिवस रिजालले बताउनुभयो । फलफुल वितरणमा प्रेस चौतारीमा आवद्ध तथा अन्य संगठनमा आवद्ध पत्रकारहरु, चौतारी खोटाङका संस्थापक अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, उपप्रमुख शुरेस तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साह, एमाले खोटाङका सचिव कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो । साथै आजै दिउँसो प्रेस चौतारी नेपाल खोटाङका सस्ंथापक अध्यक्ष पौड...
खोटाङ : प्रधानाध्यापकले लापरबाही गरेको भन्दै विद्यार्थीले लगाए ताला

खोटाङ : प्रधानाध्यापकले लापरबाही गरेको भन्दै विद्यार्थीले लगाए ताला

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् । प्रधानाध्यापक रामदेव यादबले लापारबाही गरेको भन्दै विद्यार्थीले विद्यालयको प्रशासन कार्यालमा ताला लगाएका हुन् । विद्यालयमा माघ २ गतेसम्मका लागि हिउदे विदा गरिएको थियो । सरकारले माघ २ गते सार्वजनिक विदा दिएका कारण विद्यालय ३ गतेबाट सञ्चालनमा आउनु पर्ने थियो । ३ गतेदेखि नै विद्यालयका ढोकाहरु खुले पनि प्रधानाध्यापक यादबसहित अन्य ५ जना शिक्षक विद्यालय आएनन् । माघ ५ गते बिहिबारसम्म पनि शिक्षकहरुको अत्तोपत्तो नभएपछि विद्यार्थी आक्रोसित बन्दै विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा उत्पन्न समस्या समाधानको माग गर्दै विद्यार्थीहरुले वडामा निवेदनसमेत दिएका राजापानीका वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्की लगायत जनप्रतिनिधि शुक्रबार गएर प्रधानाध्यापक आएपछि छलफल गर्न...

अखिल क्रान्तिकारी समानान्तर कमिटीको खोटाङ संयोजकमा डार्विन र मोरङ संयोजकमा उमेश

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, माघ ६ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशभर समानान्तर कमिटी विस्तार गरेको छ । पञ्जा सिंह नेतृत्वको संगठनलाई अस्वीकार गर्दै पवन कार्की नेतृत्वमा देशव्यापी समानान्तर कमिटी विस्तार गरेको हो । समानान्तर कमिटीको खोटाङ जिल्ला संयोजकमा डार्विन राईलाई तोकिएको छ । यस्तै, खोटाङ स्थायी घर भइ केही समय अघिसम्म मोरङमा बसोबास गर्दै आएका उमेश सेञ्चुरीलाई मोरङ जिल्लाको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । केन्द्रीय समानान्तर कमिटीको शुक्रबार बसेको बैठकले सातै प्रदेश समितिका इन्चार्ज, जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजक, महानगरपालिका समितिका संयोजक र सह संयोजक, जिल्ला समन्वय समितिका इन्चार्ज र सहइन्चार्ज तोकेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । विद्यार्थी संगठनमा देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै निर्देशन दिएप...

विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

Banner News 1, ताजा अपडेट, समाचार, समाज
१ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।...