केपिलासगढी गाउँपालिकाले कृषकका कृषि उपज भण्डारण र बजारीकरण गरिदिने
खोटाङ, असार २० । खोटाङको केपिलासगढी गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषि उपजको भण्डारण र बजारीकरण गरिदिने भएको छ । कृषि उपजको बजार नभएको भन्ने कृषकको गुनासो आएकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषकहरुको गुनासोलाई सम्बोधन गरेको छ ।
गाउँपालिका अध्यक्ष समिर राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पालिकामा रहेको पुरानो भवनहरुलाई मर्मत गरी कृषि संकलन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइने उल्लेख छ । पालिका भरिका कृषकले उत्पादन गरेका कृषि उपज उचित मुल्यमा खरिद गरेर उक्त संकलन केन्द्रमा जम्मा गर्ने गाउँपालिकाको नीति छ । आगामी आर्थिक वर्ष भित्रै शीत भण्डारसमेत व्यवस्थापन गरिने बताइएको छ ।
चालु आर्थिक वर्ष बाटै तोरी तेलमा आत्मनिर्भर बनाउने योजना बनाएको पालिकाले आगामी वर्ष अझै उत्पादन बृद्धि गर्न व्यवस्थापन गर्ने र उत्पादनको आधारमा पुरस्कार प्रदानको नीति ...









