Monday, August 31News That Matters

Banner News 3

सिङ्गानेदेखि साम्सिङ भञ्ज्याङसम्मको मानेहरु पुनर्निमाण गरिने

सिङ्गानेदेखि साम्सिङ भञ्ज्याङसम्मको मानेहरु पुनर्निमाण गरिने

Banner News 3, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज
दावा जाङबु शेर्पा ओखलढुंगा, भदौ २५ । सिङ्गानेदेखि साम्सिङ भञ्ज्याङसम्मको मानेहरु पुनर्निमाण गरिने भएको छ । पिके सोलुखुम्बु टाप्टिङ्ग समाज सेवा काठमाडौंले उक्त क्षेत्रका मानेहरु पुनर्निमाण गर्ने जनाएको छ । सिङ्गानेदेखि साम्सिङ भञ्ज्याङको बिचमा पर्यटन मार्गमा पर्ने थुप्रै ऐतिहासिक धार्मिक महत्व बोकेका मानेहरु छन् । पुराना भएका कारण पछिल्लो समय उक्त मानेहरु जीर्ण भएका छन् । पुराना र जीर्ण मानेहरुको संरक्षणकालागि पुनर्निमाण गर्न लागिएको समाजका महासचिव अम्बर तामाङले जानकारी बताउनुभयो । माने बौद्ध धर्मावलम्बीहरुको धार्मिक आस्थाकोरुपमा मानिन्छ । माने निर्माण सामुहिक योगदानमा मानवको रक्षा र शान्तिको कामनासहित प्रायः सार्वजनिक ठाउँमा निर्माण गरिने चलन छ । साधारण भाषामा बुझ्दा एक प्रकारको चौतारी हो, जहाँ बौद्ध धर्मावलम्बीले घुमेर पुज्ने र विश्राम गर्ने गर्छन् । माने निर्माण गर्दा योगदान गर्नेहरु...
हृदयघातका कारण मुक्तककार राधा रमाको निधन

हृदयघातका कारण मुक्तककार राधा रमाको निधन

Banner News 3, कला, साहित्य, ताजा अपडेट, समाचार, समाज
भदौ २५ । मुक्तककार राधा रमाको निधन भएको छ । हृदयघातका कारण शनिबार बिहान राती ३ बजे काठमाडौंमा राधाको निधन भएको पारिवारिक स्रोतले बताएको छ । लामो समय देखि साहित्यको मुक्तक विद्यामा कलम चलाउने राधा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाको सदस्यसमेत हुनुहुन्थ्यो । एक चोटिलो मुक्तककारको निधनले समग्र मुक्तक विद्यालाई ठुलो चोट पुगेको प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले बताउनुभयो । उहाँले नेपाली भाषासाहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदान सधै अविष्मरणीय रहने पोखरेलको भनाइ छ । राधाका श्रीमानसहित २ छोरी र एक छोरा रहेका छन् ।...
एमाले खोटाङ : प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ जना, प्रदेशसभा ‘ख’ मा दंगाल सर्वसम्मत सिफारिस

एमाले खोटाङ : प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ जना, प्रदेशसभा ‘ख’ मा दंगाल सर्वसम्मत सिफारिस

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले आसन्न निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि शनिबार बसेको एमालेको जिल्ला कमिटिको बैठकले छलफल गरेर उम्मेद्वारका नाम प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ३ जनाको नाम नेपाली बर्णानुक्रमअनुसार सिफारिस गरेको जनाएको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, प्रदेश सदस्य देवन राई, प्रदेश सचिवालय सदस्य पाँचकर्ण राई, पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य रमेश पौडेल र प्रदेश सदस्य राजन प्रसाद ढकालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केन्द्रीय अनुशासन आयोग सदस्य कर्णबहादुर घले, जिल्ला कमिटि सचिवालय सदस्य रमेश परियार र जिल्ला कमिटि सदस्य राजकुमारी राई...
खोटाङ कांग्रेस : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस

खोटाङ कांग्रेस : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ भदौ १८ । खोटाङबाट नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरु सिफारिस गरेको छ । शनिबार बसेको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ सर्वधन राई, सुवासकुमार पोखरेल, भुपेन्द्र राई, हिरा गुरुङ, डा.राजकुमार राई, रोजन राई, रामप्रसाद आचार्य(आरपी) विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकको महिलातर्फ सरस्वती वजिमय र शान्तीदेवी राई तथा पुरुषतर्फ दिनेशकुमार राई, काशिनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्र कुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको छ ।...
आसन्न निर्वाचनमा खोटाङबाट कसले बाजी मार्ला ? यस्तो छ पार्टीहरुको अवस्था

आसन्न निर्वाचनमा खोटाङबाट कसले बाजी मार्ला ? यस्तो छ पार्टीहरुको अवस्था

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार सरगम खोटाङ, भदौ १५ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकीदै गर्दा केही नेता गाउँ पस्न थालेका छन् भने केही नेता सहर छिरेका छन् । चुनावको समयमा मात्र गाउँ आउनेहरु अहिले जनतालाई अनुहार देखाउन आइपुगेका छन् । गाउँमै बस्नेहरु टिकट आफ्नो पक्षमा पार्न ठुला नेता फकाउन सहर पसेका छन् । जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टी (एस)ले दुवै सभामा खोटाङबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारकालागि नाम सिफारिस गरिसकेको छ । तीन ठुला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले पनि उम्मेद्वारको नाम सिफारिस गर्ने तयारी गर्दै छ । केही समय अगाडि भएको स्थानीय तहको निर्वाचनले तताएको गाउँघर सेलाएको थियो । अहिले पुनः चोकमा, चिया पसलमा, चोतारोहरुमा निर्वाचनका कुराहरु हुन थालेका छन् । मानिसहरुको भेटघाट बाक्लीएको छ । राजनीतिक दलहरुले बैठक निरन्तर गरिरहेका छने भने मत आफ्नो पक्ष...
नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट (सूचीसहित)

नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट (सूचीसहित)

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ १३ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट भएका छन् । भदौ ५ देखि १० गतेसम्म दिक्तेलमा भएको छनोट प्रतियोगिताबाट १४ खेलकालागि १ सय ५८ जना खेलाडी छनोट भएका हुन् । व्यवस्थापन तथा अफिसियलमा ३० जना गरेर जिल्लाबाट प्रदेश छनोट प्रतियोगितामा १ सय ८८ जना जानेछन् । आठौँ राष्ट्रिय प्रतियोगीतामा १० खेलमा खोटाङबाट खेलाडी लगिएको थियो । यो वर्ष नवौँ प्रतियोगितामा ४ खेल थपिएको खेलाडी छनोट समितिका संयोजक सुमन राईले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीहरु अब प्रदेश स्तरीय खेलाडी छनोटमा भाग लिने छन् । प्रदेश छनोट प्रचियोगिता कुन–कुन जिल्लामा हुने भन्ने टुंगो लागिसकेको छैन् । यद्यपी कराते र बुद्धिचाल प्रतियोगिता खोटाङमा हुन सक्ने राईको भनाइ छ । भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा ४, तेक्वान्दोमा २२, टेबलटेनिसमा ४, फुटबलमा ३२, व्याडमिन्टनमा ७, भारोत्...
जसपा खोटाङको जिल्ला समिति फेरियो, निर्वाचनकालागि उम्मेद्वारको नाम सिफारिस

जसपा खोटाङको जिल्ला समिति फेरियो, निर्वाचनकालागि उम्मेद्वारको नाम सिफारिस

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ । जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा पुर्णराज राई (पि.के खम्बु) चयन हुनुभएको छ । तत्कालिन अध्यक्ष टंक थापा लगायतको समुहले पार्टी छाडेपछि उपाध्यक्ष राईलाई अध्यक्ष बनाएर नयाँ जिल्ला समन्वय समिति गठन गरिएको हो । तत्कालिन अध्यक्ष थापाले पार्टी परित्याग गरेपछि खम्बुको अध्यक्षतामा बसेको बैठकले पार्टीको यथार्थ अवस्था माथिल्लो कमिटीमा लेखी पठाएको र माथिल्लो समिति प्रदेश नम्बर १ समितिले उपाध्यक्षलाई नै अध्यक्षको जिम्मेवारी दिएको पत्रचार गरेपछि अध्यक्षको जिम्मेवारी खम्बुले पाउनुभएको हो । यस्तै, उपाध्यक्षमा नैनबहादुर कटवाल, निर्मल राई र मैया राई, सचिवमा सुनिल चाम्लिङ, उपसचिवमा टिकाराम राई, बिरेन्द्र दर्नाल, आशिस राई र कोषाध्यक्षमा नैनकला राई रहनेगरी ८७ सदस्सीय जिल्ला समन्वय समिति जसपाको जिल्ला बैठकले गठन गरेको छ । यता मुख्य सचिवबाट लेखि पठाएको पार्टीको कुनै पनि समितिमा नरहने गरी १७...
खोटाङ : एसबाट संघमा राजन राई, प्रदेशसभा ‘क’ मा ७ र ‘ख’ मा ८ जनाको नाम सिफारिस

खोटाङ : एसबाट संघमा राजन राई, प्रदेशसभा ‘क’ मा ७ र ‘ख’ मा ८ जनाको नाम सिफारिस

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १२ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि खोटाङबाट उम्मेदरका आकांक्षीहरुको नाम पठाएको छ । प्रतिनिधि सभाकालागि पार्टीका पोलिटव्युरो सदस्य राजन राईको नाम सिफारिस भएको छ । हाल प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्रीसमेत रहनुभएका राईलाई एसले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यस्तै प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस भएको पार्टीले जनाएको छ । जिल्लाको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । बीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल र तेजबहादुर राईको नाम प्रत्यक्षतर्फको उम्मेद्वारकालागि पाठाइएको छ भने समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ ८ ज...
अध्यक्षको मृत्यु पश्चात डेढ वर्षदेखि लालुपाते सहकारी बन्द, बचतकर्ताको रुवाबासी

अध्यक्षको मृत्यु पश्चात डेढ वर्षदेखि लालुपाते सहकारी बन्द, बचतकर्ताको रुवाबासी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम खोटाङ, भदौ ९ । खोटाङ सदरमुकाम दिक्तेलस्थित लालुपाते बहुद्देश्यीय सहकारी संस्था डेढ वर्षदेखि बन्द रहेको छ । सहकारी सञ्चालक समितिका अध्यक्ष अनिल कुमार जोसीको निधन पश्चात २०७८ बैशाखबाट सहकारी बन्द भएको हो । वि.स. २०७२ मङ्सिरमा दर्ता भएर सञ्चालनमा आएको सहकारी बन्द भएपछि बचतकर्ताहरु मारमा परेका छन् । ब्याजको आशमा लाखौँ रकम सहकारीमा जम्मा गरेका बचतकर्ताहरु हरेक दिन सहकारीको कार्यालयमा आउने गरेका छन्, तर सहकारीको कार्यालय प्रायः बन्द हुने गरेको उनिहरुको भनाइ छ । लालुपातेले आर्थिक वर्ष २०७६/ ०७७ को लेखापरीक्षण सहितको प्रतिवेदन प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा नबुझाएको भन्दै प्रदेश सहकारीले गत वर्ष असोज ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । त्यसपछि सञ्चालक समितिलाई बोलाएर छलफल पश्चात १ नम्बर प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले संस्थाका सञ्चालकको सम्पत्ति रोक्का राख्ने निर्...
एक पटक जानै पर्ने ठाउँ, प्राकृतिक सौन्दर्यले भरीपूर्ण साल्पा पोखरी

एक पटक जानै पर्ने ठाउँ, प्राकृतिक सौन्दर्यले भरीपूर्ण साल्पा पोखरी

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ९ । धार्मिक आस्थाको प्रतिक अनि प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल, जसको बारेमा सुनेपछि एक पटक जान मन लाग्ने स्थल हो साल्पा पोखरी । जुन खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा गरी चार जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल हो । चार जिल्लाको संगमस्थल भएपनि भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका साविकको दोभाने गाउँ विकास समितिमा साल्पा पोखरी पर्दछ । समुद्र सतहदेखि ३ हजार ४ सय ४३ मिटर उचाइमा रहेको साल्पा पोखरीमा चार जिल्लाबाटै जाने बाटाहरु रहेका छन् । खोटाङको सदरमुकाम दिक्तेलदेखि तालखर्क, मैयुङ डाँडा हुँदै मुन्दुम पदमार्गको बाटोबाट जान सकिन्छ भने सुङदेल हुँदै अर्को बाटोबाट पनि जान सकिन्छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर पनि जान सकिन्छ । भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गर्दै साल्पा पोखरी पुग...