Monday, May 25News That Matters

राजनीति

नाङलोमा पसल थापेको पार्टी हैन एमाले, पोलिटव्युरो सदस्य भट्टराई

नाङलोमा पसल थापेको पार्टी हैन एमाले, पोलिटव्युरो सदस्य भट्टराई

Banner News 1, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २३ । नेकपा एमाले नाङलोमा पसल थापेको पार्टी नभएको एमालेका पोलिटव्युरो सदस्य, संसदीय दलका प्रमुख सचेतक एवं खोटा जिल्लाका संघीय सांसद विशाल भट्टराईले बताउनु भएको छ । नेकपा एमालेको सातौँ खोटाङ जिल्ला अधिवेशन उद्घाटनसत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै भट्टराईले यस्तो बताउनु भएको हो । देशकै ठुलो र वैचारिक पार्टी नेकपा एमाले रहेको कारण केहि ब्यक्ति छुट्टिएर गएपनि एमाले सधै पहिलो पार्टी बनिरहने उहाँको भनाई छ । एमालेलाई हराउने उद्स्यले माधव नेपालले निर्माण गरेको पार्टी राजनितिक पार्टीनै नरहेको उहाँको टिप्पणी छ । यस्तै बिचार बिनाको एमालेको बिरुद्धमा मात्र लाग्न बनाईएको गठबन्धन धेरै नटिक्ने पनि उहाँको दावी छ । देशमा संघीयता ल्याने योजना एमालेको रहेको र संघीयता आएपश्चात जनतालाई ठुलो राहत मिलेको पनि उहाँले बताउनु भयो । केहि ब्यक्तिले सिंह आएको तर सिंहदरबार नआएको भनेर टिप्पणी गरेपनि स्थानीय ...
महिला घर बाहिर हिड्न सक्ने अवस्था अझै छैन, एमाले केन्द्रिय सदस्य राई

महिला घर बाहिर हिड्न सक्ने अवस्था अझै छैन, एमाले केन्द्रिय सदस्य राई

Banner News 2, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २३ । नेपालमा अझै पनि महिलालाई घरबाट बाहिर निस्केर हिड्न सक्ने अवस्था नरहेको एमालेको केन्द्रिय सदस्य एवं पुर्व सामाजिक विकास मन्त्री उषाकला राईले बताउनु भएको छ । नेकपा एमालेको सातौँ खोटाङ जिल्ला अधिवेशनको खुल्लासत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । देशमा धेरै परिर्वतनहरु भएपनि महिलामाथी हुने हिंसा अझै बढ्दै गएको उहाँको टिप्पणी छ । जातीय छुवाछुतको नाममा मान्छेले मान्छे भएर बाच्ने अवस्था नेपालमा अझै पनि सृजना नभएको उहाँको भनाई छ । समाजमा कायम रहेका यस्ता कुसंस्कार, विकृति र विसङगतिलाई जरै देखि उखलेर फाल्न र देशमै रोजगारीको सृजना गर्न नेपालमा एमाले पार्टीले मात्र सक्ने नेतृ राईले बताउनुभयो ।...
एमाले खोटाङ अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाइने

एमाले खोटाङ अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाइने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २१ । नेकपा एमालेको भूगोलतर्फका ७७ वटा जिल्लाको अधिवेशन पुस २३ गते हुँदैछ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रूपमा उद्घाटन गरेर सुरु हुने एमालेले जनाएको छ । एमालेको खोटाङ जिल्ला अधिवेशन सदरमुकाम दिक्तेल स्थीत माटिकोरे कभर्ड हलमा हुने तयारी छ । अधिवेशनकोलागि तयारी लगभग पुरा भएको जिल्ला अध्यक्ष राम प्रसाद दंगालले जानकारी दिनुभयो । जिल्ला भरीबाट करीब १ हजार प्रतिनिधि सहित १ हजार ५ सय बढी नेता कार्यकर्ता उपस्थित रहने अधिवेशनको मुख्य अतिथिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य एवं संसदियदलका प्रमुख सचेतक विशाल भट्टराई जिल्ला आइसक्नु भएको छ । अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई समेत मिलाएर सर्वसम्मत नेतृत्वय चयन गर्दै पार्टीलाई एकढिक्का बनाउने तयारी रहेको अध्यक्ष दंगालले बताउनुभयो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुने र समावेशी जिल...
खोटाङबाट रविन चाम्लिङ राप्रपाको केन्द्रीय सदस्य मनोनीत

खोटाङबाट रविन चाम्लिङ राप्रपाको केन्द्रीय सदस्य मनोनीत

Banner News 3, ताजा अपडेट, राजनीति
खोटाङ, पुस २० । खोटाङबाट रविन चाम्लिङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य मनोनीत हुनुुभएको छ । पार्टीको विधान बमोजिम खोटाङबाट चाम्लिङ केन्द्रीय सदस्य मनोनीत हुनुभएको हो । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज ३१ जना केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ ।
कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको सभापतिमा घनश्याम श्रेष्ठ

कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको सभापतिमा घनश्याम श्रेष्ठ

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस १७ । नेपाली कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको सभापतिमा घनश्याम श्रेष्ठ चयन हुनु भएको छ । आज सम्पन्न नेपाली कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको भेलाले श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपसापतिमा कैलास के.सी र चन्द्र दर्लामी, सचिवमा एलिना पाण्डे, सह–सचिवमा ददिराम भट्टराई र कोषाध्यक्षमा जय मगर सर्वसम्मत चयन हुनु भएको नेपाली कांग्रेस रावाबेसी गाउँपालिका सचिव चिरन्जीवी कार्कीले जानकारी दिनुभयो ।...
अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन संग्राम र सचिवमा बिष्णु उपरकोटी निर्वाचित

अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन संग्राम र सचिवमा बिष्णु उपरकोटी निर्वाचित

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस १७ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको अध्यक्षमा मोहन संग्राम (पोखरेल) निर्वाचित हुनुभएको छ । अनेरास्ववियु खोटाङको २३ औँ जिल्ला  सम्मेलनले संग्रामको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित गरेको हो । अनेरास्ववियुको जिल्ला उपाध्यक्षमा यम खड्का, सचिवमा बिष्णु उपरकोटी, उपसचिवमा घनश्याम ढकाल, सुरेश प्रधान र सुनिता राई, कोषाध्यक्षमा मुस्कान राई सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै संगठन बिभाग प्रमुखमा अभिषेक घिमिरे, रचनात्मक बिभाग प्रमुखमा विप्लव कोइराला, प्रचार प्रसार बिभाग प्रमुखमा प्रकाश पौडेल र प्रशिक्षण बिभाग प्रमुखमा शंकर खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । दिक्तेल समिक्षालय हलमा आज भएको जिल्ला सम्मेलनमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुनिता बराल, नेकपा एमालेका केन्द्रिय सदस्य एवं प...
जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १३ । खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ६४ बर्षको उमेरमा राती १२ बजे घरमै निधन भएको कार्यबाहक वडाध्यक्ष धन बहादुर राईले जानकारी दिनुभयो । मुटु रोगबाट पीडित श्रेष्ठको अघिलो बर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आउनु भएको पारिवारीक श्रेतले जनाएको छ । २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनभएको थियो । २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति , २०६२ मा जिल्ला सदस्य तथा २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि हुनुभएको थियो । यस्तै श्रेष्ठ २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट चिसापानीको वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । श्रेष्ठको निधनबाट सिंगो नेपाली कांग्रेस पार्टी शोकमग्न बन्न पुगेको जिल्ला सभापति बिष्णु क...
यस्ता छन् एमाले खोटाङको १३औँ पूर्ण बैठकका निर्णय

यस्ता छन् एमाले खोटाङको १३औँ पूर्ण बैठकका निर्णय

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस ११ । नेकपा एमाले खोटाङको १३ औँ पूर्ण बैठकका निर्णय सार्वजनिक भएको छ । पार्टी कार्यालय पुष्पलाल स्मृति भवन दिक्तेलमा शनिबार बसेको बैठकका निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । बैठकले पार्टीको यही पुस २३ गते हुने जिल्ला अधिवेशन लक्षित विभिन्न निर्णयहरू गरेको छ । बैठकले २३ औँ जिल्ला अधिवेशनको नारा ‘सत्तालिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होऔँ : विकास, समृद्धि र अग्रगतिका लागि सबै एमाले बनौँ’ भन्ने तय गरेको छ । जिल्ला अधिवेशन स्थल जिल्ला खेलकुद विकास समितको कभर्ड हल, माटिकोरे तोकेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति तथा उपसमिति पनि गठन गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दंगाललाई राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजक तोकिएको छ भने मूल व्यवस्थापन समिति संयोजकको जिम्मा देवविक्रम राईलाई दिइएको छ । यस्तै सांगठानिक प्रतिवेदन लेखन उपसमितिको...
नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई

नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस ११ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई विजयी हुनुुभएको छ । सदरमुकाम दिक्तेलमा सम्पन्न ९औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षका प्रत्याशी जयन्ती राईलाई १४१ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । अध्यक्षका लागि जम्मा ६४७ मत खसेकोमा ४ मत बदर भएको थियो । अध्यक्षमा विजयी राईले ३८८ र प्रत्याशी राईले २४७ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी राई यसअघि नेपाल शिक्षक संघ खोटाङको जिल्ला कार्यसमिति सह-सचिव हुनुहुन्थयो । उहाँ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माध्यमिक विद्यालयका प्रधानाध्यापक पनि हुनुहुन्छ । यस्तै खुला उपाध्यक्षमा ३१५ मत ल्याएर सुमन खत्री विजयी हुनुभएको छ । खुुला उपाध्यक्षका अरू दुई उम्मेद्वार पवनकुमार बस्नेतले २०७ र ज्ञानेन्द्रकुमार राईले ६८ मत ल्याउनुभयो । यस्तै महिला उपाध्यक्षमा मुना चौलागाईं सर्वाधिक ४...
विभिन्न माागसहित अनेरास्ववियु खोटाङले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर

विभिन्न माागसहित अनेरास्ववियु खोटाङले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस ६ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले विभिन्न मागसहित १ हजार ५ सय विद्यार्थीको हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाएको छ । शैक्षिक कर्जा कार्यान्यवन गर्न, यातायातमा विद्यार्थीलाई सहुलियत कायम गर्न, कालोबजारी र महंगी नियन्त्रण गर्न दबाबस्वरूप अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्ताक्षर पठाएको हो । ५० हजार विद्यार्थीको हस्ताक्षर संकलन गर्ने अनेरास्ववियु प्रदेश १ कमिटिको कार्यक्रम अनुसार अनेरास्ववियु जिल्ला कमिटि खोटाङले सोमबार हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो । संकलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय खोटाङमा पुगेर प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई बुझाइएको छ । हस्ताक्षर बुझ्दै प्रजिअ दाहालले जायज माग आएकाले चाँडै प्रधानमन्त्री समक्ष पु¥याउने बताउनुभएको अनेरास्ववियुु खोटाङका जिल्ला कमिटि सचिवालय सदस्य विष्णु उपरकोटीले जानकारी द...