रुखबाट झरेको पात चराहरुले टिपेर फाल्ने खोटाङको पञ्चकन्या पोखरी
राजकुमार सरगम (भट्टराई)
खोटाङ, असार २८ । खोटाङको पञ्चकन्या पोखरी, कतिले देखेको हो, कतिले सुनेको हो भने कतिले नसुनेको नाम हो । यो पोखरी खोटाङको सुदूर दक्षिणी भेग जन्तेढुंगा गाउँपालिका–१ देविस्थानमा पर्छ । सुनकोसी र बुँवा खोलाको संगमस्थल नजिकै रहेको पञ्चकन्या पोखरीले भर्खरै मात्र पुनर्जीवन पाएको हो ।
खोटाङको तराई भनेर चिनिने मैनटार गाउँ नजिकै रहेको यो पोखरी वि.स. २०४१ सालमा बुँवा खोलामा आएको बाढीले पुरिदिएको थियो । दैनिक दर्शनार्थी आइरहने पञ्चकन्या पोखरी एकाएक बगरमा परिणत भयो । त्यसपछि स्थानीयले खेल मैदानमा प्रयोग गर्न थाले । खेल मैदान बनेको पञ्चकन्या पोखरीले लामो समय पछि पुनर्जीवन पाएको छ । जन्तेढुंगा गाउँपालिकाले केही वर्ष अगाडि पोखरीको पुनर्निर्माण गरेको हो । पोखरीको पुनर्निर्माणसँगै अहिले फाट्टफुट्ट दर्शनार्थीहरु आउने गरेको स्थानीय रिपुधन तामाङ बताउनुहुन्छ । पोखरीको नजिकै मन्दिर पनि नि...









