Sunday, October 25News That Matters

Banner News 2

विजयखर्कको मालामा शाखा वडा कार्यालय स्थापना

विजयखर्कको मालामा शाखा वडा कार्यालय स्थापना

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कको मालामा शाखा वडा कार्यालय स्थापन भएको छ । वियजखर्क वडाले साविकका वडाहरु १ र २ का नागरिकलाई सहजताका लागि मालामा शाखा वडा कार्यालय स्थापना गरिएको वडाध्यक्ष राम बहादुर कटुवालले जानकारी दिनुभयो । उक्त क्षेत्रका नागरिकलाई वडा कार्यालय बसेरीसम्म आउन डेड देखि २ घण्टासम्म समय लाग्छ । जसकारण साविकका दुई वडालाई समेट्ने गरी पञ्चकन्य माध्यमिक विद्यालयको खाली भवनबाट महिनाको ५ दिन सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको वडाध्यक्ष कटुवालले बताउनुभयो । प्रत्येक महिनाको १ गते र प्रत्येक सोमबार उक्त ठाउँबाट वडाले दिने सबै सेवा प्रदान गरिने उहाँको भनाइ छ । ‘विजयखर्कको सबै भन्दा धेरै जनसंख्या भएको साविक १ र २ नम्बर वडा हो, तर उनिहरुलाई नै वडा कार्यालय आउन सबै भन्दा टाढा छ । त्यहाँका जनताको अत्याधिक माग र आवश्यकतालाई मध्यनजर गर्दै हामीले सोही ठाउँबाट ...
नेदरल्याण्ड पठाइदिने भन्दै १ करोड बढी रकम ठगी गर्ने खोटाङका एक युवा पक्राउ

नेदरल्याण्ड पठाइदिने भन्दै १ करोड बढी रकम ठगी गर्ने खोटाङका एक युवा पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, साउन ३० । १ करोड ३६ लाख रकम ठगी गरेको अभियोगमा खोटाङका एक युवा पक्राउ परेका छन् । नेदरल्याण्ड पठाइदिन्छु भन्दै युवाहरुबाट रकम लिएर ठगी गरेको अभियोगमा खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेराका प्रकाश राई काठमाडौंबाट पक्राउ परेका हुन् । खोटाङ घर भएका राई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा रहेर ह्युमन रिसोर्स प्रालि सञ्चालन गर्दै आएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले आइतबार साँझ कोटेश्वरबाट पक्राउ गरेको हो । विदेशमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर १ करोड ३६ लाख बढी रकम ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले १६ जना व्यक्तिहरूलाई वर्किङ भिजामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति १६ लाख रुपैयाँ लाग्छ, पानीजहाजको सिम्यानको रूपमा काममा लगाइदिन्छु, सुरुमा मासिक ७५ हजार रुपैयाँ तलब हुन्छ भन्ने प्रलोभन देख...
हलेसी तुवाचुङका सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनै पनि शुल्क लिन नपाउने

हलेसी तुवाचुङका सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनै पनि शुल्क लिन नपाउने

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २६ । नेपालको संविधान २०७२ को भाग ३, धारा (३१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने व्यवस्था उल्लेख गरिएको छ । तथापी सामुदायिक विद्यालयहरुले विभिन्न बहानामा शुल्क उठाउने गरेका छन् । यसै सिलसिलामा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कुनै पनि बहानामा शुल्क नलिने निर्णय गरेको छ । सरकारी विद्यालयले विभिन्न बहानामा शुल्क असुल्ने गरेको अभिभावकले गुनासो गरेपछि नगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । निजि शिक्षकलाई तलब दिने बहानामा पनि विद्यालयहरुले विद्यार्थीबाट शुल्क असुल्ने गरेका छन् । सामुदायिक विद्यालयमा माध्यामिक तहसम्मको शिक्षा पुर्णरुपमा निशुल्क गर्नेगरी चालु आर्थीक वर्ष २०७९/८० मा नगरपालिकाले रु १७ लाख बजेट विनियोजन गरेर (जेरो फि) कार्यक्रम लागू गरेको छ । माध्यमिक १२ वटा, कक्षा १–८ आधारभुत १३ वटा ...
खोटाङमा १२ सय बढी नयाँ मतदाता थपिए

खोटाङमा १२ सय बढी नयाँ मतदाता थपिए

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २४ । खोटाङमा १२ सय बढी नयाँ मतदाता थपिएका छन् । स्थानीय निर्वाचन पश्चात असार १ गतेदेखि साउन १९ गतेसम्म सञ्चालन भएको मतदाता अभियानमा १२ सय ७६ जना नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय खोटाङ बजार र ऐँसेलुखर्कबाट उक्त नयाँ मतदाताले नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामवली संकलन स्थगित भएको उहाँको भनाइ छ । नयाँ मतदाता थपिएकासहित जिल्लामा १ लाख ४५ हजार २८ जना मतदाता भएका छन् । एक संघीय र दुई प्रदेश सभा रहेको यस जिल्लामा १ सय ३६ मतदान स्थल र १ सय ९४ मतदान केन्द्र रहेका छन् । पालिकाहरुबाट ४ मतदान स्थल थप गर्ने प्रस्ताव आएपनि प्राविधिक कारणले नयाँ मतदान स्थल थप नभएको सूचना अधिकारी र...
जुवातास खेलिरहेको अवस्थामा खोटाङका एकसहित १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा खोटाङका एकसहित १२ जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज
साउन २० । जुवातास खेलिरहेको अवस्थामा खोटाङका एकसहित १२ जना काठमाडांैमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा खोटाङको रावा वेसी गाउँपालिका–५ दुवेकोल घर भई हाल काठमाडौं महानगरपालिका–४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङसहित अन्य १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यसैगरी बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमती चोक बस्ने अर्जुन प्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रूपैयाँ र ३ बुक तास सहित फे...
खोटाङ : खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु 

खोटाङ : खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु 

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १४ । खोटाङमा खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु भएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रविन गुरुङको ९ वर्षिया छोरी रोमी गुरुङको खेल्ने क्रममा आफ्नै सलको पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गुरुङको परिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित भाडाको कोठामा बस्दै आएको छ । सोही कोठामा शुक्रबार साँझ बालिकाको मृत्यु भएको हो । मृतक बालिका र उनकी बहिनि घरको निदालमा सल बाँधेर खेल्नेक्रममा सोही सलमा पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंखर चौधरीले बताउनुभयो । दिदिले बोलाउनुभएको छ भन्दै बहिनि अन्य कोठामा पुगेपछि आएर हेर्दा भुण्डिरहेको अवस्थामा दिदि रोमी फेला परेकी थिइन् । मृतक बालिका दिक्तेलको एक निजि विद्यालयमा कक्षा–४ मा अध्ययनरत थिइन् ।...
कर कार्यालय खोटाङमा एक वर्षमा १७ करोड बढी राजस्व संकलन

कर कार्यालय खोटाङमा एक वर्षमा १७ करोड बढी राजस्व संकलन

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन १२ । करदाता सेवा कार्यालय खोटाङले एक वर्षमा १७ करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयले १७ करोड ८८ लाख ४८ हजार ५ सय ५ रुपैयाँ २५ पैसा राजस्व संकलन गरेको हो । कार्यालय प्रमुख कर अधिकृत भिमसेन दाहालका अनुसार गत आर्थीक वर्षमा उक्त राजस्व संकलन भएको हो । आय कर, मूल्य अभिवृद्धि कर र अन्त शुल्क गरी तीन शीर्षकमा राजस्व संकलन हुने गरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा कार्यालयले १६ करोड ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको उहाँले बताउनुभयो । २ हजार १ सय ८ नयाँ करदाता थपिए करदाता सेवा कार्यालय खोटाङमा एक वर्षमा २ हजार १ सय ८ नयाँ करदाता थपिएका छन् । व्यक्तिगत पानमा १ हजार ३ सय ३२, मूल्य अभिवृद्धि करमा २९, आय करमा ६ सय ७८, सरकारी निकाय तथा सार्वजनिक संघ संस्था ४७ र अन्त शुल्क तर्फ २२ नयाँ क...
खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा टोलटोलमा सामाजिक सुरक्षा भत्ता

खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा टोलटोलमा सामाजिक सुरक्षा भत्ता

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन ११ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा टोलटोलमा साउनमा माजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिने कतिपय नागरिक बैंकसम्म पुग्न समस्या भएका कारण वडाले टोलमै पुगेर भत्ता वितरण गरेको वडाध्यक्ष जेफर राईले जानकारी दिनुभयो । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत प्रदान गर्न अनिवार्य गरेपश्चात स्थानीय तहहरुले विभिन्न बैंकसँगको सहकार्यमा भत्ता प्रदान गर्दैआएका छन् । तथापी पहाडी र हिमाली भूगोलमा बैंकसम्म पुगेर भत्ता लिन समस्या भएको नागरिकहरुले गुनासो गर्दै आएका छन् । सोही गुनासोलाई मध्यनजर गर्दै वडाको हरेक टोलमा पुगेर भत्ता प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो । “सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरु प्राय अशक्त हुनुहुन्छ । बैंक आउनजान समस्या हुन्छ । त्यसैले उहाँहरुको समस्यालाई मध्यनजर गर्दै हामीले बैंकसँगको सहकार्यमा टोलमै पुगेर सामाजिक सुरक्षा...
खोटाङका दिलिप खत्री प्रेस युनियनको केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने

खोटाङका दिलिप खत्री प्रेस युनियनको केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, साउन ३ । नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनको केन्द्रिय सदस्यमा दिलिप खत्री उम्मेद्वार बन्नुहुने भएको छ । खोटाङमा बसेर १९ वर्ष लामो समय पत्रकारिता गर्नुभएका खत्री प्रेस युनियनको केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने पक्का भएको हो । संस्थापनपक्षबाट केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने संभावना बढी रहेको खत्रीले बताउनुभयो । खत्रीले भन्नुभयो, “म केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने पक्का भइसकेको छ । सबै समुहसँग छलफल भइरहेपनि संस्थापन पक्षबाट मेरो उम्मेद्वार हुन्छ होला । सबैले खुल्ला सदस्यबाट चुनाव लड्न सुझाव दिइरहेका छन् । खुल्लाबाट हुने या भूगोलतर्फबाट उम्मेद्वार हुने टुंगो लागेको छैन ।” संस्थागत सुदृढीकरण, पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास अभिवृद्धि, मर्यादित र व्यवसायिक पत्रकारिताको प्रवद्र्धनकालागि केन्द्रिय सदस्यमा आफ्नो उम्मेद्वारी रहेको खत्रीले बताउनुभयो । प्रेस युनि...
पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज
  ३, साउन । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हाे । कर्णाली- कोटाछाल- दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए । ‘साेमबार बेलुका उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । दुई बालबालिकाकाे मृत्यु भएको पुष्टि भएछ,’ उनले भने । onlinekhabar...