Monday, May 25News That Matters

राजनीति

अनेरास्ववियुको खोटाङ अधिवेशन मङ्सिर २९ र ३० गते ऐँसेलुखर्कमा हुने

अनेरास्ववियुको खोटाङ अधिवेशन मङ्सिर २९ र ३० गते ऐँसेलुखर्कमा हुने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खोटाङ  जिल्ला अधिवेशन मङ्सिरमा हुने भएको छ । २४ औँ जिल्ला अधिवेशन मङ्सिर २९ र ३० गर्ने निर्णय भएको मंगलबार पत्रकार सम्मेलनमार्फत अनेरास्ववियुले जानकारी गराएको हो । सोमबार बसेको आयोजक कमिटीको पूर्ण बैठकले अधिवेशनको मिति टुंगो लगाएको बताइएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्कस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अनेरास्ववियुको अधिवेशन कार्यक्रम हुनेछ । प्राय जिल्ला सदरमुकाम दिक्तेलमा हुने कार्यक्रमलाई यस पटक सदरमुकाम बाहिर लाने निर्णय गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मोहन पोखरेलले बताउनुभयो । अधिवेशनका लागि अनेरास्वविय जिल्ला संयोजक यम खड्काको संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति, जिल्ला इन्चार्ज पोखरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, जिल्ला सह–संयोजक बिष्णु उपरकोटीको संयोजकत्वमा प्रचार ...
जिल्ला समन्वय ओखलढुंगाका प्रमुख खनालको निधन

जिल्ला समन्वय ओखलढुंगाका प्रमुख खनालको निधन

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
असोज १४ । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्ली खनालको निधन भएको छ । समन्वय प्रमुख खनालको उपचारको क्रममा गएराति टिचिङ अस्पताल काठमाडौंमा निधन भएको हो । नेता खनाल लामो समयदेखि प्यांक्रियाजका क्यान्सरबाट पीडित थिए । उनको गएराति ७३ बर्षको उमेरमा निधन भएको छ । २०२८ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीति सुरुवात गरेका खनाल नेपाली कांग्रेस ओखलढुंगा जिल्लाको कोषाध्यक्ष, उपसभापति, महाधिवेशन प्रतिनिधीहुँदै महासमिति सदस्य समेत बनेका थिए । नेता खनाल हाल जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख थिए ।...
खोटाङका ९ वटा अपुरो योजनाको विषयमा प्रजिअ सुनारलाई एमालेको ध्यानाकर्षण

खोटाङका ९ वटा अपुरो योजनाको विषयमा प्रजिअ सुनारलाई एमालेको ध्यानाकर्षण

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, साउन २५ । जिल्लामा सञ्चालन भइरहेका ९ वटा अपुरो योजनाको विषयमा नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय खोटाङलाई ध्यानाकर्षण गराएको छ । एमालेका प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद पाँचकर्ण राईसहितको टोलीले बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण गराएको हो । काम अपुरो रहेका त्यी योजनाहरुको काम सम्पन्नका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई एमालेका जिल्ला कमिटी उपाध्यक्ष देव विक्रम राईले ध्यानकर्षण पत्र बुझाउनु भएको हो । जिल्लाका ५ सडक र ३ वटा पुल निर्माण सम्पन्न गर्न पहल गरिदिन ध्यानाकर्षण पत्रमा भनिएको छ । यस्तै दुधकोशी जलविद्युत आयोजनाको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारी सुनारलाई अनुरोध गरिएको छ । ६३५ मेगावट क्षमताको उक्त आयोजनाको हालसम्म मुआब्जा निर्धाणरको काम भएको छैन् । आयोजनामा २ आर्थिक वर्षमा विनियोजन भएको १ अरब १४ करोड बजेटको सार्वजनिक सुनुवाइ हुन...
राष्ट्रिय युवा संघ खोटाङले मिशन नेक्स्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान चलाउने

राष्ट्रिय युवा संघ खोटाङले मिशन नेक्स्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान चलाउने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन २२ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ खोटाङले आगामी चुनाव लक्षित अभियान चलाउने भएको छ । जिल्ला अधिवेशन पश्चात सोमबार दिक्तेलमा बसेको पहिलो बैठकले मिशन नेक्ष्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान चलाउने भएको हो । केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेश उत्प्रेरक कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा संघको पहिलो जिल्ला बैठक बसेको छ । संघको केन्द्रीय योजना अनुसार खोटाङमा पनि मिशन नेक्स्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान सफल बनाउने निर्णय भएको जिल्ला अध्यक्ष रोशन राईले बताउनुभयो । संगठनलाई पुनर्ताजगी गर्ने यो अभियान नयाँ रक्तसञ्चार बन्ने युवा संघको विश्वास छ । सबै युवाहरुमा पुगेर युवाको समस्याको टिपोर्ट गरी चुनौतीको समाधानको खोजी गर्ने गरी अभियान चलाउने केन्द्रीय उपाध्क्ष केसिले बताउनुभयो । यो अभियान अन्तरगत खेलकुद र मनोरञ्जनसँग जोडिएर सदस्यता विस्तार गर्ने, अभिलेख गर्ने ...
एमालेले खोटाङमा माल्यापर्ण गरेर मनायो पुष्पलालको ४५ औँ स्मृति दिवस

एमालेले खोटाङमा माल्यापर्ण गरेर मनायो पुष्पलालको ४५ औँ स्मृति दिवस

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस शालिकमा माल्यार्पण गरेर मनाएको छ । जिल्ला पार्टी कार्यालय अगाडी निर्माण गरिएको श्रेष्ठको शालिकमा आज बिहान माल्यार्पण गरेर ४५औँ स्मृति दिवस मनाएको हो । पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेर २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेकपाका संस्थापक महासचिव उनै श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा आज देश तथा विदेशमा विभिन्न कम्युनिस्ट पार्टीहरुले कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । सोही अवसरमा खोटाङमा एमालेले श्रेष्ठको शालिकमा माल्यर्पण गरेको हो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई, एमालेका जनसंगठन कोशी प्रदेशका इन्चार्ज यज्ञराज सुनुवार, एमाले खोटाङका इन्चार्ज...
रास्वपाको लफ्याङ पश्चात बाम्राङमा वडा कमिटी गठन

रास्वपाको लफ्याङ पश्चात बाम्राङमा वडा कमिटी गठन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा दोस्रो वडा कमिटी गठन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ पश्चात वडा नम्बर ३ बाम्राङमा शनिबार वडा कमिटी गठन गरिएको (रास्वपा) ले जनाएको छ । बाम्राङमा भएको भेलाले भानुभक्त खत्री (रोशन) को संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको छ । समितिको सह–संयोजकमा आस्विन राई (किरण), सचिवमा मीना आचार्य पाण्डे, सह–सचिवमा कुमार थापा, कोषाध्यक्षमा दुर्गा रम्तेल, सदस्यहरुमा कल्पना बस्नेत, शिव दाहाल, सन्दीप दाहाल, नबिन थापा, ज्ञान बहादुर दाहाल र सबिन राई रहेको निर्वाचन क्षेत्र समिति सदस्य मुकुन्द कृष्ण थापाले जानकारी दिए । कमिटी गठन कार्यक्रममा तदर्थ जिल्ला समितिका कोषाध्यक्ष पर्शुराम थापा (आशिष), सचिव किशोर आचार्य, प्रदेश समितीको गुनासो ब्यवस्थापन बिभागका प्रस्तावित सदस्य बिजय मिश्र, लफ्याङका संयोजक सोनाम हाङ राई लगायतको उपस्थिति...
अनेरास्ववियुको जिल्ला सम्मेलन असोजमा, संयोजकमा खड्का र सह–संयोजकमा उपरकोटी

अनेरास्ववियुको जिल्ला सम्मेलन असोजमा, संयोजकमा खड्का र सह–संयोजकमा उपरकोटी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २३ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खोटाङ जिल्ला सम्मेलन आगामी असोजमा हुने भएको छ । मंगलबार बसेको अनेरास्ववियुको बैठकले २४ औं जिल्ला सम्मेलन असोजको पहिलो साता गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकलले जिल्ला सम्मेलनको लागि आयोजक कमिटिसमेत गठन गरेको छ । कमिटिको संयोजकमा अनेरास्ववियु खोटाङका वर्तमान उपाध्यक्ष यम खड्का र सह–संयोजकमा सचिव विष्णु उपरकोटी रहेका छन् ।...
नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङको अध्यक्षमा दर्नाल र सचिवमा रम्तेल

नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङको अध्यक्षमा दर्नाल र सचिवमा रम्तेल

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ १५ । नेकपा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङको अध्यक्षमा अर्जुन दर्नाल चयन भएका छन् । समाजको ७ औँ जिल्ला अधिवेशनले दर्नाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । एमालेको पार्टी कार्यालय पुस्पलाल स्मृति भवन दिक्तेलमा सोमबार भएको अधिवेशले दर्नालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अगम परियार र बम बहादुर विश्वकर्मा, सचिवमा रेखा रम्तेल चयन भएका छन् । यस्तै, उप–सचिवमा लोकमणी विश्वकर्मा, रमेश परियार, भक्त विश्वकर्मा र कोषाध्यक्ष कृष्ण परियार सर्वसम्मत चयन भएकासमाजका निवर्तमान सचिव विष्णु उपरकोटीले बताए । निवर्तमान अध्यक्ष दिपक ठटालको अध्यक्षतामा भएको अधिवेशनमा उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय महासभिव तथा संविधानसभा सदस्य खेम नेपाली, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, सचिव कुमार आचार्य, सचिवालय सदस्य चर्च बहादुर विश्वकर्म...
ठेकेदारको बिरोध गर्दै सांसद राईको नेतृत्वमा महुरेमा चक्का जाम

ठेकेदारको बिरोध गर्दै सांसद राईको नेतृत्वमा महुरेमा चक्का जाम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, रोचक, समाचार, स्थानीय
खोटाङ, वैशाख १७ । सडक कालोपत्रे काममा ढिलासुस्ती भएको भन्दै ठेकेदार विरुद्ध सांसदको नेतृत्वमा चक्का जाम गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङस्थित महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै प्रदेश सांसद पाँचकर्ण राईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय नागरिकले आइतबार बिहान चक्का जाम गरेका छन् । दुई खण्डमा विभाजन गरेर कालोपत्रको कामे सुरु गरिएको महुरे–फोक्सिङटार सडकखण्डको काम लामो समयदेखि अलपत्र छ । अलपत्र सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गराउनुपर्ने माग राख्दै सांसद राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, वडाध्यक्षहरु लगायत स्थानीयले चक्का जाम गरेका हुन् । सगरमाथा राजमार्ग र मध्यपहाडी लोकमार्ग जोडिएको महुरेमा सांसद राई लगायतले सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए । काम गर्छु भनेर सधै ढाटिरहने ठेकेदार सडक कालोपत...
खोटाङका सबै पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने जिल्लासभाको निर्णय

खोटाङका सबै पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने जिल्लासभाको निर्णय

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत २७ । जिल्ला समन्वय समिति खोटाङको सातौं जिल्लासभाले जिल्लाका सबै पालिका जोड्ने सडक स्तरोन्नती तथा कालोपत्रे गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई, प्रदेशसभा सदस्य पाँचकर्ण राई र जिल्लाका १० वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न सभाले पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने नीतिगत निर्णय गरेको हो । जिल्ला सदरमुकाम दिक्तेलबाट सबै पालिका केन्द्रसम्म जोड्ने सडकहरु दिक्तेल–साप्सुखोला–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–रोक्सिङ–खोटाङवजार हुँदै चिसापानी–मौवावोटे–बंशीलासम्मको सडक खण्डको स्तरोन्नती तथा कालोपत्रे गर्नको लागि सम्बन्धित मन्त्रालयमा पहल लिने, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड कालोपत्रे गर्न माग गर्ने, जालपा–बाक्सिला सडक खण्डलाई कालोपत्रेको लागि माग गर्ने सोल्मा–पाथेका–फेदीसम्मको सडकलाई कालोपत्रेको लागि माग गर...