Sunday, August 30News That Matters

Banner News 3

पार्टीलाई आत्मनिर्भर बनाउन विप्लव नेतृत्वको नेकपा खोटाङले धान रोप्यो

पार्टीलाई आत्मनिर्भर बनाउन विप्लव नेतृत्वको नेकपा खोटाङले धान रोप्यो

Banner News 3, ताजा अपडेट, समाचार
खोटाङ, वैशाख १४ । यतिबेला सबै राजनीतिक दल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित छन् । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ भने पार्टीलाई आत्मनिर्भर बनाउन धमाधम खेती गरिरहेको छ । केही समय अगाडि आलु खेती सुरु गरेका पार्टीका नेता कार्यकर्ताले मंगलबार जिल्लाको रावाबेसी गाउँपालिकामा धान रोपेका छन् । उत्पादनबाट पार्टीलाई आत्मनिर्भर बनाउने उद्श्यले रावाबेसी गाउँपालिका–४ डुम्रे धारापानी स्थित कटहरे ब्यँसीमा दुई दिन लगाएर करीब ५ रोपनी खेतमा धान रोपेको अखिल (त्रान्तिकारी) विद्यार्थी संगठन खोटाङका उपाध्यक्ष सयन्द्र नाछिरिङ राईले जानकारी दिनुभयो । पार्टीका नेता कार्यकर्ता एवं स्थानीयबासीको सहयोगमा धान रोपिएको उहाँको भनाइ छ । केही समय अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आलु रोपेको नेकपाले केही समय पश्चात ऐँसेलुखर्क गाउँपालिकामा माछा पालन सुरु गर्ने तयारी गरिरहेको...
दुर्छिम : दयाराम राईको नेतृत्वमा जसपाको उम्मेद्वारी, यस्ता छन एजेन्डा ?

दुर्छिम : दयाराम राईको नेतृत्वमा जसपाको उम्मेद्वारी, यस्ता छन एजेन्डा ?

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख १२ । हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिममा जनता समाजवादी पार्टी (जसपा) ले छुट्टै उम्मेद्वारी दर्ता गरेको छ । यस नगरपालिकामा कांग्रेस बाहेक नेकपा माओवादी, जसपा र एकीकृत समाजवादी (एस)ले गठबन्धन गर्ने जिल्लामा निर्णय भएपनि सहमती नभएपछि जसपाले छुट्टै उम्मेद्वारी दर्ता गराएको पार्टीले जनाएको छ । आफ्नो पकेट क्षेत्र रहेको दुर्छिम वडामा वडाध्यक्ष जसपालाई दिन अन्य पार्टी नमानेपछि जसपा एक्ले चुनावी मैदानमा उत्रिने निर्णय गरेको जसपा हलेसी तुवाचुङ नगर समिति अध्यक्ष मबिन्द्र चाम्लिङले बताउनुभयो । राईको भनाइ अनुसार दयाराम राईको नेतृत्वमा आज मनोनय दर्ता गरिएको छ । जसमा खुल्ला सदस्यामा युकराज राई र जितेन्द्र राई, महिला सदस्यमा कोपिला राई र दलित सदस्यमा दिलकुमारी दमाइको उम्मेद्वारी दर्ता भएको छ । जसपाले जिते के हुन्छ ? नागगरिले विश्वास गर्दै जसपाका उम्मेद्वारलाई मत दिएर जिताए पहिलो प्रथामिकत...
दिक्तेलको मेयरमा कांग्रेसबाट तीर्थराज भट्टराई उम्मेद्वार

दिक्तेलको मेयरमा कांग्रेसबाट तीर्थराज भट्टराई उम्मेद्वार

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, वैशाख १२ । खोटाङको जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाको मेयरमा अन्ततः नेपाली कांग्रेसले तीर्थराज भट्टराईलाई उम्मेद्वार बनाएको छ । जिल्ला समितिबाट आकांक्षी १६ जनाको नाम प्रदेश समितिमा सिफारिस गरिएकोमा प्रदेश समितिले महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई मेयरको टिकट दिएको थियो । जिल्ला कार्यसमिति उपसभापतिसमेत रहनुभएका भट्टराईले मेयरको टिकट पाउने विश्वास जिल्लाका आम कांग्रेस नेता कार्यकर्ताले राखेकोमा प्रदेश समितिले पोखरेललाई टिकट दिएपछि रुष्ट बनेका कार्यकर्ताले आज बिहानै दिक्तेलस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । दिउँसो टिकट लिएर मनोनयन दर्ताका लागि आउनुभएका पोखरेलमाथि कांग्रेसकै असन्तुष्ट कार्यकर्ताले हातपातसमेत गरेका थिए । विवाद चर्किँदै गएपछि उम्मेद्वार छनोटका लागि आकांक्षीहरूको नाम केन्द्रीय समितिमा पुगेको थियो । कांग्रेस सभापति शेरबहादु...
एमाले खोटाङले टुङ्ग्यायो दशवटै पालिकामा उम्मेद्वार, कुनमा को ?

एमाले खोटाङले टुङ्ग्यायो दशवटै पालिकामा उम्मेद्वार, कुनमा को ?

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख ११ । नेकपा एमाले खोटाङले जिल्लाका दशवटै पालिकामा चुनाव लड्ने प्रमुख /अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको उम्मेद्वार टुङ्गो लगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख – कुमार आचार्य उपप्रमुख – वीणादेवी राई/राजकुमारी राई (टुङ्गो लाग्न बाँकी) हलेसी तुवाचुङ नगरपालिका प्रमुख – खडेन्द्र साम्पाङ राई उपप्रमुख – तुलसा बुढाथोकी साकेला गाउँपालिका अध्यक्ष – गोपीकृष्ण खड्का उपाध्यक्ष – दिलकुमारी राई वराहपोखरी गाउँपालिका अध्यक्ष – गोमा मगर उपाध्यक्ष – जीवनकुमार राई रावाबेँसी गाउँपालिका अध्यक्ष – हरि पोखरेल उपाध्यक्ष – कौशिला गुरुङ दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष – लोकेन्द्र राई उपाध्यक्ष – अरूणा थापा मगर जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष – शंखरबहादुर राई उपाध्यक्ष – विमला राई खोटेहोङ गाउँपालिका  अध्यक्ष – कविता राई उपाध्यक्ष – राजन बञ्...
बिजुलेस्थित पदम पुरी सहिद पार्क निर्माणले गति लिँदै

बिजुलेस्थित पदम पुरी सहिद पार्क निर्माणले गति लिँदै

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणधीन पदम पुरी सहिद पार्क निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । लामो समयदेखि अलपत्र परेको भन्दै आलोचना खेपिरहेको पार्कको काम अहिले भने धमाधम भइरहेको हो । हलेसी तुवाचुङ नगरपालिका–१० आर्खौलेस्थित बिजुले बजारमा निर्माणधीन रहेको सहिद पार्क करिब ६/७ वर्ष अघिदेखि निर्माण गर्न सुरु गरिएको स्थानीयले बताएका छन् । पहिले सडकभन्दा माथिल्लो जग्गामा पार्क निर्माण सुरु गरिएको थियो । जहाँ अहिले पनि एउटा पिल्लर निर्माण गरेको देख्न सकिन्छ । तर सडक फराकिलो बनाएर कालोपत्रे गर्दा सडकभन्दा माथिल्लो जग्गामा पार्क निर्माण गर्न नमिल्ने भएपछि अहिले सडकभन्दा तल निर्माण गरिएको अर्खौलेका वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताउनुभयो । अन्य निकायको सहयोगमा स्थानीयबासीले निर्माण सुरु गरेको पार्क स्थानीय तह आएसँगै अहिले हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्त...
एमाले खोटाङले नौ पालिकामा प्रमुखको उम्मेद्वार टुङ्ग्यायो, कुन पालिकामा को ?

एमाले खोटाङले नौ पालिकामा प्रमुखको उम्मेद्वार टुङ्ग्यायो, कुन पालिकामा को ?

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले खोटाङका दशमध्ये नौ पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुखको उम्मेद्वार टुङ्गो लगाएको छ । एमाले जिल्ला कमिटी स्रोतका अनुसार सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमारप्रसाद आचार्य र उपप्रमुखमा विणादेवी राईको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङको नाम सिफारिस गरेको एमालेले उपप्रमुखको उम्मेद्वार भने तोकेको छैन ।ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्षमा गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेल, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार राईको नाम सिफारिस हुँदा उपाध्यक्ष पदको उम्मेद्वारको नाम आएको छैन । रावाबेँसी गाउँपालिकाको अध्यक्षमा हरिकुमार पोख्रेल र उपाध्यक्षमा कौशिला गुरुङको नाम सिफारिस भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राईल...
खोटाङ : कुन स्थानीय तहमा कुन राजनीतिक दलको अवस्था कस्तो ? २०७४ को मत परिणाम सहित हेर्नुहोस्

खोटाङ : कुन स्थानीय तहमा कुन राजनीतिक दलको अवस्था कस्तो ? २०७४ को मत परिणाम सहित हेर्नुहोस्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, बैशाख ७ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिबेला सबैको ध्यान तानेको छ । निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु उम्मेद्वार छनोटमा व्यस्त छन भने कुन राजनीतिक दलको उम्मेद्वार कस्ता आउनेहुन भन्ने मतदाताको चासो बिषय बनेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ । निर्वाचनमा गठनबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन् । यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि केन्द्रमा अन्य राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेपनि खोटाङमा ती राजनीतिक दलको प्रभाव भने देखिदैन । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्ने भएको छ । हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित का...
खोटाङ : ट्राफिक नियम तोड्ने ५ हजार बढी सवारी साधनलाई कारबाही, साढे ३९ लाख बढी राजस्व सङ्कलन

खोटाङ : ट्राफिक नियम तोड्ने ५ हजार बढी सवारी साधनलाई कारबाही, साढे ३९ लाख बढी राजस्व सङ्कलन

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ७ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनामा ट्राफिक निमय उल्लङ्घन गर्ने ५ हजार ४ सय १ वटा सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती महिना साउनदेखि चैत मसान्तसम्मको अवधिमा नियमविपरीत सञ्चालन भएका ती सवारी साधनलाई कारबाही गरेको हो । नियम पालना नगर्ने ती सवारी साधनलाई तिराइएको जरिवानाबाट यस अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार यस अवधिमा सबैभन्दा बढी मङ्सिरमा ९ सय ४५ र सबैभन्दा कम साउनमा ४ सय १३ वटा सवारी साधन कारबाहीमा परेका छन् । साउनमा ४ सय १३ सवारी कारबाहीबाट २ लाख ६३ हजार, भदौमा ५ सय ८७ सवारी कारबाहीबाट ४ लाख ४४ हजार, असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७ हजार, कात्तिकमा ९ सय ५ सवारी कारबाहीबाट ६ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको...
शैक्षिक प्रमाणपत्र कीर्ते गरी अनलाइन सञ्चालन गर्ने मनोज गिरी पक्राउ

शैक्षिक प्रमाणपत्र कीर्ते गरी अनलाइन सञ्चालन गर्ने मनोज गिरी पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, वैशाख ६ – शैक्षिक प्रमाणपत्र कीर्ते गरी ‘हलेसीपाटी डट कम’ नामक अनलाइन पोर्टल सञ्चालनको स्वीकृति लिएका हलेसी तुवाचुुङ नगरपालिका–७, महादेवस्थानका ३६ वर्षीय मनोज गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा परेको उजुरीका आधारमा सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनलाई काठमाडौँ महानगरपालिका–३२, पेप्सीकोलाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले पक्राउ परेका गिरीमाथि जिल्ला अदालत खोटाङबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।  गिरीले ब्रिलियन्ट मल्टिपल क्याम्पस, सिफल, काठमाडौँबाट व्यवस्थापन संकायमा स्नातक तहसम्मको अध्ययन गरेको भनी सूचना तथा प्रसारण विभागमा अर्काको कागजात कीर्ते गरी पेश गरेको खुलेको थियो । उक्त क्याम्पसबाट कुभेशचन्द्र गिरीले ल...
खोटाङमा गठबन्धनको तालमेल मोडालिटी : ६ पालिकामा चार दलीय, ४ मा कांग्रेबाहेकको

खोटाङमा गठबन्धनको तालमेल मोडालिटी : ६ पालिकामा चार दलीय, ४ मा कांग्रेबाहेकको

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख ५ । स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ । निर्वाचनमा गठनबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन् । गत चैत १६ गते जिल्ला समन्वय समितिको सभाहलमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायमै राख्ने निर्णय गरेको थियो । त्यसयता पटकपटक तालमेलबारे छलफल गर्न गठबन्धन दलको बैठक बसे पनि सहमित जुट्न सकेको थिएन । आइतबार राति साढे ११ बजे बसेको चार दलको बैठकले निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो । बैठकले तालमेलको मोडालिटीसमेत टुंगो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्न...