Thursday, April 30News That Matters

Banner News 2

रावाबेसीमा ४ करोड ५० लाखको सिँचाइ आयोजना शिलान्यास

रावाबेसीमा ४ करोड ५० लाखको सिँचाइ आयोजना शिलान्यास

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ७  । खोटाङको रावाबेसी गाउँपालिका–५ दुबेकोलमा ४ करोड ५० लाख रुपैयाँको सिँचाइ आयोजना शिलान्यस भएको छ । खाडो नदी नियन्त्रण आयोजना कार्यालय राजविराजबाट कार्यान्वयन हुने एकीकृत उर्जा तथा सिँचाइ विशेष आयोजना अन्तर्गत स्वीकृत बजेटबाट दुबेकोल लिफ्ट इरिगेसन आयोजना शिलान्यस भएको हो । आयोजनाको बुधबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शिलान्यास गर्नुभएको छ । जलस्रोत तथा सिँचाइ विभागका सीडीई विजयकुमार रेग्मी , बैंक अफ काठमाडौँका सञ्चालक गोविन्दप्रसाद शर्मा रेग्मी र रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाको संयुक्त पहलमा दुबेकोलेमा उक्त योजना ल्याइएको हो । आयोजना आगामी वर्ष २०७९ को असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी रौताहा भिमेश्वर एआरके जेभीले ठेक्का पाएको छ । रावाखोलाबाट पानी लिफ्टिङ गरेर दुवेकोलको रेग्मीगाउँमा पु-याईने उक्त योजना सम्पन्न पश्चात करिब २२ हेक्टर क्षेत...
खोटाङमा आफैले ढालेको रुखले किचेर एक जनाको ज्यान गयो

खोटाङमा आफैले ढालेको रुखले किचेर एक जनाको ज्यान गयो

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ६ । जिल्लाको रावाबेसी गाउँपालिका–३, तीनतिर्पामा रुख काट्ने क्रममा एक जनाको ज्यान गएको छ । स्थानीय नरबहादुर केप्छाकी मगरको आज करिब मध्यान्ह १२ बजेतिर घर नजिकै रहेको सल्लाको रुख काट्ने क्रममा सोही रुखले ढलेर थिच्दा ज्यान गएको स्थानीय सुनिल खतिवडाले जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट गएको प्रहरी टोलीले शवको मुचुल्का उठाएको बताइएको छ । मृतकको शव पोष्टमाार्टका लागि जिल्ला सदरमुकाम दिक्तेल लैजाने तयारी भइरहेको छ ।...
नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान

नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई वृहत पोषण प्याकेज सम्बन्धी आधारभूत क्षमता अभिवृद्धि तालिम दिन सुरु गरेको छ । स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गराई समुदाय स्तरमा पोषणको अवस्था सुधार गर्न सात दिने तालिम आयोजना गरिएको नगरपलिकाको स्वास्थ्य शाखाले जनाएको छ । पोषणको अवस्थाबारे जानकारी नहुँदा विभिन्न रोग लाग्ने तथा सोही कारण कतिपयले अकालमै ज्यान गुमाउने गरेको तथ्यलाई स्मरण गर्दैै कुपोषण घटाउने उद्देश्यका साथ तालिम दिन सुरु गरिएको नगर स्वास्थ्य प्रमुख तीर्थ आचार्यले जानकारी दिनुभयो । आजदेखि पुस ११ गतेसम्म सञ्चालन हुने तालिममा जिल्ला अस्पताल तथा नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी गरी २५ जना सहभागी छन् । सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा आयोजित तालिमका सहभागीहरूले तालिम सकिएपछि आफू कार्यरत क्षेत्रका महि...
केपिलासगढीद्वारा विद्यालयलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण

केपिलासगढीद्वारा विद्यालयलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, पुस ५ । जिल्लाको केपिलासगढी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका ३७ वटा सामुदायिक विद्यालयहरूलाई प्रति विद्यालय एक सेट ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेको छ । गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार ३ लाख ३१ हजार ५ सय ९५ रुपैयाँ रकमबाट खरिद गरी गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयलाई ग्याँस सिलिन्डर र चुुल्हो वितरण गरिएको हो । विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई चिया–खाजा खानमा सहयोग पु¥याउने उद्देश्यले ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत सु्रेन्द्र खनालले जानकारी दिनुभयो । कोभिडपछिको शैक्षिक गतिविधि विषयमा छलफल गर्न आज ३७ वटै विद्यालयका प्रधानाध्यपक सहभागी कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णकुमाार राई र उपाध्यक्ष हिराकुमारी वन गिरीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई ग्याँस सिलिन्डर र चुल्हो हस्तान्तरण गर्नुभएको छ । ...
खोटाङमा ट्राफिक नियम विपरीत सवारी चलाउनेको संख्या निरन्तर उकालो

खोटाङमा ट्राफिक नियम विपरीत सवारी चलाउनेको संख्या निरन्तर उकालो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ४ । खोटाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या महिनैपिच्छे बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सवारी कारबाहीको तथ्यांकले जिल्लामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेको संख्या बढ्दो अवस्थामा रहेको देखाएको हो । जिल्लामा मंसिर महिनामा मात्र ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ९ सय ४५ वटा सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार कारबाहीमा परेका सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ४ सय १० वटा रहेका छन् । यस्तै कार–जीप–भ्यान ३ सय २५ वटा, ट्रक १ सय ६ वटा, ट्याक्टर ८० वटा, अटो–टेम्पो १६ वटा, बस र टिप्पर ४/४ वटा कारबाहीमा परेका छन् । यी सवारी साधन कारबाहीबाट ७ लाख १० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको खत्रीले जानकारी दिनुभयो । सवारी चालक अनुमतिपत्र नलिएक...
खोटाङ : विदेशबाट फर्किएर गाउँमै स्वरोजगार बनेका पाँच जना सम्मानित

खोटाङ : विदेशबाट फर्किएर गाउँमै स्वरोजगार बनेका पाँच जना सम्मानित

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पौष ०३ । खोटाङमा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी स्वरोजगार बनेका पाँच जना सम्मानित भएका छन् । वैदेशिक रोजगारीको क्रममा सिकेको सीप उपयोग गरेर गाउँमै स्वरोजगार गरिरहेका पाँच जना उद्यमीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद तथा कदरपत्रसहित सम्मान गरेको हो । इलेक्ट्रिसियनको काम गरिरहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, सोही स्थानका भोजकुमार श्रेष्ठ, प्लम्बिङको काम गरिरहनुभएका सोल्माकै काशकुमार राई, वेल्डिङ ग्रिल उद्योग सञ्चालन गरिरहनुभएका नगरपालिका–६ नेर्पाका रोशन राई र बंगुर फार्म सञ्चालन गरिरहनुभएका नगरपालिका–१४ वुईपाका दीपेन्द्र उदास सम्मानित हुनुभएको हो । बंगुर फार्म सञ्चालन गर्ने उदासलाई नगद २० हजारको चेक र अन्यलाई आफ्नो काममा प्रयोग हुने ५ हजार रकम बराबरको सामग्री र १५ हजारको चेक हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीबाट सिक...
अनेरास्ववियु खोटाङको २३ औँ जिल्ला सम्मेलन पुस १७ गते

अनेरास्ववियु खोटाङको २३ औँ जिल्ला सम्मेलन पुस १७ गते

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पौष ०३ । नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङको २३ औँ जिल्ला सम्मेलन पुस १७ गते हुने भएको छ । एमाले खोटाङको पार्टी कार्यालय दिक्तेलमा आज (शनिबार) बसेको अनेरास्ववियुको छैटौँ पूर्ण बैठकले पुस १७ गते जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला सम्मेलनका लागि समिति पनि गठन गरेको छ । सम्मेलन मूल व्यवस्थापन समिति संयोजकमा खेमराज राई, आर्थिक व्यवस्थापन समिति संयोजकमा मोहन संग्राम र सम्मेलन प्रचारप्रसार समिति संयोजकमा विष्णु उपरकोटीलाई जिम्मेवारी दिइएको छ । सम्मेलनमा जिल्लाभरका करिब ५ सय विद्यार्थी सहभागी हुने अनेरास्ववियुले जनाएको छ । यस्तै बैठकले पुस ६ गते अनेरास्ववियु दिक्तेल बहुमुखी क्याम्पसको सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले पुस ५ गते कालोबजारी र शिक्षामा निजीकरण विरुद्ध तथा शैक्षिक प्रमा...
फोक्सिंटारमा बेलिब्रिज जडान, पक्की पुल निर्माण कछुवाको गतिमा

फोक्सिंटारमा बेलिब्रिज जडान, पक्की पुल निर्माण कछुवाको गतिमा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुष १ । दिक्तेल–गाईघाट सडकखण्ड अन्तर्गत उदयपुर र खोटाङको सिमाना फोक्सिंटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । बर्सेनि बर्खाको समयमा निकाल्ने गरिएको अस्थायी बेलिब्रिज जडानपछि आजदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको हो । फोक्सिंटारमा स्थायी पुल नहुँदा विशेष गरी जिल्लाको दक्षिणी भेगका बासिन्दालाई तराई आवतजावत गर्न समस्या हँुदै आएको छ । अहिले भने स्थायी पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । यद्यपी समयमै पक्की पुल निर्माणको काम नसकिँदा यो वर्ष पनि बेलिब्रिज जडान गरिएको छ । दिगो समयसम्मको लागि पक्की पुल बन्न नसक्दा बर्सेनि अस्थायी रूपमा गाईघाट– दिक्तेल सडक योजनाले फोक्सिंटारमा बेलिब्रिज जडान गर्दै आएको छ । हिउँदमा मात्रै सञ्चालन हुने यो पुल बर्खामा कोशीमा पानीको बहाब बढेसँगै हटाउने गरिएको छ । यो वर्षको लागि करिब ७८ लाख बजेटमा बेलिब्रिज जडानको कार्य सम्पन्न गरिएको ग...
विद्युत सर्ट भएर हौँचुरमा एक घरमा आगोलागि

विद्युत सर्ट भएर हौँचुरमा एक घरमा आगोलागि

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २८ । जिल्लाको रावाबेसी गाउँपालिका–६ हौँचुर स्थित एक घरमा आगोलागि हुँदा लाखौँ बराबरीको क्षेती भएको छ । हिजो साँझ साढे ७ बजेको समयमा विद्युत सर्ट भई ज्ञानेन्द्र खड्काको ३ तले माटो ढुंगाले बनेको, जस्ताले छाएको घरमा आगो लागेको हो । घरसँगै नजिकै रहेको गोठमा पनि जलेर नष्ट भएको छ । आगोलागिबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, ८ तोला सुन, १६ तोला चादी, ६ लाख नगद, मोबाएल ल्यापटप लगायत अन्य सामाग्री जलेर नष्ट भएको छ । प्रहरी र स्थानियको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आएको थियो । घर एकान्त बेँसीमा रहेको कारण आगो समयमै नियन्त्रण गर्न कठिन हुँदा धेरै क्षेती भएको स्थानीयले बताएका छन । क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ ।...
हलेसी मन्दिरमा १७ दिनमै ८ लाख बढी भेटी संकलन

हलेसी मन्दिरमा १७ दिनमै ८ लाख बढी भेटी संकलन

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ, मङ्सिर २६  । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १७ दिनमै ८ लाख बढी भेटी संकलन भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको साझा आस्थाको केन्द्र रहेको हलेसीमा गत मङ्सिर ६ गतेदेखि २२ गतेसम्मको अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ८ लाख ३९ हजार १ सय ९७ रुपैयाँ भेटी संकलन भएको हो । हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार यस अवधिमा शिव–पार्वती थानबाट ५ लाख २९ हजार ४ सय ५, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ३१ हजार ३ सय ४५, बसाहा गुफा दान पेटिकबाट ३९ हजार ६ सय, गणेश मन्दिर दान पेटिकाबाट २६ हजार १ सय रुपैयाँ भेटी संकलन भएको छ । यस्तै भक्तालुले चढाएको चामल बिक्रीबाट १४ हजार ८ सय ८० रुद्री लाख बत्तीलगायत अन्य सहयोगबाट १ लाख ९२ हजार २ सय ७७, र ढ्याक्के पैसा ५ हजार ५ सय रुपैयाँ संकलन भएको छ । यसैगरी यस अवधिमा मन्दिर दर्शनार्थीले भा.र...