Sunday, October 25News That Matters

Banner News 2

लफ्याङमा जसपा निकट समाजवादी युवा संघ नेपाल  गठन

लफ्याङमा जसपा निकट समाजवादी युवा संघ नेपाल गठन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ मङ्सिर १८ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङमा जनता समाजवादी (जसपा) निकट समाजवादी युवा संघ नेपाल गठन भएको छ । पार्टीको सु.ज अभियान अन्तरगत लफ्याङमा आज भएको कार्यक्रममा लक्षुमण राईको अध्यक्षतामा ३६ सदस्यीय समाजवादी युवा संघ नेपाल वडा कमिटि गठन गरिएको समाजवादी विद्यार्थी युनियन खोटाङका सह–सचिव कृष्ण गिरिले जानकारी दिनुभयो । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवं किराँत राष्ट्रिय समिति अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जसपाका प्रदेश सदस्य मोहन गुरुङ, नवीन राई, नगर अध्यक्ष निर्मल राई, विद्यार्थी केन्द्रीय सदस्य तथा पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन खम्बु, जिल्ला कमिटी सदस्य धनिराम नछुङ लगायतको उपस्थीतमा कार्यक्रम सम्पन्न भएको सह–सचिव गिरिले बताउनु भयो । कार्यक्रमका झलक तस्वीरमा  ...
दुई बर्ष पछि लागेको हलेसी मेला यस्तो देखियो (फोटो फिचर)

दुई बर्ष पछि लागेको हलेसी मेला यस्तो देखियो (फोटो फिचर)

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति
खोटाङ मङ्सिर १७ : बालाचतुर्दशीकाको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ स्थीत सुप्रशिद्ध त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लागेको छ । हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा सबै भन्दा लामो मेला रामनवमीमा १५ दिन सम्म लाग्ने गरेको छ । तर कोरोनाका कारण दुई बर्ष यता मेला लाग्न सकेको थिएन । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । जुन दृश्य सबैका लागी रोचक लाग्ने गर्छ । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर...
हलेसीमा दुई बर्ष पछि मेला, नगरपालिकाद्धारा भोली सार्वजनिक बिदा

हलेसीमा दुई बर्ष पछि मेला, नगरपालिकाद्धारा भोली सार्वजनिक बिदा

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ मङ्सिर १६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भोली एक दिन सार्वजनिक बिदा दिने भएको छ । बालाचतुर्दशीकाको अवसरमा भोली नगरपालिकाको वडा नम्बर ७ स्थीत सुप्रशिद्ध त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लाग्ने भएको हुँला नगरपालिकाले एक दिन (शुक्रबार) सार्वजनिक बिदा दिएको सूचना जारी गरेर जानकारी दिएको छ । कोरोनाका कारण दुई बर्ष यता लाग्न नसकेको मेला यो बर्ष भब्यताका साथ लाग्ने तयारीमा छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन । हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा सबै भन्दा लामो मेला रामनवमीमा १५ दिन सम्म लाग्ने गरेको छ । हलेसीम...
पत्रकारमाथी हातपात गर्नेलाई विभिन्न संघसंगठनद्धारा कारबाहीको माग

पत्रकारमाथी हातपात गर्नेलाई विभिन्न संघसंगठनद्धारा कारबाहीको माग

Banner News 2, ताजा अपडेट, समाचार, समाज
मङ्सिर १५ : सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका क्रममा संचारकर्मीमाथि हातपात भएको घटना प्रति विभिन्न संघसंगठनले आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानविन गरि दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रदेश १ शाखा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बु लगाएतले विज्ञप्ती जारी गरेका हुन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिका लागि मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रिपोटिङमा गएका सोलु एफ.एम.कर्मी सुवास दर्नाल र सोलु एफ.एम.मै कार्यरत रमन वन माथि हातपात भएको थियो । पीडित पत्रकारले जाहेरी दरखास्त दिएको बताएका छन् । हातपात गर्नेहरुमा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राईको समुह रहेको पत्रकार दर्नालले बताउनुभयो । मतगणना स्थल बाहिर ...
आफ्नै भवन नहुँदा साँगुरो भवनमा कोचिएर बस्न बाध्य सोलुखुम्बु सशस्त्र प्रहरी

आफ्नै भवन नहुँदा साँगुरो भवनमा कोचिएर बस्न बाध्य सोलुखुम्बु सशस्त्र प्रहरी

Banner News 2, ताजा अपडेट, समाचार, समाज
सुबास दर्नाल सोलुखुम्बु मंसिर ११ : सशस्त्र प्रहरी बल नेपाल गुल्म सोलुखुम्बु(एपिएफ)लाई आफ्नै भवन नहुँदा समस्या भएको छ । करिब ४ बर्ष अघि जिल्लामा स्थापना भएको सशस्त्र प्रहरीको आफ्नै भवन नहुँदा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु स्थित तत्कालिन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्नुपरेको जनाइएको छ । सोलुखुम्बुमा वि.स २०७४ सालमा निर्वाचन सुरक्षा बेस हुँदै हाल गुल्मको रुपमा खडा भएको सशस्त्र बल नेपाल गुल्म सोलुखुम्बुले जनाएको छ । सुरुवातमा सल्लेरी स्थित कर्भड हलमा बसेको सशस्त्र प्रहरी करिब ३ बर्ष अघि दोर्पु स्थित तत्कालिन महिला विकास समितिले एक रोपनी जग्गामा निर्माण गरेको भवनमा सरेका थिए । तर मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा दैनिक कार्यलाई सागँुरो क्षेत्रमा खुम्च्याउनु परेकोे सशस्त्र प्रहरीका डिएसपी दिनेश शर्माले बताउँनुभयो । उहाँका अनुसार मापदण्ड अनुसार कम्प्तीमा १५ रोपनी जग्गा आवश्यक ...
रक्तचन्दनको तेल बेचेको आरोपमा खोटाङका दुई सहित १० जना पक्राउ

रक्तचन्दनको तेल बेचेको आरोपमा खोटाङका दुई सहित १० जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर १० : रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा खोटाङका दुई सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । रक्तचन्दनको ३३ लिटर सुगन्धित तेलसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–६ का २३ वर्षीय घनश्याम आले मगर, हलेसी तुवाचुङ नगरपालिका–९ का २० वर्षीय जीवन थापा, सिन्धुली हरिहरपुर गाउँपालिका–४ का ५० वर्षीय हेमकुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ का नवीन भन्ने ३९ वर्षीय मंगलसिंह लो, काठमाडौं टोखा नगरपालिका–४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका–४ का ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौं महाराजगन्ज बस्ने, काठमाडौं महानगरपालिका–८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्न, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका–६ का २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपाल...
मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल

मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ५ : मलेसीयाको एक जेलमा रहेका खोटाङका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन सहयोगको अपिल गरिएको छ । जिल्लाको केपीलासगढी गाउँपालिका ७ सुङदेलका राई बिगत चार बर्ष अघि बैदेसिक रोजगारीको शिलसिलामा मलेसीया पुग्नु भएको हो । मलेसीयाको एक सेकुरेटी कम्पनीमा काम गर्दै आउनु भएका राईको मानसिक सन्तुलन मन्द भएपछि करीब ३ महिना अघि देखि सुंगोगाई ब्लु जेलमा रहनु भएको पारीवारिक श्रोतले बताएको छ । परिवारको आर्थीक अवस्था न्युन रहेको कारण मलेसीया जेलमा रहनु भएका पुर्ण बहादुरलाई नेपाल फर्काउन परिवारले अनुरोध गरेको छ । राईको परिवारमा श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन । सहयोग गर्न चाहानेले राईकी श्रीमती ममता राईलाई लाई ९७४२४२५७७१ मा सम्पर्क गर्न सकिने छ । ...
जिल्ला अधिवेशनमा सर्वधन र भुपेन्द्रको समुह मिलेर जाने सहमति

जिल्ला अधिवेशनमा सर्वधन र भुपेन्द्रको समुह मिलेर जाने सहमति

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ कार्तिक ५ : नेपाली कांग्रेसको खोटाङ जिल्ला सभापतिका आकंक्षी ४ जना मध्ये पुर्व राज्यमन्त्री सर्वधन राई र महाधिवेशन प्रतिनिध एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई मिलेर जाने भएका छन । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत खोटाङमा भोली हुने जिल्ला अधिवेशनमा दुई समुह मिलेर जाने सहमति भएको हो । यस अघि दुई जनाले नै सभापतिमा उठ्ने घोषणा गरेपनि अधिवेशन हुन एक दिन बाकी रहदा भुपेन्द्रले सर्वधनलाई सघाउँने सहमती भएको नेता मनोज तिमिल्सीनाले जानकारी दिनुभयो । सभापतिमा पुर्व राज्यमन्त्री राई हुनुहुने छ भने अन्य पदाधिकारीमा दुवै समुहलाई मिलाएर लाने सहमती भएको उहाँको भनाई छ । यद्यपी को कुन पदमा उम्मेद्वार बन्ने बिषयमा छलफल भईरहेको छ । यसअघि राज्यमन्त्री राईको समुहबाट उपसभापतिमा मनोज तिमिल्सीना र सचिवमा रोजन राईले उम्मेद्वारी दिनु भएको छ । यस्तै महाधिवेशन प्रतिनिधि राईको समुहबाट...
खोटाङमा मंसिर ६ र ७ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाईने

खोटाङमा मंसिर ६ र ७ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाईने

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ कार्तिक ५ : खोटाङमा मंसिर ६ र ७ गते कोरोना भाईरस बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दश वटै स्थानीय तहको खोप केन्द्रमा दुई दिन भेरोसेल खोपको दोस्रो मात्रा लगाईने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । यस अघि जिल्लामा असोज १५ र १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाईएको थियो । पहिलो मात्रा लगाएका जुन सुकै उमेरका व्यक्तिले खोपकार्डको आधारमा दोस्रो मात्रा खोप लगाउन सकिने स्वास्थ्य कार्यलयका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो । जिल्लामा अहिले सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ४० हजार ९ सय ७९ जनाले दोस्रो मात्रा कोरोना बिरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङको तथ्याङ्कमा उल्लेख छ ।...
खोटाङ कांग्रेस अधिवेशन : प्रदेश सभा ‘ख’ मा दिनेश घिमिरे बिजयी, ‘क’ मा राजेन्द्र राईको अग्रता

खोटाङ कांग्रेस अधिवेशन : प्रदेश सभा ‘ख’ मा दिनेश घिमिरे बिजयी, ‘क’ मा राजेन्द्र राईको अग्रता

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मंसिर ४ : नेपाली कांग्रेस खोटाङ प्रदेश सभा ‘ख’ को कार्यसमितिमा एक उपसभापति बाहेक दिनेश घिमिरेको समुह बिजयी भएको छ । आज बिहान सम्पन्न मत गणना अनुसार दिनेश घिमिरे ३३१ मतका साथ सभापतिमा बिजयी हुनु भएको हो । यस्तै उहाँका प्रतिद्वन्द्वी चण्डी कुमार राईले २७५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो । ७०३ मत मध्ये ६३५ मत खसेकोमा २९ मत बदर भएको छ । यस्तै उपासभापतिमा घिमिरेको समुहबाट महेन्द्र राईले ३२७ मत र राईको समुहबाट रामचन्द्र केसीले २८८ मत ल्याएर बिजयी हुनु भएको छ । उपसभापतिका अन्य प्रतिद्वन्द्वी रमाहाङ राईले २६७ र हरी बहादुर खड्काले २२८ मत प्राप्त गर्नु भएको छ । यस्तै सचिवमा घिमिरेको समुहबाट समराज राईले २८४ र प्रविण राईले ३२४ मत प्राप्त गरेर बिजयी हुनु भएको छ । सचिवका प्रतिद्वन्द्वी राईको समुहबाट बलराम राई २३८ र मोहन कटुवालले २४१ मत प्राप्त गर्नु भएको छ । ...