Sunday, October 25News That Matters

Banner News 2

उदयपुर : त्रियुगाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उदयपुर : त्रियुगाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका वसन्त बस्नेत विजयी हुनुभएको छ । बस्नेतले १३ हजार ९ सय ५९ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउले ११८७३ मत ल्याउनुभयो । पूर्वमेयरसमेत रहेका एकीकृत समाजवादीका बलदेब चौधरीले ९१४७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा भने एमालेकी महेश्वरी राई निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसकी सरिता राईलाई हराउनुभयो । महेश्वरीले १३ हजार ७०३ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ९८१ मत ल्यानुभयो । नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीले ६५६८ मत पाउनुभयो । त्रियुगाका १६ वडामध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले ४ र ३ वडा माओवादी केन्द्रले जितेको छ । त्रियुगामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । त्रियुगामा निर्वाचन सकिएको ११ दिनपछि गणना सुरू गरिएको थियो । तोकिएकै...
खोटाङको पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो, एमाले तेस्रो

खोटाङको पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो, एमाले तेस्रो

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
पवन खड्का खोटाङ, ६ जेठ । स्थानीय तहको निर्वाचन, २०७९ मा सबैभन्दा बढी पालिकाको प्रमुख, उपप्रमुख र वडाको अध्यक्ष जितेर नेपाली कांग्रेस खोटाङको पहिलो दल बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ स्थानीय तहको प्रमुख, ३ स्थानीय तहको उपप्रमुख र २७ वडाको अध्यक्ष जितेर दोस्रो बनेको कांग्रेस यसपटक ६ स्थानीय तहको प्रमुख, ४ स्थानीय तहको उपप्रमुख र ३२ वडाको अध्यक्ष जितेर पहिलो बनेको हो । कांग्रेसले ३ स्थानीय तहको प्रमुख र १ स्थानीय तहको उपप्रमुख एक्लै लडेर र ३/३ स्थानीय तहको प्रमुख र उपप्रमुख नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजावदी पार्टी (जसपा) सँग गठबन्धन गरेर जितेको हो । वडाको अध्यक्ष भने धेरैमा एक्लै लडेर र थोरैमा गठबन्धन गरेर जितेको हो । गत निर्वाचनमा १ पालिकाको प्रमुख र १२ वडाको अध्यक्ष जितेर तेस्रो बनेको माओवादी यसपटक दोस्रो भएको छ । यसअघि ५ स्थानीय तहको प्रम...
हलेसी तुवाचुङमा कुनै दलसँग गठबन्धन नगरेको जसपाको स्पष्टोक्ति

हलेसी तुवाचुङमा कुनै दलसँग गठबन्धन नगरेको जसपाको स्पष्टोक्ति

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ ५ । जनता समाजवादी पार्टी (जसपा) हलेसी तुवाचुङ नगर समितिले स्थानीय तहको निर्वाचन, २०७९ मा हलेसी तुवाचुङ नगरपालिकामा कुनै पनि दलसँग गठबन्धन नगरेको स्पष्ट पारेको छ । पार्टीले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै आफू एक्लै चुनावमा लडेको जनाएको हो । हलेसी तुवाचुङ नगरपालिकामा आ–आफ्ना उम्मेदवार उठाए पनि माओवादीले एमालेलाई मेयरमा र एमालेले माओवादीलाई उपमेयरमा भोट माग्दै हिँडेको खुलेको थियो । यसमा एकीकृत समाजवादीले पनि सघाएको बताइएको थियो । पछि जसपाले पनि तीन दलसँग तालमेल गरेको भन्ने समाचार आएका थिए । जसपाले त्यसमा कुनै सत्यता नभएको बताएको हो । “हलेसी तुवाचुङ नगरपालिका–८ मा जसपा नेपालले आफूलाई अध्यक्ष पदमा स्वीकार गर्ने अन्तर दललाई २/२ सदस्य दिई स्थानीय तहको नेतृत्वका सहजतामा तालमेल गरी एकअर्कामा सहयोग गरागर गर्ने भनी सहमति बन्यो,” जसपा हलेसी तुवाचुङ नगर समितिका अध्यक्ष मविन्द्र राई र स...
रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ ३ । खोटाङको रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका फट्टिक श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी हुनुभएको हो । श्रेष्ठले २ हजार ४ सय ८९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका हरी पोखरेलले २ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गुरुङले २ हजार २ सय ५७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीका लिलानारायण श्रेष्ठले २ हजार १ सय २० मत प्राप्त गर्नुभएको छ । यस्तै पालिका अध्यक्षका अर्का उम्मेद्वार जनता समाजवादी पार्टीका मोहन गुरुङले २ सय १२ मत प्राप्त गर्नुभएको छ । रावाबेसी गाउँपालिका अध्यक्ष : फट्टिक कुमार श्रेष्ठ (कांग्रेस) उपाध्यक्ष : कौशीला गुरुङ (एमाले) १ नम्बर वडाध्यक्ष गेहेन्द्रमान राई (कांग्रेस) २ नम्बर वडाध्यक्ष डोलराज बस्नेत (कांग्रेस) ३ नम्ब...
बराहपोखरी गाउँपालिका अध्यक्षमा पुनः कांग्रेसका बन्जरा, उपध्यक्षमा एसका राई

बराहपोखरी गाउँपालिका अध्यक्षमा पुनः कांग्रेसका बन्जरा, उपध्यक्षमा एसका राई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको बराहपोखरी गाउँपालिकामा पुनः शालिकराम बन्जरा निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचितहुनुभएका बन्जरा थप पाँच वर्षे कार्यकालकोलागि निर्वाचित हुनुभएको हो । गठबनधनको तर्फबाट बन्जराले ३ हजार १ सय ८१ मत पाएर विजयी हुँदा एमालेकी गोमा मगरले २ हजार ३ सय ३० मत पाउदै पराजित हुनुभएको छ । मगर गाउँपालिका निर्वतमान उपाध्यक्ष हुनुहुन्छ । यस्तै उपाध्यक्षमा गठबन्धनबाट एकीकृत समाजवादीका भुवलराज राई निर्वाचित हुनुभएको छ । राईले २ हजार ६ सय ९४ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका जीवन राईले २ हजार २ सय ९५ मत पाउनु भएको छ । बराहपोखरी गाउँपालिका अध्यक्ष : शालिकराम बन्जरा (कांग्रेस) उपाध्यक्ष : भवलराज राई (एस) १ नम्बर वडाध्यक्ष ढकबहादुर कार्की (कांग्रेस) २ नम्बर वडाध्यक्ष पदम मगर (माओवादी) ३ नम्बर वडाध्यक्ष ताराकान्त राई (एमाले) ४ नम्बर वडा...
जन्तेढुंगा : गठबन्धनबाट अध्यक्षमा माओवादीकी अरुणादेवी र उपाध्यक्षमा कांग्रेसका खेमबाहदुर विजयी

जन्तेढुंगा : गठबन्धनबाट अध्यक्षमा माओवादीकी अरुणादेवी र उपाध्यक्षमा कांग्रेसका खेमबाहदुर विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको जन्ते ढुंगा गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा प्रमुखमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेद्वार एवं निर्वतमान अध्यक्ष र उपाध्यक्ष शंखर बहादुर राई र बिमला राई पराजित हुनुभएको छ । अध्यक्षमा निर्वाचित माओवादीकी अरुणादेवी राईले २८८१ मत ल्याउर विजय हासिल गर्नु भएको हो भने उहाँका प्रतिस्पर्धी एमालेका शंखर बहादुर राईले २५७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित कांग्रेसका खड्काले २८०५ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी एमालेकी राईले २४९५ मत पाउनु भएको हो ।  ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस ३, माओवादीले २ र एमालेले १ वडामा जीत हात पारेका छन् । वडा नं १ मा माओवादीका केदारमान राई, वडा नं २ मा माओवादीका मस्तबहादु...
बाहुनीडाँडाँमा एमाले र माओवादी गठबन्धनका उम्मेद्वारलाई हराउदै कांग्रेसको प्यानल विजयी

बाहुनीडाँडाँमा एमाले र माओवादी गठबन्धनका उम्मेद्वारलाई हराउदै कांग्रेसको प्यानल विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनिडाँडामा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । वडाध्यक्षमा रुद्रकुमार राई ४८८ मत ल्याएर प्यानल सहित विजयी हुनुभएको हो । अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएका राई पुनः वडाध्यक्षमा विजयी हुनुभएको छ । वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारले ४०६ र एमालेका उम्मेद्वारले ३३५ मत पाउनु भएको छ । एमाले र माओवादी बिच गुपचुप गठबन्धन भएको यस नगरपालिकामा बाहुनिडाँडा माओवादीको भागमा परेको थियो । नगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वारको अग्रता छ ।...
खोटाङमा कांङग्रेसले खोल्यो खाता : याम्खामा केशव खत्रीको प्यानल विजयी

खोटाङमा कांङग्रेसले खोल्यो खाता : याम्खामा केशव खत्रीको प्यानल विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख ३१ । खोटाङमा नेपाली काङग्रेसले खाता खोलेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा–१ याम्खामा कांङग्रेसका उम्मेद्वार विजयी भएसँगै खाता खोलेको हो । याम्खामा कांङग्रेसका केशव खत्रीले ३९२ मत प्राप्त गरेर प्यानलसहित विजयी हुनुभएको छ । माओवादी केन्द्रका राजेन्द्र राईले ३८० र एमालेका दिपबहादुर खत्रीले ३४४ मत प्राप्त गर्नुभएको छ । तीन राजनीतिक दलको कडा प्रतिस्पर्धा भएको याम्खामा कांङग्रेसका खत्रीले माओवादीका राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको छ । यस्तै एमाले र माओवादीले पनि जिल्लामा खाता खोलिसकेका छन् । जन्तेढुंगा गाउँपालिका–१ मा माओवादी र बराहपोखरी गाउँपालिका– ५ मा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन् ।...
जन्तेढुंगा गाउँपालिका–१ : गठबन्धनबाट माओवादीका केदारमान विजयी

जन्तेढुंगा गाउँपालिका–१ : गठबन्धनबाट माओवादीका केदारमान विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, ३१ बैसाख । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा गठबन्धनले जीत हात पारेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी गरी चार दलीय गठबन्धनबाट उठ्नु भएका माओवादी केन्द्रका केदारमान राई विजयी हुनु भएको छ । उहाँले ४५९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । एमालेका बलराम राईले ४५१ मत प्राप्त गर्नुभएको छ । एमालेका बलरामलाई ९ मतले हराएर गठबन्धनका राई केदारमान निर्वाचित हुनुभएको हो । वडा सदस्यमा एमालेबाट १ जना र अन्य गठबन्धनबाटै निर्वाचित हुनुभएको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनका उम्मेद्वार अगाडि छन् ।...
खोटाङमा अधिकांश उम्मेदवार पुरानै, कुन पदमा को ?

खोटाङमा अधिकांश उम्मेदवार पुरानै, कुन पदमा को ?

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
✍️पवन खड्का खोटाङ, वैशाख २४ । खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् । आकांक्षा देखाएका तर पार्टीबाट टिकट नपाएकाले स्वतन्त्र उम्मेदवारी पनि दर्ता गरेका छन् । जिल्लाको जन्तेढुंगा र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा यथास्थानका लागि, वराहपोखरी र केपिलासगढी गाउँपालिकामा प्रमुखमा मात्र यथास्थानका लागि, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका र ऐँसेलुखर्क गाउँपालिकामा उपप्रमुखमा मात्र यथास्थानका लागि, खोटेहाङ गाउँपालिका, वराहपोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा उ...