Sunday, August 30News That Matters

Banner News 3

विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, युवालाई रोजगार

विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, युवालाई रोजगार

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, वैशाख २४ । हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएमा विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने र युवालाई रोजगार प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले १२ बुधे आफ्नो प्रतिबद्धता जारी गर्दै यस्तो बताएको हो । जेष्ठ नागरिकसँगै एकल महिला/पुरुष र शारीरिक अशक्तको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै कपासको इतिहास बोकेको यस नगरपालिकामा पुनः कपास खेतीलाई पहिलो प्रथामिकतामा राख्दै उत्पादनमुखी कृषीमा जोड दिने, चिस्यान केन्द्र, र संकलन केन्द्र स्थापना गरेर बजारिकरणको सुनिश्चितता पनि नगरपालिकाले गर्ने पत्रमा उल्लेख छ । नगरपालिकामा यस अघिनै सुरु गरेर लोकपृय भएको कार्यक्रम महिला कृषी सहकारी र बालिका बचत कार्यक्रमलाई थप बृहत बनाउने, प्राविधिक÷प्रयोगात्मक शिक्षामा जोड दिने, पर्यटनलाई कृषिसँग जोडेर काम गर्ने, नग...
हलेसी मन्दिरको भेटी १९ दिनमा ११ लाख २६ हजार

हलेसी मन्दिरको भेटी १९ दिनमा ११ लाख २६ हजार

Banner News 3, अर्थ, धर्म संस्कृति
खोटाङ, २४ वैशाख । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको पवित्र सङ्गमस्थल हलेसी मन्दिरबाट १९ दिनमा ११ लाख बढी भेटी सङ्कलन भएको छ । २०७९ वैशाख १ गतेदेखि १९ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकले ११ लाख २६ हजार ९६ रुपैयाँ भेटी चढाएका हुन् । हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईकाअनुसार हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ७ लाख ७३ हजार ५ सय, मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ६९ हजार ६ सय, रुद्री, पुराण, लाखबत्ती र अन्य सहयोगबाट २ लाख ८२ हजार ९ सय ९६ रुपैयाँ भेटी सङ्कलन भएको छ । भेटीबापतको आम्दानीबाट विद्युत, पानी, रुद्री, पुराण, लाखबत्तीको रसिद कटाएबापतको खर्च, दूध, दही, खाजा, भेटी गणना, अतिथि सत्कार र अन्य गरी १ लाख ४० हजार ६ सय ३४ रुपैयाँ खर्च गरिएको छ । खर्च कटाएर बाँकी रहेको रकम ९ लाख ८५ हजार ४ सय ६२ रुपैयाँ माछापुच्छ्रे बैङ्क, हलेसी शाखामा...
दिक्तेलमा गठबन्धनको प्रतिबद्धता : प्रत्येक घरमा स्वच्छ पिउने पानी, प्रत्येक वडाका १०० जनालाई रोजगार

दिक्तेलमा गठबन्धनको प्रतिबद्धता : प्रत्येक घरमा स्वच्छ पिउने पानी, प्रत्येक वडाका १०० जनालाई रोजगार

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, वैशाख २१ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनले प्रत्येक घरमा स्वच्छ पिउँनपानीको धारा निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । गठबन्धनले १३ बुधे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पाँच वर्ष भित्रमा हरेक नागरिकको घरमा विश्व स्वास्थ्य संगठन (धजय) को मापदण्ड अनुसार स्वच्छ पिउँनपानीको ब्यवस्था गर्ने भएको हो । यस्तै युवाहरुलाई उद्यमशिलतामा जोड्न स्थानीय कच्चा पदार्थको उपयोग गरी साना तथा मझौला उद्योगको स्थापना गरेर ५ बर्षभित्र प्रत्येक वडामा १०० जनालाई स्वरोजगार बनाईने, नगरपालिकाभित्र कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने, गर्न नदिने र गर्नेलाई कारवाहिको दायरामा ल्याइने, नगरपालिकाको स्रोत साधनको दुरुपयोग नगर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । ७५ बर्ष माथिका वृद्धवृद्धा, अशक्त र अपांगता नागरिकलाई नगरपालिकाको सेवा लिन जादा निःशुल्क यातायात सेवा उपलब्ध गराइ...
खोटाङ : त्रिपाल बोकेर मतदाता फकाउन गाउँ छिरेको नक्कली नम्बर प्लेट ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ : त्रिपाल बोकेर मतदाता फकाउन गाउँ छिरेको नक्कली नम्बर प्लेट ट्याक्टर प्रहरी नियन्त्रणमा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ वैशाख २१ । खोटाङमा निर्वाचन आचारसंहिता बिपरीत बिभिन्न सामान वितरण गरेको पाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ठाउँमा मंगलबार एकै दिन आचारसंहिता बिपरीत सामान बितरण गरिएको पाइएको हो । नगरपालिका– ९ निर्मलीडाँडामा रातको समयमा त्रिपाल र चाउचाउ ट्याक्टरमा बितरणलागि लगिएको बताइएको छ । ट्याक्टरमा त्रिपाल र चाउचाउ मतदातालाई बितरण गर्न लगिएको भन्दै त्यहाँका युवाहरुले ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका बताइएको छ । सो सामानलाई चिउरीडाँडा प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले पनि पुष्टी गरेको छ । नियन्त्रणमा लिइएको ट्याक्टर अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । एमालेका उम्मेद्वारको मातहतमा ट्याक्टर सामान लिएर गाउँ पसेको गठबन्धनका उम्मेद्वारहरुले बताएका छन् । उनिहरुले ट्याक्टर जिल्ला प्रहरी कार्यालयलमै ल्याएर बुझाउँदै छानबिनको माग समे...
दुई पूर्व प्रअबीच वडाध्यक्षमा चुनावी प्रतिस्पर्धा

दुई पूर्व प्रअबीच वडाध्यक्षमा चुनावी प्रतिस्पर्धा

Banner News 3, राजनीति, स्थानीय
✍️पवन खड्का खोटाङ, वैशाख २० । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको वराहपोखरी गाउँपालिका–१ को वडाध्यक्षमा दुई जना पूर्व प्रधानाध्यापकहरू चुनावी मैदानमा छन् । साविकको वडा नं.–५, डाँडाखर्कस्थित डाँडाखर्क आधारभूत विद्यालयका पूर्व प्रअ ढकबहादुर कार्की र साविकको वडा नं.–४, वालिङटार, पोखरीस्थित शंखेश्वरी माध्यमिक विद्यालयका पूर्व प्रअ शिवकुमार श्रेष्ठबीच वडाध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो । कार्कीलाई नेपाली कांग्रेस र श्रेष्ठलाई नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार उठाएको हो । २७ वर्ष शिक्षण पेशामा आबद्ध रही अवकाशको समय नजिकिँदै गर्दा प्रअबाट राजीनामा दिएर २०७४ सालको स्थानीय तह निर्वाचनबाट राजनीतिमा प्रवेश गर्नुभएका कार्की यस क्षेत्रका परिचित व्यवसायी पनि हुनुहुन्छ । नेपाली कांग्रेसबाटै गत निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहनुभएका कार्की नेकपा एमालेका टंककुमार मगरसँग ९३ मतल...
हरमटारलाई रावाबेसी गाउँपालिकाको स्थायी केन्द्र बनाएर चौतर्फी विकास गर्छु – अध्यक्षका उम्मेद्वार श्रेष्ठ

हरमटारलाई रावाबेसी गाउँपालिकाको स्थायी केन्द्र बनाएर चौतर्फी विकास गर्छु – अध्यक्षका उम्मेद्वार श्रेष्ठ

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
राजकुमार भट्टराई (सरगम) खोटाङ, वैशाख १९ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धका तर्फबाट रावाबेसी गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार फटिक कुमार श्रेष्ठले चुनाव जितेर गाउँपालिकाको चौतर्फी विकास गर्ने बताउनुभएको छ । देश संघीयतामा गएर स्थानीय तह गठन हुँदै गर्दा रावाबेसीलाई छुट्टै गाउँपालिका निर्माण गर्न आफु अनशन बसेको स्मरण गर्दै अव सो क्षेत्रको चौतर्फी विकास गर्ने जिम्मा जनताले आफुलाई दिने श्रेष्ठले बताउनुभएको हो । श्रेष्ठले भन्नुभयो “देशमा स्थानीय तह गठन हुँदै गर्दा अहिले रावाबेसी गाउँपालिकामा रहेका तत्कालीन डुम्रे धारापानी र दुबेकोल गाउँ विकास समिति ऐसेलुखर्क गाउँपालिकामा जान लागेको थियो, हौँचुर, कुभिण्डे, खार्पा र लामिडाँडालाई अन्य स्थानीइ तहमा गाभ्न लागिएको थियो, तर त्यसो गर्नु हुँदैन कुभिण्डे, खार्पा, लामिडाँडा, डुम्रे धारापानि, दुवेकोल र हौँचुर मिलेर छुट्टै स्थानीय तह ब...
बागी उम्मेद्वारी दिएका पालिका सभापति तामाङ पार्टीबाट निष्काषीत

बागी उम्मेद्वारी दिएका पालिका सभापति तामाङ पार्टीबाट निष्काषीत

Banner News 3, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख १८ । आसन्न स्थानीय तहको चुनावमा ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेद्वार दिनुभएका शन्तबीर तामाङलाई नेपाली कांग्रेसले पार्टीबाट निष्काषीत गरेको छ । गठबन्धनको भागबन्डामा सो गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले पाएको थियो । तर कांग्रेसका पालिका सभापति समेत रहनुभएका तामाङले अध्यक्ष पदमा बागी उम्मेद्वार दिएपछि पार्टीले उहाँलाई निष्काषीत गरेको हो । तामाङलाई कारबाही गरेको जिल्ला कार्यसमितिले पालिका समितिलाई पत्र पठाएर जानकारी दिएको छ । पत्रमा लेखिएको छ “गठवन्धनका तर्फबाट तोकिएको आधिकारिक उम्मेदवारको विरुद्धमा नेपाली काग्रेस ऐसेलुखर्क गाउपालिकाका सभापति शन्तबीर तामाङले स्वतन्त्र उम्मेदवार दर्ता गराएको र पार्टीका तर्फबाट सम्झाइ बुझाई गर्दा समेत मनोनयन पत्र फिर्ता नलिईएको हुँदा उहाँ लाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ को उपदफा ४ (क) ...
खोटाङ : नाबालिका छोरी बलात्कार आरोपमा बुबा पक्राउ

खोटाङ : नाबालिका छोरी बलात्कार आरोपमा बुबा पक्राउ

Banner News 3, समाज, स्थानीय
खोटाङ, वैशाख १७ । खोटाङमा आफ्नै नाबालिका छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय पुरुष आफ्नै १२ वर्षकी नाबालिका छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् । नाबालिका छोरीको घाँटी समाई डर–त्रास देखाएर जबरजस्तीकरणी गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका पुरुषको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका उनीमाथि हाडनाता जबरजस्तीकरणी कसुरमा म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो ।...
खोटाङ : असिनापानीले मकै लगायतका बालीमा ठुलो क्षति

खोटाङ : असिनापानीले मकै लगायतका बालीमा ठुलो क्षति

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
असिनाले मकै गरेको क्षति खोटाङ, वैशाख १५ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा असिनापानीले बालीमा क्षति पु¥याएको छ । हिजो परेको असिनापानीले गाउँपालिकाका अधिकांश क्षेत्रमा बालीमा क्षति पु¥याएको बताइएको छ । असिनाले मकैको पात कामै नलाग्ने गरी छिद्र बनाएको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे नेपानेका शुरेस राईले बताउनुभयो । उहाँका अनुसार हिजो साँझ परेको असिनापानीले मकैमा सबै भन्दा ठुलो क्षति पु¥याएको छ । असिनाले भर्खर फूल खेल्दै गरेका र फल लाग्दै गरेका फलफुलमा पनि क्षेती पु¥याएको छ । मकैसँगै लगाइएको आलु, फर्सी, सिमि लगायतका तरकारीबालीमा पनि ठुलो क्षति पु¥याएको राईले बताउनुभयो । ऐँसेलुखर्क गाउँपालिकासँगै रावाबेसी र केपिलासगढी गाउँपालिकाका माथिल्लो क्षेत्रमा पनि असिनाले मकै बाली र फलफुलमा क्षति पु¥याएको स्थानीयले बताएका छन् ।...
युनेस्को : संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण गरे मात्र हाम्रो अस्तित्व रहन्छ

युनेस्को : संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण गरे मात्र हाम्रो अस्तित्व रहन्छ

Banner News 3, ताजा अपडेट, समाज
खोटाङ, वैशाख १४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । मंगलवार र बुधबार दुई दिन सञ्चालन भएको कार्यक्रमले संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण गरे मात्र हाम्रो अस्तित्व रहने निष्कर्ष समेत निकालेको छ । सांस्कृतिक सम्पदा भौतिक तथा अभौतिक संरक्षण एवं सम्बद्र्धनमा युवा अभियान नामक यस कार्यक्रमको आयोजना नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोग सिंहदरबार काठमाडौले गरेको हो । जसको समन्वय हलेसी तुवाचुङ नगरपालिकाले गरेको थियो । आयोगको सचीवालय सदस्य एवं शिक्षा मन्त्रालयकी शाखा अधिकृत इन्दिरा खड्का बुढाथोकीले युनेस्को संस्थाको परिचय दिएसँगै सुरु भएको प्रशिक्षण कार्यक्रम खोटाङ जिल्लाको संस्कृति र सांस्कृतिक सम्पदाको पेरिफेरि रहेर सञ्चालन भएको थियो । भौतिक तथा अभौतिक सांकृत...