Sunday, October 25News That Matters

Banner News 2

नेपालका चर्चित र्‍यापर  ‘लाउरे’ पक्राउ 

नेपालका चर्चित र्‍यापर  ‘लाउरे’ पक्राउ 

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
पुस १५ । नेपालका चर्चित र्‍यापर  आशिष राना ‘लाउरे’ पक्राउ परेका छन । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले जानकारी दिनुभयो । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । लागूऔषध सेवन गर्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । आज अदालत बिदा भएकाले भोली अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।...
प्रहरीटोलीले भेट्टाएको मोबाइलफोन सम्बन्धित ब्यक्तिलाई बुझायो

प्रहरीटोलीले भेट्टाएको मोबाइलफोन सम्बन्धित ब्यक्तिलाई बुझायो

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, पुस १३ । खोटाङमा प्रहरीले भेट्टाएको मोबाइलफोन सम्बन्धित ब्यक्तिलाई दिएको छ । इलाका प्रहरी कार्यलय हलेसीको प्रहरी टोलीले भेट्टाएको फोन सम्बन्धित ब्यक्तिलाई दिएको हो । आज राती बिहान २ बजे प्रहरी टोलीले हलेसी मन्दिरमा नोकिया कम्पनीको उक्त मोबाइल फोन भेट्टाएको थियो । मोबाइल सोहि स्थानका मनोज गिरीको रहेको थाहापाएपछि प्रहरीले सम्बन्धित ब्यक्ति गिरीलाई फोन बुझाएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ ।...
नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई

नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस ११ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई विजयी हुनुुभएको छ । सदरमुकाम दिक्तेलमा सम्पन्न ९औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षका प्रत्याशी जयन्ती राईलाई १४१ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । अध्यक्षका लागि जम्मा ६४७ मत खसेकोमा ४ मत बदर भएको थियो । अध्यक्षमा विजयी राईले ३८८ र प्रत्याशी राईले २४७ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी राई यसअघि नेपाल शिक्षक संघ खोटाङको जिल्ला कार्यसमिति सह-सचिव हुनुहुन्थयो । उहाँ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माध्यमिक विद्यालयका प्रधानाध्यापक पनि हुनुहुन्छ । यस्तै खुला उपाध्यक्षमा ३१५ मत ल्याएर सुमन खत्री विजयी हुनुभएको छ । खुुला उपाध्यक्षका अरू दुई उम्मेद्वार पवनकुमार बस्नेतले २०७ र ज्ञानेन्द्रकुमार राईले ६८ मत ल्याउनुभयो । यस्तै महिला उपाध्यक्षमा मुना चौलागाईं सर्वाधिक ४...
पाथेकामा एकै दिन एउटै विद्यालयका दुई वटा भवन उद्घाटन

पाथेकामा एकै दिन एउटै विद्यालयका दुई वटा भवन उद्घाटन

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकामा एकै दिन एउटै विद्यालयका दुई वटा भवन उद्घाटन भएको छ । पाथेका स्थित सरस्वती माध्यमिक बिद्यालयको २ तले ४ कोठे भवन र ३ कोठे पक्की भवनको बुधबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर दिप नारायण रिजाल र उपमेयर बिणादेवी राईले संयुक्त रुपमा उद्घाटन गर्नु भएको मेयर रिजालका राजनितिक सल्लाहकार कमल ढकालले जानकारी दिनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) कार्यलय खोटाङको रु ७० लाख ४० हजारमा २ तले ४ कोठे विद्यालयको भवन र रु १५ लाखमा शौचालय निर्माण भएको हो । यस्तै उद्घाटन भएको अर्को ३ कोठे भवन नगरपालिकाको रु ३५ लाख लागतमा निर्माण भएको हो भने सोहि रकमबाट विद्यालयको परिसरमा तारजालीको घेराबारसमेत लागाइएको ढकालले बताउनु भयो । वि.सं. २०१७ सालदेखि सञ्चालनमा आएर कक्षा १० सम्म पठनपाठन भइरहेको उक्त विद्यालयमा यतिबेला ४१४ जना विद्यार्थीले...
रावाबेसीमा ४ करोड ५० लाखको सिँचाइ आयोजना शिलान्यास

रावाबेसीमा ४ करोड ५० लाखको सिँचाइ आयोजना शिलान्यास

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ७  । खोटाङको रावाबेसी गाउँपालिका–५ दुबेकोलमा ४ करोड ५० लाख रुपैयाँको सिँचाइ आयोजना शिलान्यस भएको छ । खाडो नदी नियन्त्रण आयोजना कार्यालय राजविराजबाट कार्यान्वयन हुने एकीकृत उर्जा तथा सिँचाइ विशेष आयोजना अन्तर्गत स्वीकृत बजेटबाट दुबेकोल लिफ्ट इरिगेसन आयोजना शिलान्यस भएको हो । आयोजनाको बुधबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शिलान्यास गर्नुभएको छ । जलस्रोत तथा सिँचाइ विभागका सीडीई विजयकुमार रेग्मी , बैंक अफ काठमाडौँका सञ्चालक गोविन्दप्रसाद शर्मा रेग्मी र रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाको संयुक्त पहलमा दुबेकोलेमा उक्त योजना ल्याइएको हो । आयोजना आगामी वर्ष २०७९ को असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी रौताहा भिमेश्वर एआरके जेभीले ठेक्का पाएको छ । रावाखोलाबाट पानी लिफ्टिङ गरेर दुवेकोलको रेग्मीगाउँमा पु-याईने उक्त योजना सम्पन्न पश्चात करिब २२ हेक्टर क्षेत...
खोटाङमा आफैले ढालेको रुखले किचेर एक जनाको ज्यान गयो

खोटाङमा आफैले ढालेको रुखले किचेर एक जनाको ज्यान गयो

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ६ । जिल्लाको रावाबेसी गाउँपालिका–३, तीनतिर्पामा रुख काट्ने क्रममा एक जनाको ज्यान गएको छ । स्थानीय नरबहादुर केप्छाकी मगरको आज करिब मध्यान्ह १२ बजेतिर घर नजिकै रहेको सल्लाको रुख काट्ने क्रममा सोही रुखले ढलेर थिच्दा ज्यान गएको स्थानीय सुनिल खतिवडाले जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट गएको प्रहरी टोलीले शवको मुचुल्का उठाएको बताइएको छ । मृतकको शव पोष्टमाार्टका लागि जिल्ला सदरमुकाम दिक्तेल लैजाने तयारी भइरहेको छ ।...
नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान

नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई वृहत पोषण प्याकेज सम्बन्धी आधारभूत क्षमता अभिवृद्धि तालिम दिन सुरु गरेको छ । स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गराई समुदाय स्तरमा पोषणको अवस्था सुधार गर्न सात दिने तालिम आयोजना गरिएको नगरपलिकाको स्वास्थ्य शाखाले जनाएको छ । पोषणको अवस्थाबारे जानकारी नहुँदा विभिन्न रोग लाग्ने तथा सोही कारण कतिपयले अकालमै ज्यान गुमाउने गरेको तथ्यलाई स्मरण गर्दैै कुपोषण घटाउने उद्देश्यका साथ तालिम दिन सुरु गरिएको नगर स्वास्थ्य प्रमुख तीर्थ आचार्यले जानकारी दिनुभयो । आजदेखि पुस ११ गतेसम्म सञ्चालन हुने तालिममा जिल्ला अस्पताल तथा नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी गरी २५ जना सहभागी छन् । सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा आयोजित तालिमका सहभागीहरूले तालिम सकिएपछि आफू कार्यरत क्षेत्रका महि...
केपिलासगढीद्वारा विद्यालयलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण

केपिलासगढीद्वारा विद्यालयलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, पुस ५ । जिल्लाको केपिलासगढी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका ३७ वटा सामुदायिक विद्यालयहरूलाई प्रति विद्यालय एक सेट ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेको छ । गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार ३ लाख ३१ हजार ५ सय ९५ रुपैयाँ रकमबाट खरिद गरी गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयलाई ग्याँस सिलिन्डर र चुुल्हो वितरण गरिएको हो । विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई चिया–खाजा खानमा सहयोग पु¥याउने उद्देश्यले ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत सु्रेन्द्र खनालले जानकारी दिनुभयो । कोभिडपछिको शैक्षिक गतिविधि विषयमा छलफल गर्न आज ३७ वटै विद्यालयका प्रधानाध्यपक सहभागी कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णकुमाार राई र उपाध्यक्ष हिराकुमारी वन गिरीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई ग्याँस सिलिन्डर र चुल्हो हस्तान्तरण गर्नुभएको छ । ...
खोटाङमा ट्राफिक नियम विपरीत सवारी चलाउनेको संख्या निरन्तर उकालो

खोटाङमा ट्राफिक नियम विपरीत सवारी चलाउनेको संख्या निरन्तर उकालो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ४ । खोटाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या महिनैपिच्छे बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सवारी कारबाहीको तथ्यांकले जिल्लामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेको संख्या बढ्दो अवस्थामा रहेको देखाएको हो । जिल्लामा मंसिर महिनामा मात्र ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ९ सय ४५ वटा सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार कारबाहीमा परेका सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ४ सय १० वटा रहेका छन् । यस्तै कार–जीप–भ्यान ३ सय २५ वटा, ट्रक १ सय ६ वटा, ट्याक्टर ८० वटा, अटो–टेम्पो १६ वटा, बस र टिप्पर ४/४ वटा कारबाहीमा परेका छन् । यी सवारी साधन कारबाहीबाट ७ लाख १० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको खत्रीले जानकारी दिनुभयो । सवारी चालक अनुमतिपत्र नलिएक...
खोटाङ : विदेशबाट फर्किएर गाउँमै स्वरोजगार बनेका पाँच जना सम्मानित

खोटाङ : विदेशबाट फर्किएर गाउँमै स्वरोजगार बनेका पाँच जना सम्मानित

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पौष ०३ । खोटाङमा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी स्वरोजगार बनेका पाँच जना सम्मानित भएका छन् । वैदेशिक रोजगारीको क्रममा सिकेको सीप उपयोग गरेर गाउँमै स्वरोजगार गरिरहेका पाँच जना उद्यमीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद तथा कदरपत्रसहित सम्मान गरेको हो । इलेक्ट्रिसियनको काम गरिरहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, सोही स्थानका भोजकुमार श्रेष्ठ, प्लम्बिङको काम गरिरहनुभएका सोल्माकै काशकुमार राई, वेल्डिङ ग्रिल उद्योग सञ्चालन गरिरहनुभएका नगरपालिका–६ नेर्पाका रोशन राई र बंगुर फार्म सञ्चालन गरिरहनुभएका नगरपालिका–१४ वुईपाका दीपेन्द्र उदास सम्मानित हुनुभएको हो । बंगुर फार्म सञ्चालन गर्ने उदासलाई नगद २० हजारको चेक र अन्यलाई आफ्नो काममा प्रयोग हुने ५ हजार रकम बराबरको सामग्री र १५ हजारको चेक हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीबाट सिक...