खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?
खोटाङ कार्तिक २३ : कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित खोटाङका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप १० हजार रुपैयाँ पाउने भएका छन् ।
सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेसँगै जिल्लाका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप उक्त रकम पाउने भएका हुन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका ६ सय २ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ सय ३७ अति विपन्न परिवारले राहत रकम पाउने राजपत्रमा उल्लेख छ ।
यस्तै साकेला गाउँपालिकाका १९३, दिप्रुङ चुइचुम्मा गाउँपालिकका ३ सय ३८, खोटेहाङ गाउँपालिकाका ४ सय १७, जन्तेढुङ्गा गाउँपालिकाका ३ सय ५ र वराहपोखरी गाउँपालिकाका २ सय ४७ परिवारले राहत रकम पाउने भएका छन् ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटले कोरोनाबाट प्रभावित अ...









