Monday, August 31News That Matters

Banner News 3

दिक्तेल नगरको अभियान : डेंगुबाट बच्न लामखुट्टेको लार्भा खोज्दै नष्ट गर्दै

दिक्तेल नगरको अभियान : डेंगुबाट बच्न लामखुट्टेको लार्भा खोज्दै नष्ट गर्दै

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज ४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालसमेतको सहकार्यमा स्वास्थ्य शाखाले मंगलबार दिक्तेल बजारमा लार्भा खोज्दै नष्ट गर्ने कार्य गरेको छ । नगर प्रमुख तिर्थराज भट्टराई, जिल्ला अस्पतालका प्रमुख डाक्टर नितु लामा, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाइ लगायत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा बजार भित्र लार्भा खोज्दै नष्ट गर्ने र डेंगुबाट बच्ने चेतना नागरिकलाई दिदै बजार परिक्रमा गरिएको नगरका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो । ‘दिक्तेल बजारका हरेक घरमा पुगेर आज हामीले डेंगुका लार्भा खोज्दै नष्ट गर्ने काम गर्यौ । साथै डेंगुबाट कसरी बच्न सकिन्छ भनेर नगरिकहरुलाई भन्यौँ । बिशेषगरी पानी जम्न नदिन भन्यौँ ।’ आचार्याले भन्नुभयो...
गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण

गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण

Banner News 3, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज ४ । खोटाङमा जन्मनुभएकी गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्दा गायिका राईको नाम पनि समावेश भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो । विभूषित हुने व्यक्तित्वमा गायिका राईसहित अन्य कलाकारहरुसमेत छन् । राष्ट्रपतिबाट विभूषण हुनुभएकी गायिका राई खोटाङको ऐँसेलुखर्क गाउँपालिका–७ माक्पा लेवामा जन्मनुभएको हो । इन्टरनेटैमा, आइडिकार्डैले, तिमि मसँग नबोल्ने अरे, खोटाङ हलेसी, ढडिया थापिदेउ साईला लगायतका गीतहरु गयिका राईको चर्चित छन् । विभूषित हुने कला...
संविधान दिवसको अवसरमा खोटाङका ५ जना कैदी–बन्दी रिहा

संविधान दिवसको अवसरमा खोटाङका ५ जना कैदी–बन्दी रिहा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ३ । संविधान दिवसका अवसरमा खोटाङ कारागारबाट ५ कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराध मुुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा ५ पुरुषको कैद मिनाहा भएको निमित्त जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुुभयो । रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका भक्तबहादुर राई र रत्नबहादुर थापा रहेका छन् । यस्तै, ज्यान मार्ने उद्योगका धनबहादुर राई, हातहतिया मुद्दाका मनकाजी राई र सवारी ज्यान मुुद्दाका भविन बस्नेत रहेका आचार्यले बताउनुभयो । संविधान दिवसको अवसरमा खोटाङका ५ सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा र २१ जनाको सजाय माफी गर्नुभएको हो ।...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा खोटाङका ५३ वटा विद्यालय छनोट : कुन–कुन परे हेर्नुहोस्

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा खोटाङका ५३ वटा विद्यालय छनोट : कुन–कुन परे हेर्नुहोस्

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलायको भदौ २९ गते बुधबारको निर्णय अनुसार मन्त्री स्तरबाट छनोट भएका विद्यालय मध्ये जिल्लाका ५३ विद्यालय परेका छन् । ऐसेलुखर्क गाउँपालिकाका ६ वटा विद्यालय छनोट भएका छन् । २ वटा ४ कोठे भवन, २ वटा २ कोठे भवन र २ वटा आइसिटिकोलागि छनोट भएका हुन् । रावा बेसी गाउँपालिकामा ४ कोठे १, २ कोठे १ र आइसिटि २ गरी ४ वटा भवन छनोट भएका छन् । खोटेहाङ गाउँपालिकामा ४ कोठे १, २ कोठे ३ र आइसिटि २ गरी ६ वटा विद्यालय परेका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका ४ कोठे १, २ कोठे २ र आइसिटि ३ गरी ६ वटा भवन परेका छन् । जन्तेढुंगा गाउँपालिकामा ४ कोठे १, २ कोठे १ र आइसिटि २ गरी ४ वटा भवन छनोट भएका छन् । बराहपोखरी गाउँपालिकामा ४ कोठे १, २ कोठे २ र आइसिटि ३ गरी ६ वटा विद्यालय छनोट हुँदा केपि...
राजनीतिक प्रतिशोधले वडा कार्यालय एक सातादेखि बन्द, वडाले बुझायो नगरलाई चाबी

राजनीतिक प्रतिशोधले वडा कार्यालय एक सातादेखि बन्द, वडाले बुझायो नगरलाई चाबी

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ३१ । राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय एक सातादेखि बन्द रहेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले गत शुक्रबारदेखि वडाको सम्पूर्ण सेवा बन्द गर्दै वडा कार्यालयमा ताला लगाएका छन् । वडाका जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित हुन् भने गठबन्धनबाट कांग्रेसका तिर्थराज भट्टराई नगर प्रमुख र माओवादीका विसन राई उपप्रमुखमा निर्वाचित हुनुभएको हो । फरक राजनीनितक दल भएकै कारण नगरपालिकाले वडाका सबै कामकाजमा हस्तक्षेप गरेको वडाका जनप्रतिनिधिको आरोप छ । नगरपालिकाले भने वडामा भएका योजनाहरु गुणस्तरहिन भएका कारण भुक्तानी रोकिएको तर कुनै हस्तक्षेप नभएको जनाएको छ । नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक विसन राईले कुनै परिक्षण नगरी योजना गुणस्तरहिन रह...
खोटाङमा १६ जनामा डेंगु र २ जनामा स्क्रब टाइफस, रोकथामकालागि सरोकार निकायहरुको अन्तरक्रिया

खोटाङमा १६ जनामा डेंगु र २ जनामा स्क्रब टाइफस, रोकथामकालागि सरोकार निकायहरुको अन्तरक्रिया

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ३० । खोटाङमा डेंगु र स्क्रब टाइफसका बिरामी देखा पर्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालय खोटाङले रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । कार्यालयले रोकथामकालागि बिहिबार (आज) सरोकार निकायसँग अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्लामा बुधबारसम्म १६ जना डेंगुका र दुई जना स्क्रब टाइफसका बिरामी देखिएका छन् । दैनिक प्रायः डेंगुका बिरामी अस्पताल आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । जिल्लामा अन्य व्यक्तिमा पनि डेंगु र स्क्रब टाइफस हुनसक्ने भएकाले त्यस्ता व्यक्तिको पहिचान गरेर उपचार गर्ने र उक्त रोगबाट कसरी बच्न सकिन्छ भनेर सरोकार निकायसँग अन्तरक्रिया गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबाहदुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट...
रावा बेसी : कल्लेरी पहिरो रुभुङवासीको वर्षेनी समस्या, समाधान खोज्दै गाउँपालिका

रावा बेसी : कल्लेरी पहिरो रुभुङवासीको वर्षेनी समस्या, समाधान खोज्दै गाउँपालिका

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २९ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित कल्लेरी खोलामा पहिरो जादा आवतजावतमा समस्या भएको छ । पहिरोले खार्पा गा.वि.सको साविक १ नम्बर वडा रुभुङ गाउँका नागरिकलाई विद्यालय र वडा कार्यालयसम्म आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । लामो समयदेखि वर्षेनी बगिरहने कल्लेरी खोलाको पहिरोले बर्खाको समयमा रुभुङवासीलाई दुःख दिदैआएको छ । अघिल्ला वर्षहरु भन्दा यो वर्ष कल्लेरीमा ठुलो बाढी आउनुका साथै पहिरोले पनि क्षेत्र बढाएपछि रुभुङवासीलाई आवतजावतमा कठिन भएको स्थानीय उदिम चाम्लिङले बताउनुभयो । ‘खार्पाको वडा कार्यालय र शारदा माध्यमिक विद्यालय नजिकै पर्छ जहाँ पुग्न रुभुङवासीले कल्लेरी खोलाको पहिरो पार गर्नुपर्छ ।’ चाम्लिङले भन्नुभयो । करीब १०० मिटर क्षेत्रमा गएको पहिरो पानी परेको समयमा प्रायः बगिरहन्छ । जसले गर्दा विशेषगरी विद्यार्थीलाई विद्यालय आउन र जान समस्या भएको छ । विद्यार्थीहरु जोखिम ...
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को टप ९ मा खोटाङका राजेश राई

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को टप ९ मा खोटाङका राजेश राई

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मल्टिमिडिया, स्थानीय
खोटाङ, भदौ २८ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राईले प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्म टप ९ घोषणा हुँदा राई पनि पर्न सफल भएका छन् । प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको टप ८ कालागि भोटिङ खुल्ला भइसकेको छ । राईलाई टप ८ मा पु¥याउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए । टप ८ कालागि आगामी आइतबार राती १२ बजेसम्म भोट गर्न मिल्नेगरी गत आइतबारबाट भोटिङ लाइन खुल्ला भइसकेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–८ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा ...
जथाभावी तारैतारले कुरुप बन्यो दिक्तेल बजार

जथाभावी तारैतारले कुरुप बन्यो दिक्तेल बजार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २६ । जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजार कुरुप बन्दै गएको छ । जथाभावी बिछ्याइएको तारले बजार क्षेत्र कुरुप देखिन थालेको हो । बजारको बिचमा विद्युतका पोलहरु गाडिएका छन् । सोही पोलबाट विद्युतको तार, नेपाल टेलिकमका तार र विभिन्न नेटका तारहरु छरपस्ट तरिकाले टागिएका छन् । जसले गर्दा दिक्तेल बजारको रुप हराउदै गएको छ । बजार क्षेत्र रत्नपार्क (किराँत चोक) देखि हाडडाँडा सम्म नै जथाभावी तारहरु टागिएका छन् । कतिपय ठाउँमा तारले तल सडकसम्म छुन लागेकाले सवारी साधन आवतजावतदेखि सडकमा काम गर्नसमेत समस्या भएको स्थानीय विशाल राउत बताउनुहुन्छ । ‘यता हेर्यो तार, उता हेर्यो तार, यसले दिक्तेल बजारको सुन्दरतामा ह्रास आएको छ । यसको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस् ।’ अर्का स्थानीय गुनराज सैजुले भन्नुभयो । छरपस्ट तारको बोझले कतिपय विद्युतका पोलहरु बांगि...
कर्मचारी बिरामी हुँदा जिल्ला अस्पतालमा शल्यक्रियामार्फत डेलिभरी गराउन बन्द

कर्मचारी बिरामी हुँदा जिल्ला अस्पतालमा शल्यक्रियामार्फत डेलिभरी गराउन बन्द

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २६ । जिल्ला अस्पताल दिक्तेलमा शल्यक्रियामार्फत डेलिभरी गराउने सेवा बन्द भएको छ । कर्मचारी बिरामी भएर विदामा बसेकाले शल्यक्रियामार्फत डेलिभरी गराउने उपचार अनिश्चित समयकाकालागि बन्द गरिएको अस्पतालले सूचना प्रकाशान गरेर जनाएको छ । कार्यालयमा कार्यरत एनेस्थेसिया (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भई विदामा बसेको कारणले उक्त सेवा नै बन्द भएको अस्पतालको सूचनामा उल्लेख छ । जिल्ला अस्पतालमा डेलिभरीका बिरामीहरु दैनिकजसो आउने गरेका छन् । कतिपय गर्भवती महिलाहरुमा विभिन्न समस्याले डेलिभरि गर्दा शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपनि उपचार सेवा नै बन्द हुँदा नागरिक मारमा पर्ने देखिन्छ । अस्पतालमा एनेस्थेसियाका कर्मचारी एक जना मात्र हुँदा समस्या भएको प्रमुख डक्टर नितु लामाले बताउनुभयो । ‘कर्मचारी एक जना मात्र हुनुहुन्छ, उहाँ बिरामी हुँदा करीब २० दिनदेखि एनेस्थेसियाका कर्म...