Sunday, August 30News That Matters

Banner News 3

खोटाङमा जडिबुटीसहित ट्रक प्रहरीको नियन्त्रणमा

खोटाङमा जडिबुटीसहित ट्रक प्रहरीको नियन्त्रणमा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ ९ । खोटाङमा बिभिन्न जडिबुटीसहित ट्रकलाई प्रहरीले पक्राउ गरेको छ । हलेसी ट्राफिक चोकमा सवारीसाधन जाँच गर्नेक्रममा आज (सोमबार) साझँ ६ बजे जडिबुटी सहित ट्रकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोटाङबाट अन्यन्त्र जिल्ला जादै गरेको बागमती प्रदेश ०१–००६ ख ३३४७ नम्बरको ट्रकमा दरपीठ नभएको बिभिन्न जडिबुटीहरु फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । ट्रकसँगै, ट्रक चालक, सामान धनिलाई समेत पक्राउ गरी आवश्यक कारवाहिकालागी डिभिजन वन कार्यालय खोटाङमा पठाइएको प्रहरीले जनाएको छ ।...
हलेसीमा कांग्रेसविरुद्ध चारदलीय गठबन्धनको पनि पिताम चलेन, मेयरमा विमला, उपमेयरमा रमेश

हलेसीमा कांग्रेसविरुद्ध चारदलीय गठबन्धनको पनि पिताम चलेन, मेयरमा विमला, उपमेयरमा रमेश

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चारदलीय गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा विमला राई र उपप्रमुखमा रमेश राउत निर्वाचित भएका हुन्। विमलाले ६ हजार ३१७ मत पाउँदा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत ल्याए। खडेन्द्र नगरप्रमुखमा दोस्रोपटक पटक पराजित भएका हुन्। विमला यसअघि उपमेयरमा निर्वाचित भएकी थिइन्। खडेन्द्र यसअघि पनि कांग्रेसकै उम्मेदवार इवन राईसँग झण्डै ४ सय मतले पराजित भएका थिए। त्यतिबेला इवनले ४ हजार ३९७ मत र खडेन्द्रले ३ हजार ९९९ मत पाएका थिए। माओवादीका हरि गिरीले १ हजार ६८६ मत पाएका थिए। यसपटक माओवादीको समेत साथ पाउँदा पनि खडेन्द्र निवार्नचित हुन सकेनन्। विमलाले भने २०७४ सालमा सर्वाधिक मत पाएकी थिइन्। त्यतिबेला उनले ४ हजार ४८६ मत ल्याएर निर्वाचित भएकी थिइन्। यस्तै उपप्रमुखमा निर्वाचित राउतले ५ हजार ९३४ मत पाए। उनले माओवादीका अमेम्बर राईला...
खोटेहाङमा एमालेको गढ तोडियो, अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

खोटेहाङमा एमालेको गढ तोडियो, अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, जेठ ३ । एमालेको गढ मानिएको संघीय सांसद तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गत निर्वाचनमा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष दुुवै जितेकोमा यसपटक दुवैमा हार बेहोरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चारदलीय गठबन्धनबाट अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् । अध्यक्षमा विजयी उदिमले निकटतम प्रतिस्पर्धी एमालेकी कविता राईलाई ३८ मतले हराएका हुुन् । उदिमले ३७२८ मत ल्याएर विजयी हुँदा कविता ३६९० मत प्राप्त गरी पराजित भएकी छन् । अध्यक्षमा पराजित एमालेकी कविता यसअघि सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् । उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३७३७ र पराजित एमालेका राजन बञ्जाराले ३३१० मत ल्याएका छन् ।...
हौँचुरमा एमालेको किल्ला तोडियो, वडाध्यक्षमा कांग्रेसका चिरनजीवि कार्की विजयी

हौँचुरमा एमालेको किल्ला तोडियो, वडाध्यक्षमा कांग्रेसका चिरनजीवि कार्की विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरको वडाध्यक्षमा नेपाली कांग्रेसका चिरनजीव कार्की विजयी हुनुभएको छ । एमालेले आफ्नो किल्ला मान्ने हौँचुरमा कांग्रेस विजयी भएको हो । यस अघि भएका सबै निर्वाचनमा एमालेले जित्दै आएको थियो भने कांग्रेसले पहिलो पटक जितेको छ । वडाध्यक्षमा कांग्रेस र वडा सदस्यमा भने एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । वडाध्यक्षमा कार्कीले ४५२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका यज्ञनारायण श्रेष्ठले ४४१ मत पाउनु भएको छ । पराजित श्रेष्ठ निर्वतमान वडाध्यक्ष हुनुहुन्छ । यस्तै रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका फट्टिक कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी हुनुभएको छ ।...
साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई निर्वाचित

साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई निर्वाचित

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित भएको छ । अध्यक्षमा कांग्रेसका रविप्रकाश राई निर्वाचित भएका हुनुभएको हो । उहाँले माओवादी केन्द्रका अर्जुनकुमार खड्कालाई पराजित गर्नुभएको छ । राईले १ हजार ८५० मत र खड्काले १ हजार ७७२ मत पाउनु भएको छ । खड्का निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । यसअघि यो पालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएका थिए । तर यसअघि निर्वाचित भएका दुवै जना यसपटक पराजित हुनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी सरिता खड्का माओवादीकी विर्सिका राईसँग पराजित हुनुभएको छ । विर्सिकाले २ हजार १२ र सरिताले १ हजार २२४ मत पाउनुभएको छ ।...
ऐँसेलुखर्क गाउँपालिकाअध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

ऐँसेलुखर्क गाउँपालिकाअध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार माओवादीका श्री बहादुर राईलाई पछि पार्दै एमालेका गिरेन्द्र बहादुर राई विजयी हुनुभएको हो । उपाध्यक्षमा भने एमालेकी पुस्पकला भुजेललाई हराउदै गठबन्धनबाट कांग्रेसका राजेश राजभण्डारी विजयी हुनुभएको छ । पालिका अध्यक्षमा निर्वाचित गिरेन्द्र बहादुर राईले २ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी श्री बहादुर राईले २ हजार ४ सय ८० मत प्राप्त गर्नुभएको छ । यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेद्वार सन्तविर तामाङले १ हजार ६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित राजभण्डारीले ३ हजार १ सय ४६ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी भुजेलले २ हजार ५ सय ९५ मत पाउनु भएको छ । ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष : गिरेन्द्र बहादुर राई (ए...
रावाबेसीमा एमालेले खाता खोल्यो, लामिडाँडाको वडाध्यक्षमा बिरेन्द्र मगर विजयी

रावाबेसीमा एमालेले खाता खोल्यो, लामिडाँडाको वडाध्यक्षमा बिरेन्द्र मगर विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको रावाबेसी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । वडा नम्बर ३ लामिडाँडामा एमालेका बिरेन्द्र मगर वडाध्यक्षमा विजयी भएसँगै सो पालिकामा एमालेले खाता खोलेको हो । मगरले ७०७ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका बिदुर खतिवडाले ६६४ मत पाउनु भएको छ । खतिवडा अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएको थियो । तर दोस्रो कार्यकालकालागि उम्मेद्वार दिनुभएका खतिवडा पराजित हुनुभएको हो । अन्य वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी हुनुभएको छ । गठबन्धनकाबाट पालिका अध्यक्षका उम्मेद्वार फट्टिक श्रेष्ठको वडा समेत रहेको लामिडाँडाको वडाध्यक्षमा एमाले विजयी भएको हो । एमालेका उम्मेद्वार हरी पोखरलेको वडा समेत रहेको खार्पामा भने कांग्रेसको प्यानल विजयी भएको छ । यस्तै वडा नम्बर कुभिण्डेमा पनि नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । पालिका अध्यक्ष उपाध्यक्षमा गठ...
ऐँसेलुखर्क–६ ज्यामिरेमा गठबन्धनबाट सुनिल राई सहित प्यानल विजयी

ऐँसेलुखर्क–६ ज्यामिरेमा गठबन्धनबाट सुनिल राई सहित प्यानल विजयी

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल राई २७३ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको हो । नेकपा एमालेका बालकुमार राई २३३ मत प्राप्त गर्नुभएको छ । निर्वाचित सुनिल राई अघिल्लो निर्वाचनमा एमालेका उम्मेद्वारसँग परिाजित हुनुभएको थियो ।  वडा सदस्यमा गठबन्धनबाट माओवादीका उम्मेद्वारहरु विजयी भएका छन् ।...
बराहपोखरी–५ पौवासेरामा एमालेका फौदराज राई पुनः वडाध्यक्षमा विजयी

बराहपोखरी–५ पौवासेरामा एमालेका फौदराज राई पुनः वडाध्यक्षमा विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख ३१ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा एमालेका फौदराज राई विजयी हुनुभएको छ । राईले ४६४ मत प्राप्त गरेर विजयी हुनुभएका हो । राई २०७४ सालमा भएको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसका देबेन्द्र राईले ३०७, एकीकृत समाजवादीका हरीबहादुर मगरले १२२ र माओवादीका धुर्बजीत राईले ५५ मत पाउनु भएको छ । वडा सदस्यामा एक जना कांग्रेसबाट निर्वाचित हुनुभएको छ भने अन्य एमालेबाटै हुनुहुन्छ । गाउँपालिका अध्यक्ष र उपाध्याक्षमा चार दलीय गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेद्वारले अग्रता कायमै राखेका छन् ।...
रावाबेसीमा २ सय मत गणना हुँदा गठबन्धन अगाडि

रावाबेसीमा २ सय मत गणना हुँदा गठबन्धन अगाडि

Banner News 3, ताजा अपडेट, राजनीति
खोटाङ, वैशाख ३१ । खोटाङको रावाबेसी गाउँपालिकामा राती १ः३० बजेबाट मत गणनाा सुरु भएको छ । वडा नम्बर १ कुभिण्डे बाट सुरु गरिको मत गणनामा हाल सम्म २ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृत लाल बहादुर कार्कीले जानकारी दिनुभयो । सुरुवाती प्ररम्भिक परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन अगाडि रहेको छ । गठबन्धनबाट अध्यक्षका उम्मेद्वार फट्टिक कुमार श्रेष्ठले ९७ मत ल्याउदै अग्रता लिनुभएको छ भने एमालेबाट अध्यक्षका उम्मेद्वार हरी पोखरेलले ६८ र जसपाकाका मोहन गुरुङले १० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा गठबन्धनका लिलानारायण श्रेष्ठले ९५ मत पाउदा एमालेका उपाध्यक्षका उम्मेद्वार गुरुङले ७० मत पाउनु भएको छ । वडामा कांग्रेसको अग्रता छ । कांग्रेसका उम्मेद्वारले ८५, एमालेका उम्मेद्वारले ५१, माआवादीका उम्मेद्वारले ५५ र जसपाका उम्मेद्वार २ मत प्राप्त गरेका छन् ।...