Monday, August 31News That Matters

Banner News 3

बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेको वडा

बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेको वडा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेका छन् । उक्त वडाको वडाध्यक्ष हेमन राई र वडा सचिव नमी राई दाजु बहिनी हुन् । बहिनी नमी यस अघि भोजपुरको टेम्केमैयुङ गाउँपालिका कार्यरत हुँदा यता वर्तमान वडाध्यक्ष दाई हेमन वडा सदस्य थिए । वि.स. २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वडा सदस्य जितेका राई ०७९ मा भएको स्थानीय तहको दोस्रो चुनावमा वडाध्यक्ष भए । केही समय पछि बहिनी नमी राईको सरुवा साकेला गाउँपालिकामा भयो । बाँझेच्यानडाँडा अर्थात दाई हेमन वडाध्यक्ष भएकै वडाको सचिवको जिम्मा नमीको काँधमा आयो । अहिले दाई वडाध्यक्ष र बहिनी वडा सचिव भएर वडा कार्यालय हाँकिरहेका छन् । ३ छोरा र ४ छोरी रहेको परिवारमा वडाध्यक्ष हेमन जेठा छोरा हुन् । वडा सचिवकोरुपमा कार्यरत नमी माइली छोरी हुन् । ठुला छैनन् सपना तर महत्वपुर्ण छन् सदस्यबाट वडाध्यक्षमा अपग्रेड भएका राई ठुला सपना न...
खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधापानीका ६४ वर्षिय बिर्ख बहादुर गुरुङको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रकार साँझ आहालेस्थित आफ्नै घर नजिकको भिरबाट हिड्दै गर्दा लडेका गुरुङ गम्भीर घाइते भएका थिए । करीब २०० मिटर अग्लो भिरबाट लडेर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउदै गर्दा कुभिण्डे वडा कार्यालय नजिक बाटैमा मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक गुरुङको शव शुक्रबार राती नै ऐँसेलुखर्क लगेर शनिबार बिहान पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बेनु कुमार कार्कीले बताउनुभयो ।...
सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि विद्यालयमा सचेतना

सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि विद्यालयमा सचेतना

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २० । खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यालयमा सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि विद्यालयमा सचेतना कार्यक्रम गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सुङदेलको सुर्य माध्यमिक बिद्यालयमा सुर्तिजन्य पदार्थको सेवनलाई न्युनिकरण गर्न सचेतना कार्यक्रम गरेको हो । युवा, महिला तथा बालबालिका अवस्थाका नागरिकहरुलाई सुर्तिजन्य पदार्थको प्रयोग गर्नबाट बचाउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा वडा सदस्यहरु, माविका प्रधानाध्यापक, शिक्षक, विधार्थी तथा समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रमुख÷प्रतिनिधि, बाल क्लवका प्रतिनिधि लगायत गरी सय जनाको सहभागिता थियो । सचेतना कार्यक्रमलाई स्वास्थ्य संयोजक शिव कुमार राई, हेल्थ असिस्टेन्ट चुडामणी जैसी र अहेव रामप्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो । सुर्तिजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोका...
एमाले खोटाङको नयाँ सुरुवात : जिल्ला कमिटिको बैठक गाउँ गाउँमा

एमाले खोटाङको नयाँ सुरुवात : जिल्ला कमिटिको बैठक गाउँ गाउँमा

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, माघ १८ । देशमा एकात्मक ब्यवस्थाको समाप्ति पश्चात संघीय शासन पद्धती अनुसार गाउँ गाउँमा सिंहदरबार पु¥याउने प्रयत्न गरिएको छ । तर अझै पनि कतिपय स–साना काम लिएर नागरिकहरु जिल्ला सदरमुकाम नै धाउनु पर्ने बाध्यता छ । यस को अर्थ संघीयता कार्यन्वयनको पाटो मै छ भन्न सकिन्छ । संघीयताको खास अर्थ शक्ति विकेन्द्रीकरण नै हो । संघीयता कार्यन्वयनको लागि शासनको शक्ति मात्र हैन विकेन्द्रीकरण यहाँ हरेक शक्तिहरुको हुन आवश्यक छ । सोही अनुसार नेकपा एमाले खोटाङले एउटा नयाँ कामको सुरुवात गरेको छ । जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको जिल्ला कमिटिको बैठक अब एमालेले गाउँ गाउँमा गएर बस्ने छ । जसको सुरुवात जिल्ला कमिटिको सातौँ बैठक बराहपोखरीमा राखेर गरेको छ । यसरी नै आगामि अन्य जिल्ला कमिटिको बैठक पनि जिल्लाका विभिन्न गाउँमा गएर गर्ने एमाले खोटाङका अध्यक्ष राम प्रसाद दंगालले बताउनुभयो । ‘राजनीतिक दल शहर बजार ...
हलेसी तुवाचुङ : घरमै पुगेर पाठेघरको उपचार, ३२ जनाको निःशुल्क शल्यक्रिया गरिदै

हलेसी तुवाचुङ : घरमै पुगेर पाठेघरको उपचार, ३२ जनाको निःशुल्क शल्यक्रिया गरिदै

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका आमाहरुको घरमै पुगेर उपचार गरिदिएको छ । पाठेघरको रोग पहिचान र उपचारका लागि माघ १ देखि ९ गतेसम्म नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । नगरपालिका भरीका ३२ जनाको पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँहरुको नगरपालिकाले आफ्नै खर्चमा निःशुल्क शल्याक्रिया गरिदिने भएको छ । नगरपालिकाले नौ दिन घरघरमापुगेर पाठेघरको परीक्षण तथा उपचार गर्दा २२५ जनाले सेवा लिएका छन् । जसमध्ये ३२ जनाको जटिल अवस्थामा पुगेकाले शल्यक्रियामार्फत उपचार गर्नुपर्ने देखिएको हो । तत्कालै १०६ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको छ । १०४ जना महिलाको पिआइडी(पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार) गरिएको छ । आवश्यकता अनुसार औषधि वितरण र परामर्श दिइएको संयोजक घिम...
हलेसी मन्दिरमा चोरी, सिसिटिभी फुटेजका आधारमा समातिए चोर

हलेसी मन्दिरमा चोरी, सिसिटिभी फुटेजका आधारमा समातिए चोर

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १६ । त्रि–धार्मिक स्थल हलेसी मन्दिरमा चोरी भएको छ । मन्दिरको पार्वतीथानमा रहेको दानपेटिबाट चोरी गरेर भाग्दै गर्दा एक ब्यक्तिलाई प्रहरीले पक्राउसमेतर गरेको छ । पक्राउ पर्नेमा इलामको सातखरा नगरपालिका–८ का ३६ वर्षीय रुपेश राई रहेका छन् । आइतबार राती करीब ८ः१५ बजेको समयमा दानपेटिका फुटाएर राईले चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ । सोही फुटेजको आधारमा भाग्दै गरेका राईलाई च्यास्मिटार प्रहरी चौकीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनुकुमार कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले बताउनुभयो । दिउँसो सोही मन्दिर वरीपरी घुमिरहेका राईले कोही नभएको रातको समय पारेर रडको प्रयोग गरी दानबाकस फुटाएर चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष...
खोटाङ : बेपत्ता भएको साढे दुई महिना पछि कांग्रेसका वडा सचिव मृत भेटिए

खोटाङ : बेपत्ता भएको साढे दुई महिना पछि कांग्रेसका वडा सचिव मृत भेटिए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १६ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक ब्यक्ति बेपत्ता भएको साढे दुई महिना पछि मृत भेटिएका छन् । नेपाली कांग्रेसको डाँडागाउँ वडाको वडा सचिवसमेत रहेका धुर्वजित राई आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनि गत कात्तिक २८ गतेबाट बेपत्ता भएका थिए । श्रीमती घरमा नभएको बेला गाईबस्तुलाई घाँस लगाउन छोराछोरीलाई अराउदै कात्तिक २८ गते बिहान करीब ६ बजे राई घरबाट हिडेका थिए । तर घर नफर्किपछि खोजीगर्न प्रहरीमा उजुरीसमेत दिएको मृतक राईका भाई दिलभत्त राईले बताउनुभयो । साढे दुई महिनादेखि बेपत्ता भएका राई सोही पालिकाको वडा नम्बर एक याम्खाको सिरान भस्मे मुनीको तारेभिरमा झुण्डिएको तर टाउँको मात्र बाकी रहेको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनुकुमार कार्कीले जानकारी दिनुभयो । रुख कटान गरिरहेका केही ब्यक्तिले बादर खेदाउदै जाने...

जापानी र नेपाली मेयरबीच मौलिक संस्कृति, झल्काउने उपहार आदान प्रदान

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १३ । जापान भ्रमणमा जानुभएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका मेयर ओखावा हिदेकोसँग बिहीबार औपचारिक भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप मेयर भट्टराईले हस्तान्तरण गर्नुभएको हो । समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित् वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डाअंकित लगायतका उपहार तोचिगी नगरका मेयर हिदेकालाई हस्तान्तरण गर्नुभएको छ । जापानकोतर्फबाट तोचिगीका मेयर हिदेकाले त्यहाँको उच्च सम्मान अनुसार प्रदान गरिने अंगुरबाट बनेको प्लेट, स्थानीय हस्तलिपिबाट बनेको पंखा उपहारस्वरुप मेयर भट्टराईलाई हस्तान्तरण गर्नुभएको बताइएको छ । मेयर भट्टराईले तोचिगी नगरका मेयर सामु ‘नेपाल र जापानको घनिष्ठ र मित्रवत सम्वन्ध अमर बनाउन...
समयमा विद्यालय नआउने शिक्षकमाथी नगरपालिका एक्सनमा, पाँच दिन पछि ताला खुल्यो

समयमा विद्यालय नआउने शिक्षकमाथी नगरपालिका एक्सनमा, पाँच दिन पछि ताला खुल्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा लगाइएको ताला पाँच दिन पछि खुलेको छ । प्रधानाध्यापक रामदेव यादबको लापारबाहीसँगै शिक्षक समयमा उपस्थित नभएको भन्दै विद्यार्थीले बिहिबार विद्यालयमा ताला लगाएका थिए । ताला लगाएको पाँच दिन पछि सोमबार खुलाएर पठनपाठन सुरु भएको छ । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम बहादुर कार्की, वडाध्यक्ष अनिश कार्की लगायतको समुहले विद्यालयमा लगाइएको ताला खोलेको हो । संयोजक राई, शाखा प्रमुख कार्की, वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभाबक संघ, अभिभाबक लगायत सरोकारवाला निकायको छलफलले विद्यालयको ताला खोलेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । हिउदे विदा सकिएर माघ ३ गतेबाट विदालय सञ्चालनमा आएपनि प्रधानाध्यापक यादबसहित पाँच जना शिक्षक माघ पाँच गतेसम्म उपस्थित न...
खोटाङ : शंकास्पद अवस्थामा मृत भेटिएकी रञ्जिताको हत्या आशंकामा एक ब्यक्ति पक्राउ

खोटाङ : शंकास्पद अवस्थामा मृत भेटिएकी रञ्जिताको हत्या आशंकामा एक ब्यक्ति पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया रञ्जिता दाहालको हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माघ १ गते विद्यालय गएर घर फर्किनेक्रममा बेपत्ता बनेकी रञ्जिता माघ २ गते घर नजिकै मृत फेला परेकी थिइन् । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले रावा बेसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त विश्वकर्मालाई पक्राउ गरेको हो । दुबेकोलका विश्वकर्मा हाल मृतक बालिकाको घर नजिकै काभ्रेमै बस्दै आएका छन् । स्थानीय र बालिकासँग विद्यालयबाट फर्किने साथीले दिएको जानकारी अनुसार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । विश्वकर्मालाई ज्यान सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पर्शुराम राईले बताउनुभयो । महादेवस्थानस्थित महेन्द्रद्धोय माध्यमिक वि...