रावाबेसी क्षेत्रमा नेटवर्कको चरम समस्या, टावर बन्यो सञ्चालनमा आएन
खोटाङ भदौ १७ गते : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा समस्या भएको स्थानीयले बताएका छन । गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिड्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
गाउँपालिकाको वडा नम्बर २ खार्पा र वडा नम्बर ५ दुबेकोलमा टेलीकमको टावार निर्माण भएको दुई बर्ष पुग्नै लाग्दा पनि हाल सम्म सञ्चालनमा नआएको स्थानीय बिष्णु उपरकोटीले बताउँनु भयो । घरबाट टेलीकमको टावार देखिन थालेको दुई बर्ष भयो तर आज सम्म मोबाईलमा नेटवर्कले प्रवेश नगरेकोे अर्का स्थानीय जीनब तामाङको भनाई छ ।
गाउँपालिकाको कार्यलयमा नेटवर्क नआउँदा सेवा प्रभाहमा समेत समस्या भएको प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । अतिआवश्यक काम पर्दा फोन गर्नको लागि कार्यलय छाडेर डाँडा तीर निस्कनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ...









