आफ्नै भवन नहुँदा साँगुरो भवनमा कोचिएर बस्न बाध्य सोलुखुम्बु सशस्त्र प्रहरी
सुबास दर्नाल
सोलुखुम्बु मंसिर ११ : सशस्त्र प्रहरी बल नेपाल गुल्म सोलुखुम्बु(एपिएफ)लाई आफ्नै भवन नहुँदा समस्या भएको छ । करिब ४ बर्ष अघि जिल्लामा स्थापना भएको सशस्त्र प्रहरीको आफ्नै भवन नहुँदा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु स्थित तत्कालिन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्नुपरेको जनाइएको छ ।
सोलुखुम्बुमा वि.स २०७४ सालमा निर्वाचन सुरक्षा बेस हुँदै हाल गुल्मको रुपमा खडा भएको सशस्त्र बल नेपाल गुल्म सोलुखुम्बुले जनाएको छ । सुरुवातमा सल्लेरी स्थित कर्भड हलमा बसेको सशस्त्र प्रहरी करिब ३ बर्ष अघि दोर्पु स्थित तत्कालिन महिला विकास समितिले एक रोपनी जग्गामा निर्माण गरेको भवनमा सरेका थिए ।
तर मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा दैनिक कार्यलाई सागँुरो क्षेत्रमा खुम्च्याउनु परेकोे सशस्त्र प्रहरीका डिएसपी दिनेश शर्माले बताउँनुभयो । उहाँका अनुसार मापदण्ड अनुसार कम्प्तीमा १५ रोपनी जग्गा आवश्यक ...









