किराँत पोसाकमा सजिएका मान्छे, रमाएको तुवाचुङ डाँडो
राजकुमार भट्टराई (सरगम)
खोटाङ, जेठ २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ डाँडा किराँत पोसाकले रङ्गिएको छ । करीब १४ वर्ष यता वर्षमा एक पटक किराँत पोसाकले रङ्गिदै आएको यो डाँडा कोरोना भाइरस (कोभिड–१९) को कारण बिगत दुई वर्ष रङ्गिन पाएको थिएन् । तर यो वर्ष पुनः तुवाचुङ डाँडाले आज एक दिन आफ्नो रङ्ग परिवर्तन गरेको छ ।
तुवाचुङ जयाजुम संरक्षण समितिको आयोजनामा भएको साकेला सिल्ली नाँचका कारण तुवाचुङ डाँडाले आफ्नो मुहार फेरेको हो । किराँती सांस्कृतिक थलो तुवाचुङ डाँडा किराँती पुर्खा तोयामा, खियामा र रैछाकुले बसेको भन्ने मान्यता छ । जसकारण किराँत उद्गम आदिम भुमि तुवाचुङ डाँडालाई मानिदै आएको किराँत समुदायको भनाइ छ ।
वर्षमा दुई पटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न बेँसीतिर बसाइँ सर्ने भएकाले उधौली भन्ने चलन छ । जसअनुसार किराँत समुदायले ...









