Sunday, October 25News That Matters

Banner News 2

खोटाङमा कांग्रेसको दुवै प्रदेश सभा मतदान सकियो, प्रदेश सभा “ख” को मतगणना सुरु

खोटाङमा कांग्रेसको दुवै प्रदेश सभा मतदान सकियो, प्रदेश सभा “ख” को मतगणना सुरु

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मंसिर ३ : नेपाली कांग्रेसको १४ औँ महादिवेशन अन्तरगत खोटाङमा दुवै प्रदेश सभा अधिवेशनका मतदान सकिएको छ । प्रदेश सभा “क” अन्तरगत हलेसीमा भएको मतदानमा ७०३ मत मध्ये ६८२ मत खसेको छ । यस्तै सिमपानीमा भएको प्रदेश सभा “ख” को मतदानमा ७०३ मध्ये ६३५ मत खसेको निर्वाचन अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो ।  प्रदेश सभा ‘ख’ मा बिहान १०ः३० बजे सुरु भएको मतदान सम्पन्न पश्चात मतगणना सुरु भएको छ । यस्तै दिउँसो १ः३० बाट सुरु भएको प्रदेश सभा क को मतदान ६ः३० बजे सकिएको हो । मतगणना केहि समय पश्चात सुरु हुने बताईएको छ । प्रदेश ‘ख’ का लागी पुर्व पार्टी सभापती एवं माहासमिति सदस्य बिष्णु कुमार राई टिमबाट दिनेश घिमिरेको नेतृत्वमा र महाधिवेशन प्रतिनिध एमं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको टिमबाट चण्डी कुमार राईको नेतृत्वमा दुई टिम चुनावी मैदानमा उत्रिएका छन । यस्तै प्रदेश ‘क’ मा पनि दुई ...
कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ कार्तिक ३० : नेपाली कांग्रेस खोटाङ जिल्ला सभापतिमा चार जनाको भिडन्त हुने देखिएको छ । नेपाली कांग्रेस खोटाङको जिल्ला नेतृत्व गर्न चार जनाले सभापतिमा उम्मेद्वारी दिएसँगै जिल्ला अधिवेशनमा चार जनाको भिडन्त हुने पक्का जस्तै भएको छ । नेपाली कांग्रेस खोटाङको अधिवेशन मंसिर ६ गते हुँदैछ । अधिवेशन आफ्नो पक्षमा पार्नको लागी यतिबेला कांग्रेसका नेता कार्यकर्ता गाउँगाउँमा पुगेका छन । सातौँ जिल्ला अधिवेशनमा जिल्ला तहको नेतृत्वका लागि कांग्रेस पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको समूह नै घोषणा भएको छ । राईको समूहबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको छ । यस्तै सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारालाई उम्मेद्वार बनाइएको छ । यस्तै, पुर्व राज्यमन्त्री सर्वधन राईले जिल्ला सभापतिमा आफ्नो उम्मेद्वा...
अनेरास्ववियु (क्रान्तिकारी) खोटाङको दोस्रो पुर्ण बैठक सम्पन्न, के के भए निर्णय ?

अनेरास्ववियु (क्रान्तिकारी) खोटाङको दोस्रो पुर्ण बैठक सम्पन्न, के के भए निर्णय ?

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ कार्तिक २७ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) बिद्यार्थी संगठन खोटाङको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी सेक्रेटरी जीवन राईको प्रमुख आतिथ्यता, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य नतासा सुबेदिको बिशेष आतिथ्यता र जिल्ला पार्टी सदस्य सुदिप शर्मा लगाएतका नेता कार्यकर्ताको उपस्थितीमा दोस्रो पुर्ण बैठक सम्पन्न भएको अनेरास्ववियु (क्रान्तिकारी) खोटाङले जनाएको छ ।  बैठकको अध्यक्षता अनेरास्ववियु (क्रान्तिकारी) खोटाङका अध्यक्ष निराजन किरातीले गर्नु भएको थियो । किरातीले भर्खरै खोटाङ, सोलुखुम्बु र भोजपुर गरी तीन जिल्ला इन्चार्जको जिम्मेवारी समेत पाउनु भएको छ । हलेसीमा आज सम्मपन्न दोस्रो पुर्ण बैठकले नयाँ बाकि इकाई सम्मेलन चाडै गर्ने, पार्टीको सांगठनिक अभियानहरु सञ्चालन गर्दै लाने, बैचारिक प्रशिक्षण गर्ने निर्णय गरेको अखिल (क्रान...
खोटाङमा ५ सय बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

खोटाङमा ५ सय बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खेतबारीमा उम्रिएको लागु औषध (गाँजा) प्रहरीले नष्ट गरेको छ । नगरपालिकाको वडा नम्बर ५ दुर्छिम राबु स्थीत करीब २ रोपानी क्षेत्रफल जग्गामा रहेको ५ सय भन्दा बढी गाँजाको बोट नष्ट गरिएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ । सामाजिक अपराधलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न गस्तिलाई तिब्रता गर्दै लैजाने क्रममा आज इलाका प्रहरी कार्यलय हलेसीकाका प्रमुख एवं प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा नष्ट गरेको कार्यलयले जनाएको छ ।...
खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २३ : कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित खोटाङका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप १० हजार रुपैयाँ पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेसँगै जिल्लाका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप उक्त रकम पाउने भएका हुन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका ६ सय २ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ सय ३७ अति विपन्न परिवारले राहत रकम पाउने राजपत्रमा उल्लेख छ । यस्तै साकेला गाउँपालिकाका १९३, दिप्रुङ चुइचुम्मा गाउँपालिकका ३ सय ३८, खोटेहाङ गाउँपालिकाका ४ सय १७, जन्तेढुङ्गा गाउँपालिकाका ३ सय ५ र वराहपोखरी गाउँपालिकाका २ सय ४७ परिवारले राहत रकम पाउने भएका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटले कोरोनाबाट प्रभावित अ...
जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न के गर्ने ?

जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न के गर्ने ?

Banner News 2, ताजा अपडेट, समाज
जाडो याम सुरु भएसँगै मौसममा आउने परिवर्तनका कारण स्वास्थ्य समस्या देखिने भन्दै खानपानमा ध्यान दिन डाक्टरले  ‍सुझाव दिएका  छन् । अहिले ज्वरो र रुघाखोकीको समस्या बढ्दै गएको छ । राइनो भाइरस कुनै सङ्क्रमित व्यक्तिले खोक्दा ,बोल्दा, हाछ्यु गर्दा हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । जाडोमा यी भाइरस बढी सक्रिय रहने जनरल फिजिसियन डा. लोचन कार्कीले बताउनुभयो । यो भाइरसले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । रुघाखोकीलाई सामान्य रूपमा सोचेर बेवास्ता गरे निमोनिया पनि हुन सक्ने डाक्टर कार्कीले बताउनुभयो ।  डाक्टरका अनुसार जाडो याममा बालबालिका र ज्येष्ठ नागरिक निमोनियाको उच्च जोखिममा हुन्छन् । याे बेला पिनासका बिरामी पनि बढी भेटिन्छन् । नाकको छेउमा हावाले भरिएको ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकी त्यहीँ ठाउँमा बस्छ । यसरी पानी भरिएपछि नै पिन...
हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको नगर स्तरीय कार्यलय स्थापना

हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको नगर स्तरीय कार्यलय स्थापना

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ कार्तिक १३ गते : जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसले नगर स्तरीय कार्यलय स्थापना गरेको छ । नेपाली कांग्रेसका क्षेत्रिय सभापती एवं हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईको प्रमुख आतिथ्यमा आज (शनिबार) एक कार्यक्रमका बिच कार्यलय स्थापना गरिएको नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको ५ नम्बर वडा दुर्छिममा कार्यलय स्थापनासँगै नगर कार्य समितिको पहिलो पुर्ण बैठक पनि सम्पन्न भएको नगर कार्य समितिका सचिव कमल गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार नगर कार्य समिति र नगरपालिका भित्रका ११ वटै वडाका सभापतीहरुहरुलाई कांग्रेसका स्थानीय नेता कार्यक्रताले दोसल्ला लगाएर कार्य सफलताको शुभकामना पनि दिएका छन । यस्तै कार्यलय स्थापना कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा दर्जनौँ नेता कार्यक्रता प्रवेश गरेको नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिका...
बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ हेक्टरको अन्नबालीमा क्षति

बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ हेक्टरको अन्नबालीमा क्षति

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का/११ कात्तिक, खोटाङ । असोज ३१ देखि कात्तिक २ गतेसम्म भएको बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ दशमलव ९६ हेक्टर क्षेत्रफलको अन्नबालीमा क्षति पुगेको छ । स्थानीय तहका कृषि शाखाले ढिला गरी उपलब्ध गराएको विवरणका आधारमा सो क्षति पुगेको देखिएको कृषि ज्ञान केन्द्र खोटाङले जनााएको छ । बेमौसमी वर्षाले जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति पु-याएको छ । १२ हजार ८ सय ९८ हेक्टरमा लगाइएको धानमध्ये ५ हजार ५ सय २२ दशमलव ६२ हेक्टरमा क्षति पुगेको केन्द्रका प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । यसैगरी २१ हजार ३ सय १५ हेक्टरमा लगाइएको कोदो बालीमध्ये २१ सय ७३ दशमलव ७९ हेक्टरमा क्षति पुगेको छ । ७ दशमलव ५ हेक्टरमा लगाइएको मकै, ३ हेक्टरमा लगाइएको जुनेलो, १ दशमलव ०५ हेक्टरमा लगाइएको फापर र १ हेक्टरमा लगाइएको गहतमा क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । बेमौसमी वर्षाले जिल्लामा लगाइएको तरकारी त...
एमाले पालिका अधिवेशन : खोटाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

एमाले पालिका अधिवेशन : खोटाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
कार्तिक १०, खोटाङ । खोटाङका सबै पालिकामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुंगो लगाएको हो । एमाले खोटाङका अनुसार दुई नगरपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र सचिवमा चित्रकुमार राई साथै हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ र सचिवमा प्रमोद श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । यस्तै आठ गाउँपालिकामध्ये केपिलासगढीको अध्यक्षमा खगेन्द्र राइ, सचिवमा नारायण राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, सचिवमा माधव राई, रावाबेँसीको अध्यक्षमा बलराम रिजाल, सचिवमा यज्ञनारायण श्रेष्ठ (राजु) सर्वसम्मत चयन हुनुभएको नेकपा एमाले खोटाङले जनाएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँ कमिटिको अध्यक्षमा कृष्ण कार्की, सचिवमा मनोज राई, साकेला गाउँ कमिटिको ...
लिच्कीराम्चेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी वाईसीएल नेपाल टेम्मालाई

लिच्कीराम्चेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी वाईसीएल नेपाल टेम्मालाई

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ कार्तिक ९ गते : खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेमा सम्पन्न खुल्ला वडा स्तरीय भलिबल प्रचियोगिताको उपाधी वाईसीएल नेपाल दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्माले जितेको छ । लिच्कीराम्चे खेलकुद समितिले दशै तिहार चाडको अवसरमा आयोजना गरेको प्रतियोगिताको उपाधी आज दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुलाई हराउदै वाईसीएल नेपालले जितेको हो । १५ समुह सहभागि भलिबल प्रतियोगिता आईतबार नेकपा एमालेका संसदिय दलका प्रमुख सचेतक एवं खोटाङका संघिय सांसद बिशाल भट्टराईले उद्धघाटन गर्नु भएको थियो । उपाधी जितेसँगै वाईसीएल नेपालले रु ५१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुले रु ३१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, खोटेहाङ गाउँपालिका २ वाप्लुखालाई हराउदै तेस्रो भएको आयोजक लिच्कीराम्चेले रु २१ हजार नगदक...