Sunday, October 25News That Matters

Banner News 2

दुर्छिम मा.वि.को व्यवस्थापन समिति सदस्यमा दमाई र राई विजयी

दुर्छिम मा.वि.को व्यवस्थापन समिति सदस्यमा दमाई र राई विजयी

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १० । दुर्छिम माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । सर्वसम्मत हुन नसकेपछि आज निर्वाचन मार्फत नयाँ समिति गठन भएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्थीत सो विद्यालयका नयाँ समितिका लागि १ सय ८३ जना अभिभावकले मदतान गरेका थिए । जसमा ११ मत बदर भएको विद्यालयले जनाएको छ । दुई जना सदस्यको लागि ३ जना चुनावी मैदानमा उत्रिएका थिए । जसमा रामबहादुर दमाई ९८ र दीपबहादुर राई ९६ मतका साथ विजयी हुँदा रोमबहादुर राई ८६ मत प्राप्त गरेर पराजित हुुनुभएको छ । एक जना महिला सदस्यमा भने चन्द्रकला राउत निर्विरोध निर्वाचित हुनुभएको छ । नगरपालिकाको शिक्षा ऐन अनुसार विद्यालयको व्यवस्थापन समितिमा ९ जना रहने व्यवस्था छ । जसमा ३ जना सदस्य अभिभावकले चुन्ने, चार जना सदस्य नगरपालिका प्रमुख र वडाध्यक्षले मनोनय गर्नेछन् भने एक जना शिक्षक प्रतिनिधि र समितिको सदस्य सचिवको रुपमा स्वयं विद्यालयका...
प्रहरीको सहायतामा नेपालीले पाए हराएको ८ हजार नगद

प्रहरीको सहायतामा नेपालीले पाए हराएको ८ हजार नगद

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ ९ । प्रहरीको सहायतामा हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमका विक नेपालीले हराएको ८ हजार नगद पाएका छन । स्थानीयले नगद भेट्टाएर प्रहरीलाई बुझाएपछि सो रकम प्रहरीले उनलाई फिर्ता दिएको हो । हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम रातमाटेका विकास राईले रु ७ हजार र मनशेर राईले रु १ हजार छापडाँडा सडकमा आज (आईतबार) भेट्टाएर हलेसी तुवाचुङ प्रहरी चौकी दुर्छिममा बुझाएका थिए । प्रहरीले अनुसन्धान गर्दा दुर्छिमकै विक नेपालीको रकम हराएको थाहापाएपछि उनलाई सो रकम प्रहरी निरीक्षक प्रमोद कार्कीले फिर्ता गर्नु भएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ ।...
ओखलढुंगामा गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु

ओखलढुंगामा गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार
खोटाङ, माघ ९ । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपमाथिे ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा को १ ज ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का ७ वर्षीया युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् । घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ । सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ जाँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभीरमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा द...
यस्ता छन गठबन्धनका चार दलले दिप्रुङ चुइचुम्मामा गरेको निर्णय

यस्ता छन गठबन्धनका चार दलले दिप्रुङ चुइचुम्मामा गरेको निर्णय

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ ८ । सत्ता साझेदार दलहरूको पालिका स्तरीय बैठक दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका पालिका सभापति अमृत गिरीको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले बिभिन्न निर्णय समेत गरेको छ । केही दिन अगाडि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको जिल्ला स्तरीय दिक्तेलमा संयुक्त बैठक बसेको थियो । बैठकले खोटाङ जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरू जारी राख्ने र गठबन्धनमा आबद्ध दलहरूको पालिकाहरूमा संयुक्त बैठक बसी जनताका माग प्रदेश र संघीय सरकारमार्फत तत्काल सम्बोधन गर्न पहल गर्ने पनि निर्णय गरेको थियो । सोहि निर्णय अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आज बसेको पालिका स्तरीय बैठकले गाउँपालिकामा सडक, खानेपानी , सिंचाइ , पर्यटन , सहरीकरण , खेलमैदान जस्ता क्षेत्रमा योजना माग गर्ने निर्णय गरेको ...
खोटाङमा भीडभाड हुने सबै किसिमका गतिविधिमा रोक

खोटाङमा भीडभाड हुने सबै किसिमका गतिविधिमा रोक

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ,माघ ६ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा भीडभाड हुने सबै प्रकारका गतिविधिमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सबै प्रकारका आमसभा, जुलुस वा धेरै मानिस भेला हुने क्रियाकलाप नगर्ने/नगराउने निर्णय गरेको हो । बैठकले गोष्ठी, सेमिनार, बैठक जस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने, भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी कोभिड–१९ विरुद्धको खोप पूरा मात्रामा लगाएका २५ जना व्यक्ति मात्र सहभागी हुने गरी गर्न सकिने निर्णय गरेको छ । दोहोरी, नाचघर, हेल्थ क्लब, फुटसल, हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम नगर्ने नगराउने निर्णय भएको छ भने शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्न सकिनेछ । विद्यालय, कलेजक...
प्रसव व्यथाले गम्भीर दिक्तेलकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

प्रसव व्यथाले गम्भीर दिक्तेलकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ४ । खोटाङमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २५ वर्षीया रोजिना खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो । सामान्यताया गर्भ रहेको ३७ हप्तासम्ममा सुत्केरी व्यथा लाग्नु सामान्य मानिए पनि खड्कालाई गर्भ रहेको ३४ हप्तामै सुत्केरी व्यथा लागेपछि सोमबार उपचारका जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । स्वास्थ्य जाँचमा उनको पाठेघरको पानीको फोका समय अगावै फुटेको पाइएको जिल्ला अस्पतालका डा. मनिष पौडेलले बताउनुभयो । त्यस्तो अवस्थामा गर्भवती र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्य जोखिमपूर्ण हुने र त्यसको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई उद्धारको पहलका लागि पत्र पठाएको थि...
खार्मीको वडा कार्यालय भवन उद्घाटन

खार्मीको वडा कार्यालय भवन उद्घाटन

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । स्थानीय दाजुभाइ प्रताप र सुदीप श्रेष्ठले निःशुल्क प्रदान गर्नुभएको ५ रोपनी जग्गामा निर्मित आरसीसी वडा कार्यालय भवनको नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले आइतबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । केन्द्र सरकारको ६० र नगरपालिकाको ४० प्रतिशत गरी ४८ लाख ३९ हजार ३ सय (भ्याटबाहेक) लागतमा भवन निर्माण भएको हो । भवन निर्माणको जिम्मा मोहन एण्ड ब्यासीगाउँ निर्माण सेवा दिक्तेलले पाएको थियो । एक तल्ले वडा कार्यालय भवनमा एउटा सभाहल र तीन वटा कोठा रहेका छन् । वडा कार्यालय भवनका लागि जग्गा दान गर्ने श्रेष्ठद्वयलाई आज सम्मानसमेत गरिएको छ । वडा कार्यालय भवन उद्घाटनसँगै नागरिकलाई सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । यसअघि वडा कार्यालय भवन नहुँदा हाल निर्माण भए...
कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई सल्ले वडा कार्यलयको आर्थिक सहयोग

कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई सल्ले वडा कार्यलयको आर्थिक सहयोग

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २ । कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई उपचारको लागि हलेसी तवाचुङ नगपालिका–९ सल्ले वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । केही समय अगाडि विद्यालयबाट घर फर्कँदै गर्दा कुकुरले टोकेर घाइते भएका ५ जना विद्यार्थीलाई उपचारको लागि वडाको विपद् व्यवस्थापन कोषबाट ५/५ हजार नगद सहयोग गरिएको हो । गत कात्तिक ८ गते हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत सल्लेखर्कका अनुराग राई, सञ्जय राई, लुसन श्रेष्ठ, विकास राई र धिरज राईलाई कुकुरले टोकेर घाइते बनाएको थियो । घाइते २ जना विद्यार्थीको जिल्ला अस्पताल दिक्तेल र ३ जना विद्यार्थीको काठमाडौँमा उपचार गराएको परिवारले जनाएको छ । उपचार खर्चस्वरूप विद्यार्थीका अभिभावकलाई आज (आइतबार) सल्लेका वडाध्यक्ष काशीराज राईले वडा कार्यालयमा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको वडा सचिव चित्रबहादुर रानाले जानकारी दिनुभयो ।...
खोटाङमा २५ जनाभन्दा बढी भेला हुन निषेध, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

खोटाङमा २५ जनाभन्दा बढी भेला हुन निषेध, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ३० । जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने सबै खालका गतिविधिमा रोक लागएको छ । प्रुमख जिल्ला अधकिारी फणिन्द्र दाहालले जारी गरेको आदेशमा २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायतका कार्यहरु गर्न नपाइने उल्लेख छ । बिहिबार राति १२ बजेदेखि लागु हुने गरी प्रजिअ दाहालले कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन ७ बुँदे आदेश जारी गर्नुभएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी प्रजिअ दाहालले अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गर्नुभएको हो । आदेशमा राजनीतिक, आ...
खोटाङमा गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेद्वार जिताउन जनप्रतिनिधिबीच समन्वय गर्ने

खोटाङमा गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेद्वार जिताउन जनप्रतिनिधिबीच समन्वय गर्ने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २९ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिहरूबीच गठबन्धन दलले आफ्नो पक्षका उम्मेद्वारलाई जिताउन समन्वय गर्ने भएको छ । बुधबार गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठक बसेको थियो । बैठकका निर्णय बिहिबार नेपाली कांग्रेस खोटाङको पार्टी कार्यालय वीपी स्मृति भवन दिक्तेलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै जिल्लामा गठबन्धनको अध्यक्षता गरिरहनुभएका कांग्रेस सभापति विष्णुकुमार राईले उक्त जानकारी दिनुभएको हो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेद्वारलाई मतदान गरेर विजयी गराउन जिल्लाका विभन्न पालिकाका जनप्रतिनिधिबीच समन्वय गरिने राईले बताउनुभयो । बैठकले खोटाङ जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरू जारी राख्ने र गठबन्धनमा आबद्ध दलहरूको पालिकाहर...