Thursday, April 30News That Matters

Banner News 2

विद्युत भोल्टेज बढाउन बुइपादेखि दिक्तेलसम्मको तार अपग्रेड धमाधम

विद्युत भोल्टेज बढाउन बुइपादेखि दिक्तेलसम्मको तार अपग्रेड धमाधम

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन १४ । नेपाल विधुत प्राधिकरण दिक्तेलले बुइपा सव स्टेसनदेखि दिक्तेलसम्मको तार अपग्रेड गरिरहेको छ । विद्युतको भोल्टेज बढाउन र प्राविधिक चुहावट घटाउनकोलागि तार को साइज बढाउने (अपग्रेड गर्ने) काम भइरहेको प्राधिकरणले जनाएको छ । दिक्तेल फिडरको ११ के भि लाईनमा अहिले ३० र ५० एमएम एसक्यु साइजको तार रहेको छ । त्यसलाई हटाएर ठुलो मोटो १०० एमएम एसक्यु साइजको तार लागाउने काम भइरहेको छ । जसबाट विद्युतको भोल्टेज बढ्ने, प्राविधिक चुहावट घट्ने र माग अनुसारको विद्युत प्रवाह हुने नेपाल विधुत प्राधिकरण दिक्तेलका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । प्रमुख रेग्मीका अनुसार अहिलेसम्म करीब ३ किलोमिटरसम्मको तार फेरिएको छ । दिक्तेलबाट बुइपासम्मको तार फेर्न अझै ८/९ दिन लाग्नेछ । बिशेषगरी शनिबार र अन्य दिनपनि ग्याप राख्दै काम भइरहेकाले काम भएको समयमा बुइपादेखि दिक्तेलसम्मको विद्युत आपुर्ती बन्द हुने प्रमुख...
हलेसी मन्दिर : कोरोनाको कारण आम्दानी घट्यो, तीन वर्षमा १ करोड ९२ लाख भेटी संकलन

हलेसी मन्दिर : कोरोनाको कारण आम्दानी घट्यो, तीन वर्षमा १ करोड ९२ लाख भेटी संकलन

Banner News 2, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन १३ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण त्रिधार्मिक स्थल हलेसी मन्दिरको आम्दानीमा उच्च गिरावट आएको छ । गत तीन आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै हलेसी सूचना केन्द्रले मन्दिरको वार्षिक आम्दानी घटेको जनाएको हो । सूचना केन्द्रका प्रमुख सयन्द्र राईले मन्दिरबाट तीन आर्थिक वर्षको अवधिमा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २ सय १५, २०७६/०७७ मा ५३ लाख ८९ हजार ८ सय ६९ र २०७७/०७८ मा ५१ लख २८ हजार ४ सय ४ रुपैयाँ गरी तीन आर्थिक वर्षमा जम्मा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ भेटी संकलन भएको विवरण सूचना केन्द्रले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वर्ष २०७४/०७५ मा भन्दा १ सय ९ प्रतिशत बढी आम्दानी भएकोमा त्यसपछिका दुई वर्ष आम्दानी घटेको देखिएको छ । कोरोना महामा...
एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह

एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, फागुन ११ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह गरिएको छ । नेकपा माआवोदी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला कमिटीले सदरमुकाम दिक्तेलस्थित त्रिवेणीचोकमा सडक जनमत संग्रह गरेको हो । संसदमा पेश भएको एमसीसी यथास्थितिमा पारित गर्ने वा नगर्ने भन्ने विषयमा सर्वसाधरण, बुद्धिजीवी, व्यापारीलगायतलाई मतदान गराइएको अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेता पारश विराटले जानकारी दिनुभयो । मतदानमा सहभागी २०७ जनामध्ये १९२ जनाले यथास्थितिमा एमसीसी पारित गर्न नहुने र १४ जनाले बिना संशोधन पारित गर्न सकिनेमा मत दिएका थिए भने १ मत बदर भएको थियो । संग्रह गरिएको जनमतसहित जिल्ला प्रशासन कार्यालमार्फत भोलि सरकारलाई ज्ञापनपत्र पठाइने अखिल (क्रान्तिकारी) प्रदेश नम्बर १ का सचिव एवं खोटाङ जिल्ला संयोजक डिआर खड्काले बताउनुभयो ।  एमसीसीका कतिपय बुँदा र...
हलेसी तुवाचुङद्वारा ३ कृषक समुह र १३ आमासमूहलाई कुटानी पिसानी मिल प्रदान

हलेसी तुवाचुङद्वारा ३ कृषक समुह र १३ आमासमूहलाई कुटानी पिसानी मिल प्रदान

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन १० । हलेसी तुवाचुङ नगरपालिकाले ३ कृषक समुह र १३ वटा आमासमूहलाई विद्युतीय कुटानी पिसानी मिल प्रदान गरेको गरेको छ । मागमा आधारित कार्यक्रम अन्तर्गत नगरपालिकाले विनियोजन गरेको बजेटबाट मिल खरिद गरी आज नगरपालिकामा आयोजित कार्यक्रमका बीच मिल हस्तान्तरण गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । घरायसी काममा महिलारूको कार्यबोझ घटाउने उद्देश्यले विद्युतीय मिल सहयोग गरिएको मेयर इवन राईले बताउनुभयो । कार्यक्रमका लागि नगरपालिकामा निवेदन दिएकाहरूमध्येबाट छनोट गरी मिल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यसबाट महिलाहरूको दैनिक घरायसी काममा श्रम कम पर्ने र समयको पनि बचत हुने मेयर राईको विश्वास छ ।...
बुलापन्थे माविमा सरोज राई स्मृति अक्षय कोष स्थापना

बुलापन्थे माविमा सरोज राई स्मृति अक्षय कोष स्थापना

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन ९ । हलेसि तुवचुङ नगरपालिका–८ धितुङका स्वर्गीय सरोज राईको स्मृतिमा अक्षय कोष स्थापना भएको छ । सोहि गाउँ स्थीत बुलापन्थे माध्यमिक विद्यालयमा स्वर्गीय राईको परिवारले जेहेन्दार, लगनशील, विपन्न एवं आर्थिक अबस्था कमजोर परिवारका विद्यार्थीलाई बार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्नेगरी कोष स्थापना गरेको हो । अक्षय कोष स्थापना गर्दै स्वर्गीय राईका वुबा कमलराज राई र दाई दुर्गमणि राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ विद्यालयलाई आज हस्तान्त्रण गर्नुभएको नेपाली कांग्रेस धितुङका वडा सभापति टेकराज राईले जानकारी दिनुभयो । कोष स्थापनासँगै विद्यालयका केहि विद्यार्थीलाई आजै छात्रवृत्ति पनि प्रदान गरिएको उहाँको भनाई छ । स्वर्गीय सरोज राईको २५ वर्षको उमेरमा गत जेठ ३० गते उदयपुरमा काठ काट्दै गर्दा काठ्ले किचेर मृत्यु भएको थियो ।...
स्वास्थ्यकर्मी संघ खोटाङको जिल्ला अधिवेशन फागुन १३ गते

स्वास्थ्यकर्मी संघ खोटाङको जिल्ला अधिवेशन फागुन १३ गते

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ९ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, खोटाङको दोस्रो जिल्ला अधिवेशन फागुन १३ गते हुने भएको छ । फागुन १३ गते बिहान १० बजे जिल्ला समन्वय समितिको समीक्षालय हल, दिक्तेलमा अधिवेशन गर्ने निर्णय भएको अधिवेशन संयोजक तीर्थराज आचार्यले जानकारी दिनुभयो । ‘सम्पूर्ण स्वास्थ्यकर्मीहरू एकजुट होऔँ’ भन्ने नारासहित हुने अधिवेशनले संघको ४१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति, २ जना केन्द्रीय प्रतिनिधि र २ जना प्रदेश प्रतिनिधि चयन गर्नेछ । जिल्ला कार्यसमिति निर्विरोध चयन गर्ने तयारी भएको विश्वस्त स्रोतले जनाएको छ । केन्द्रीय प्रतिनिधिको हकमा संशोधित नयाँ विधान अनुसार ५० जना सदस्य बराबर महिला र पुरुषको प्रतिनिधित्व हुने गरी प्रतिनिधि चयन हुनेछ । यसअघि माघ ७ गते गर्ने भनिएको जिल्ला अधिवेशन कोरोना भाइरस संक्रमण बढेपछि स्थगित गरिएको थियो ।...
मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, फागुन ८ । दुर्घटनामा परेर खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत ३१ वर्षीय इन्जिनियर दिपक ढुंगानाकाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते इन्जिनियरको उपचारकालागि काठ्माण्डौं लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कनेक्रममा दुई जना सवार प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटरसाईकलमा माक्पा फेदी सडक खण्डमा शनिबार राती करीब ७ बजे दुर्घटना भएको हो । सडकबाट करीब २ सय ५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । दुर्घटनामा घम्भिर घाइते ढुंगानाको स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार पछि तथ उपचारकालागि एम्बूलेन्सबाट काठ्माण्डौं लैजानेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार पुगेपछि रातको करीब १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सू...
दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ७ । नक्कली मह बिक्री गरिरहेको अवस्थामा खोटाङमा १३ वर्षीय एक किशोर पक्राउ परेका छन् । जिल्ला सदरमुकाम दिक्तेल बजारबाट महजस्तो देखिने ५ केजी पदार्थसहित अन्देश करौडीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । करौडीसँगै मह बिक्री गरिरहेका अर्का एक जना फरार रहेका छन् । उनको खोजिभइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । जिल्लामा नक्कली मह बिक्री भइरहेको भन्दै यसअघि उद्योग बाणिज्य संघ खोटाङले सबैलाई सचेत रहन आग्रह समेत गरेको थियो ।...
खोटाङमा कोरोनाका कारण बन्द हाटबजार खुला

खोटाङमा कोरोनाका कारण बन्द हाटबजार खुला

Banner News 2, अर्थ, स्थानीय
खोटाङ, फागुन ६ । खोटाङमा तेस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि बन्द गरिएको हाटबजार खुलाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि माघ ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको थियो । संक्रमण घट्दै गएपछि शुुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना र एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी हाटबजार खुलाउने निर्णय गरेको हो । जिल्लाको दिक्तेल, बाक्सिला, ऐंसेलुखर्क, अर्खौले, बुइपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिक रूपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषि उपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय मारमा परेका थिए ।...
वराहपोखरी : सेवा प्रवाहमा टोकन प्रणाली, कसैलाई छैन सास्ती

वराहपोखरी : सेवा प्रवाहमा टोकन प्रणाली, कसैलाई छैन सास्ती

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
पवन खड्का खोटाङ, ५ फागुन । प्रायः सेवाग्राहीको अत्यधिक भीड लाग्ने कार्यालयले टोकन प्रणालीको आधारमा सार्वजनिक सेवा प्रवाह गरेको पाइन्छ । तर, खोटाङको दुर्गम मानिने वराहपोखरी गाउँपालिकाले भने सेवा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागु गरेको छ । सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने वराहपोखरी गाउँपालिका जिल्लाकै एक मात्र हो । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङका अरू कुनै पनि पालिकामा यस खालको अभ्यास छैन । गत आर्थिक वर्ष २०७७/०७८ मा गाउँसभाबाट टोकन प्रणाली लागु गर्ने निर्णय पारित गरेर ५ लाख बजेटसमेत छुट्याएको गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ बाट उपकरण खरिदपछि जडान गरेर टोकन प्रणाली सुरु गरेको हो । गत आर्थिक वर्षबाटै सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने योजना भए पनि कोरोना महामारीका कारण केही ढिलाइ हुन गएको गाउँपालिकाका सूचना प्रविधि अ...