Sunday, October 25News That Matters

Banner News 2

रावाबेसी, बराहपोखरी, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मामा भोली सार्वजनिक विदा

रावाबेसी, बराहपोखरी, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मामा भोली सार्वजनिक विदा

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक १७ । खोटाङका चार स्थानीयतहले कात्तिक १८ गते सार्वजनिक विदा दिएका छन् । रावाबेसी, बराहपोखरी, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भोली सार्वजनिक विदा दिएको सूचना सामाजिक सञ्जाल फेसबुक र पालिकाको वैवसाइटमा प्रकाशन गरेका हुन् । रावाबेसी गाउँपालिकाले कात्तिक १८ गते हरिबोधनी एकादशीका दिन गाउँपालिका भित्र पर्ने रबुवामा धार्मिक मेला लाग्ने भएकाले सार्वजनिक विदा दिएको जनाएको छ । बराहपोखरी गाउँपालिकाले शंखेश्वरी महादेवस्थित बराहपोखरीमा धार्मिक मेला लाग्ने भएकाले सार्वजनिक विदा दिएको सूचनामा उल्लेख गरेको छ । सोही अवसरमा आज पनि पालिकाले विदा दिएको थियो । यस्तै, जन्तेढुंगा गाउँपालिकाले नजिकै रहेको बराहपोखरीमा र स्थानीय होङजा पोखरीमा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने गाउँसभा सदस्य एवं वडा नम्बर २ का वडा सदस्य कुमारी नेपालीको निधन भएका...

खोटाङ कांग्रेस : माओवादीसँग छलफल गर्न कार्यदल गठन, सहमतिको प्रयास गरिने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १६ । नेकपा माओवादी केन्द्रसँग छलफल गर्न नेपाली कांग्रेस खोटाङले कार्यदल गठन गरेको छ । गठबन्धनमा उत्पन्न विवाद छलफलबाट अन्त्यका लागि जिल्ला उप–सभापति इवन राईको संयोजकमा कार्यदल गठन गरिएको कांग्रेसले जनाएको छ । तीन सदस्य कार्यदलमा संयोजक राईसँगै महाधिवेशन प्रतिनिधि विश्वनाथ निरौला र मनोज तिमिल्सीना रहनुभएको छ । उक्त कार्यदलले माओवादीसँग छलफल गरेर आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयको निष्कर्ष निकाल्ने कांग्रेस सभापति विष्णुकुमार राईले बताउनुभयो ।‘हाम्रो आजको छलफलले कार्यदल गठन गरेको छ । जिल्ला कार्यसमितिसहित प्रदेशसभा ‘क’ का सबै नेता कार्यकर्ताको उपस्थितिमा भएको छलफल अनुसार कार्यदल बनेको हो । उक्त कार्यदलले माओवादीसँग छलफल गर्ने छ । छलफलबाट आएको निर्णय अनुसार हामी अगाडी बढ्ने छौँ ।’ सभापति राईले भन्नुभयो । गठबन्धनको भागबण्डामा खोटाङ प्रदेशसभा ‘क’ एकीकृत समाजवादीले भाग पाएस...
एमालेले चुनाव जित्दा विकासमा खोटाङ १० वर्षले पछि पर्यो : भुपेन्द्र राई

एमालेले चुनाव जित्दा विकासमा खोटाङ १० वर्षले पछि पर्यो : भुपेन्द्र राई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । नेपाली कांग्रेस एक नम्बर प्रदेशका महामन्त्री एवं खोटाङ प्रदेशसभा ‘ख’बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार भुपेन्द्र राईले एमालले चुनाव जितेका कारण विकासमा खोटाङ १० वर्षले पछि परेको आरोप लगाउनुभएको छ । आइतबार नेर्पामा भएको गठबन्धनको संयुक्त बैठक एवं उम्मेद्वार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राईले यस्तो बताउनुभएको हो । ‘एमालेका विशाल भट्टराईलाई जनताले चुनाव जिताएर खोटाङ विकासमा दश वर्षले पछि पर्यो, त्यो छुट अब जिल्लाका जनतालाई छैन्, यहाँका अग्रजहरुलाई त्यस्तो छुट छैन् । जिल्लाको विकासकालागि वाम–लोकतान्त्रिक गठबन्धनको बिकल्प अरु हुन सक्दैन ।’ राईले भन्नुभयो । घरघरमा ग्यासको पाइप पु¥याउने, रेल कुदाउने लगायतका झुटा आश्वासन बाडेर एमालेले चुनाव जितेको राईको भनाइ छ । एमालेले चुनाव जित्दा देशमा विकास भन्दा पनि केपी ओलीको तानाशाह मात्र आएको राईको आरोप छ । ‘२०७४ सालको चुन...
राजेश राई जिताऔँ अभियानमा कात्तिक ७ गते हलेसीमा सांगीतिक कार्यक्रम हुुने

राजेश राई जिताऔँ अभियानमा कात्तिक ७ गते हलेसीमा सांगीतिक कार्यक्रम हुुने

Banner News 2, कला, साहित्य, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक १ । यहि कात्तिक ७ गते हलेसी मन्दिरको प्रांगणमा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा स्थानीय कलाकारसँगै ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा पुग्न सफल खोटाङका राजेश राईको विशेष प्रस्तुति रहनेछ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राई फाइनलमा पुगेका छन् । फाइनलमा राईसँगै अन्य ५ जना प्रतिस्पर्धि रहेका छन् । फाइनलमा पुग्न सफल राईलाई उपाधि जिताऔँ अभियान अन्तरगत हलेसीमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ । प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको उपाधिकालागि धमाधम भोटिङ भइरहेकाले राईले भोटको अपिल गरेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईल...
बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज २९ । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खकलुङ युनाइटेड क्लब बास्पानीको आयोजनामा कात्तिक–४ गतेबाट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा जिल्ला भरीका क्लब र खेलाडीले मात्र सहभागि जनाउन पाउने आयोजकले जनाएको छ । काक्तिक ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो र दोस्रो हुने समुहले रु ३० हजार र रु २० हजार, सेमिफाइनलिस्ट दुई समूहलाई रु १०÷१० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष प्रताप राईले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिनफिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँको भनाइ छ । प्रतियोगितामा सहभागी हुने समूहका लागि रु तीन हजार ९९९ दर्ता शुल्क तोकिएको र प्रतियोगितामा १५ समूह सहभागी हुने अनुमान ...
च्यास्मिटारमा १४२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण, ४६ जनालाई चस्मा वितरण

च्यास्मिटारमा १४२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण, ४६ जनालाई चस्मा वितरण

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २७ । हलेसी तुवाचुङ नगरपालिकाले विश्व दृष्टि दिवसको अवसरमा बिहिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १ सय बढीले सेवा लिएका छन् । वडा नम्बर तीन च्यास्मिटार स्वास्थ चौकीमा आयोजना गरिएको कार्यक्रमबाट १ सय ४२ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र आँखा तथा कान उपचार केन्द्र हलेसीको संयुक्त आयोजनामा गरिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । कार्यक्रममा निशुल्क आँखा जाँच र चस्मा वितरण तथा जेष्ठ नागरिक लगायत अन्यको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । जसमा आवश्यकता अनुसार ४६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । आँखा परिक्षणबाट १४ जना मोतिबिन्दुका बिरामी फेला परेका छन् । यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाले आगामि कात्तिक १९ देखि २१ गतेसम्म हलेसीमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी ग...
सर्वधन राईले लिए उम्मेद्वार फिर्ता

सर्वधन राईले लिए उम्मेद्वार फिर्ता

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २६ । खोटाङबाट प्रतिनिधि सभाकालागि स्वतन्त्र उम्मेद्वार दर्ता गराएका पूर्व राज्य मन्त्री सर्वधन राईले उम्मेद्वार फिर्ता लिएका छन् । खोटाङ कांग्रेसलाई अन्याय भएको भन्दै स्वतन्त्र उम्मेद्वार दिएका राईले आज उम्मेद्वारी फिर्ता लिएका हुन । सिट भागबन्डामा असन्तुष्टि जनाउदै नेपाली कांग्रेसका जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि लगायतको समर्थनमा राईले उम्मेद्वारी दर्ता गराएका थिए । निर्वाचन कार्यालयले आज १ बजेसम्म उम्मेद्वारी फिर्ता गर्न समय दिएसँगै राईका प्रतिनिधि राजन सैजुले उम्मेद्वारी फिर्ताको निवेदन दिएका सहायक निर्वाचन अधिकृत रमाकान्त यादबले जानकारी दिए । यस्तै, प्रदेश सभा क मा स्वतन्त्र उम्मेद्वार दिएका कांग्रेसका महाधिवेशन प्रतिनिधि सुबास पोखरेल र धर्मराज पोखरेलले पनि उम्मेद्वारी फिर्ता गर्ने तयारी गरिएको बुझिएको छ ।...
प्रतिगामी शक्तिको भण्डाफोर गर्न गठबन्धन एक हुन्छ : माओवादी संयोजक पाण्डे

प्रतिगामी शक्तिको भण्डाफोर गर्न गठबन्धन एक हुन्छ : माओवादी संयोजक पाण्डे

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २३ । माओवादी केन्द्र खोटाङ जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डेले प्रतिगामी शक्तिको भण्डाफोर गर्न गठबन्धन एक भएर जाने बताएका छन् । नेपाली कांग्रेसले छुट्टै स्वातन्त्र उम्मेद्वार दर्ता गराएपनि २६ गते भित्रमा फिर्ता लिनेगरी छलफल भइरहेको पाण्डेले बताएका हुन् । पाण्डेले भने, ‘हाम्रो दुश्मन भनेको एउटै हो, त्यसैले हामीले एक भएर हिड्नुको बिकल्प छैन् । सिटको भागबन्डा माथीबाटै भएको हो, गठबन्धनको आधिकारीक उम्मेद्वार विरुद्ध स्वतन्त्र उम्मेद्वार दिएपनि हामी छलफल गरिरहेका छौँ । हाम्रो छलफल ७५ प्रतिशित सकारात्मक भएको छ, बाकी रहेका असन्तुष्टहरु चाडै समाधान हुनेछ, उम्मेद्वारी फिर्ता हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ एउटै आवाज लिएर एउटै मञ्चबाट जनताको घरमा गठबन्धन पुग्ने संयोजक पाण्डेको भनाइ छ । सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै, ...
खोटाङमा गजलको कार्यक्रम हुँदै

खोटाङमा गजलको कार्यक्रम हुँदै

Banner News 2, कला, साहित्य, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज २२ । खोटाङमा गजलको कार्यक्रम हुने भएको छ । अचानो नेपालको आयोजना असोज २५ गते मंगलबार समन्वय समितिको हलमा हुने भएको हो । कार्यक्रममा युवा पुस्ताले रुचाएको गजलकार सुमन स्मारिकाको एकल वाचन रहनेछ । स्थानीय गजलकारहरुले पनि वाचन गर्न पाउने आयोजक समितिले जनाएको छ । बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा स्मारिकाले दुई दर्जन गजल वाचन गर्ने अचानो नेपालका अध्यक्ष विशाल बिहानीले बताउनुभयो । गजलकार स्मारिकाले वाचन गरेका गजलहरु युटुवमासमेत चर्चित छन् । ‘जिल्लामा साहित्य क्षेत्रको विकाससँगै साहित्यलाई रुचाउने व्यक्तिहरुलाई प्रोत्साहन गर्ने गरी गजलको कर्याक्रम आयोजना गरेका छौँ । सबैको साथ र सहयोग मिल्नेछ, कार्यक्रममा स्थानीय गजलकारहरुले आएर गजल वाचन गर्नुहुनेछ, साहित्यलाई अर्थात गजललाई मन पराउनेहरुले आएर सुन्नुहुनेछ भन्नेमा हामी विश्वस्त छ ।’ अध्यक्ष बिहानीले भन्नुभयो । खोटाङमा गजलका कार्यक्...
घनश्याम भूसालले एमाले छाडे, स्वतन्त्र उम्मेदवारी दिने

घनश्याम भूसालले एमाले छाडे, स्वतन्त्र उम्मेदवारी दिने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
असोज २२ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् । पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् ।...