Thursday, April 30News That Matters

अर्थ

१५ दिनमा हलेसी मन्दिरको भेटी करिब ४ लाख

१५ दिनमा हलेसी मन्दिरको भेटी करिब ४ लाख

अर्थ, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ, जेठ २६ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा आस्थाको केन्द्र हलेसी मन्दिरबाट १५ दिनको अवधिमा करिब ४ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । जेठ ९ गतेदेखि २३ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट ३ लाख ८५ हजार ७ सय २० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट २ लाख २१ हजार ५ सय, मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ८५ हजार १ सय २० र बसाहा गुफामा रहेको दानपेटिकाबाट ७९ हजार १ सय रुपैयाँ भेटी संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । भेटीको रकमबाट हलेसी बजारलगायतका क्षेत्र र मन्दिरमा रहेको सार्वजनिक शौचालयको हचको सरसफाइ, बिजुली र पानीको महसुल, दूध, दही, खाजा, भेटी गणना, अतिथि सत्कारलगायतमा १ लाख ६७ हजार ५ सय २० रुपैयाँ खर्च भएको छ । खर्च कटौतीपछि बाँकी रहेको रकम...
आगामि आर्थीक वर्षमा खोटाङलाई ३ अर्ब ६२ करोड १ लाख बजेट (कुन पालिकामा कति) ? हेर्नुहोस् ।

आगामि आर्थीक वर्षमा खोटाङलाई ३ अर्ब ६२ करोड १ लाख बजेट (कुन पालिकामा कति) ? हेर्नुहोस् ।

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २० । सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाएको छ । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई आगामि आर्थीक वर्ष २०७९/०८० का लागि पठाउने बजेट टुङ्गो लगाएको हो । दुइ नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङले समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी ३ अर्ब ६२ करोड १ लाख रुपैयाँ बजेट पाएको छ । जिल्लाको सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६५ करोड १५ लाख र सबै भन्दा कम बराहपोखरी गाउँपालिकाले २४ करोड २४ लाख रुपैयाँ बजेट पाएको हो । हलेसी तुवाचुङ नगरपालिकाले ४९ करोड ६ लाख, एँेसेलुखर्क गाउँपालिकाले ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकाले २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकाले ४३ करोड १ लाख बजेट पाएका छन् । यस्तै जन्तेढुंगा गाउँपालिकाले २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ३७ करोड ९२ लाख, ...
आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल

आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल

अर्थ, ताजा अपडेट
काठमाडौं, जेठ १७ । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोक्नुभएको छ ।...
दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १६ । बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ । उक्त जलविद्युत आयोजना निर्माणकालागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त अयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण भइरहेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटमा उक्त आयोजना निर्माण गर्...
हलेसी मन्दिरको भेटी १९ दिनमा ११ लाख २६ हजार

हलेसी मन्दिरको भेटी १९ दिनमा ११ लाख २६ हजार

Banner News 3, अर्थ, धर्म संस्कृति
खोटाङ, २४ वैशाख । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको पवित्र सङ्गमस्थल हलेसी मन्दिरबाट १९ दिनमा ११ लाख बढी भेटी सङ्कलन भएको छ । २०७९ वैशाख १ गतेदेखि १९ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकले ११ लाख २६ हजार ९६ रुपैयाँ भेटी चढाएका हुन् । हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईकाअनुसार हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ७ लाख ७३ हजार ५ सय, मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ६९ हजार ६ सय, रुद्री, पुराण, लाखबत्ती र अन्य सहयोगबाट २ लाख ८२ हजार ९ सय ९६ रुपैयाँ भेटी सङ्कलन भएको छ । भेटीबापतको आम्दानीबाट विद्युत, पानी, रुद्री, पुराण, लाखबत्तीको रसिद कटाएबापतको खर्च, दूध, दही, खाजा, भेटी गणना, अतिथि सत्कार र अन्य गरी १ लाख ४० हजार ६ सय ३४ रुपैयाँ खर्च गरिएको छ । खर्च कटाएर बाँकी रहेको रकम ९ लाख ८५ हजार ४ सय ६२ रुपैयाँ माछापुच्छ्रे बैङ्क, हलेसी शाखामा...
खोटाङ : ट्राफिक नियम तोड्ने ५ हजार बढी सवारी साधनलाई कारबाही, साढे ३९ लाख बढी राजस्व सङ्कलन

खोटाङ : ट्राफिक नियम तोड्ने ५ हजार बढी सवारी साधनलाई कारबाही, साढे ३९ लाख बढी राजस्व सङ्कलन

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ७ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनामा ट्राफिक निमय उल्लङ्घन गर्ने ५ हजार ४ सय १ वटा सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती महिना साउनदेखि चैत मसान्तसम्मको अवधिमा नियमविपरीत सञ्चालन भएका ती सवारी साधनलाई कारबाही गरेको हो । नियम पालना नगर्ने ती सवारी साधनलाई तिराइएको जरिवानाबाट यस अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार यस अवधिमा सबैभन्दा बढी मङ्सिरमा ९ सय ४५ र सबैभन्दा कम साउनमा ४ सय १३ वटा सवारी साधन कारबाहीमा परेका छन् । साउनमा ४ सय १३ सवारी कारबाहीबाट २ लाख ६३ हजार, भदौमा ५ सय ८७ सवारी कारबाहीबाट ४ लाख ४४ हजार, असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७ हजार, कात्तिकमा ९ सय ५ सवारी कारबाहीबाट ६ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको...
१० दिनमै हलेसी मन्दिरको भेटी करिब ७ लाख

१० दिनमै हलेसी मन्दिरको भेटी करिब ७ लाख

Banner News 2, अर्थ, समाज, स्थानीय
खोटाङ, चैत ३० । त्रिधार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा झण्डै ७ लाख रुपैयाँ भेटी संकलन भएको छ । १९ देखि २८ चैतसम्म मन्दिर दर्शन तथा अवलकोनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट ६ लाख ७२ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । यस अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ४ लाख ६८ हजार २ सय, मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ८० हजार ९ सय ५०, बसाहा गुफाको दानपेटिकाबाट ९३ हजार ९ सय ८० रुपैयाँ भेटी संकलन भएको छ । यस्तै शिवरात्री र रामनवमी मेलामा चढाइएको चामल बिक्रीबाट २५ हजार २ सय र ढ्याक्के सटहीबाट ३ हजार ९ सय रुपैयाँ संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । भेटीबापतको आम्दानीबाट विद्युत र पानीको महसुल, नौमती बाजा बजाउँदा, रामनवमी मेलामा खटाइएका अस्थायी कर्मचारीको तलबभत्ता, दूध, दही, खाजा, भेटी गणना लगायतमा गरी. १ लाख ३ हजार...
बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
-पवन खड्का खोटाङ, चैत २६ । खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) सञ्चालनमा आएको छ । हरेक शुक्रबार जिल्लाकै सर्वाधिक ठूलो साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको शुक्रबार प्रतिनिधिभा सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभएको हो । लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा यसअघि चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या थियो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै उक्त समस्या अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका ...
हलेसी तुवाचुङ : महिलाको अवस्था फेर्दै ‘बिउ पूँजी घुम्ती कोष’

हलेसी तुवाचुङ : महिलाको अवस्था फेर्दै ‘बिउ पूँजी घुम्ती कोष’

Banner News 1, अर्थ, ताजा अपडेट, समाज, स्थानीय
–पवन खड्का खोटाङ, चैत २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको महिला आमा समूह लक्षित बिउ पूँजी घुम्ती कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ बाट कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गएको हो । कार्यक्रममा सहभागी महिला आमा समूहले कार्यक्रम बापत नगरपालिकाबाट प्राप्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्दा महिलाको विगतको आर्थिक अवस्थामा सुधार आएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रस्ताव आह्वान गरेर छनोट भएका महिला आमा समूहलाई द्विपक्षीय सम्झौतापछि प्रतिसमूह १ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने गरेको छ । हालसम्म नगरपालिकाका ३५ वटा आमा समूहले कार्यक्रम बापतको रकम पाएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा १५ र चालु आर्थिक वर्ष २०७८/०७९ मा २० वटा आमा समूह कार्यक्रममा समेटिएका नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख...
१८ दिनमा हलेसी मन्दिरको भेटी पाँच लाख

१८ दिनमा हलेसी मन्दिरको भेटी पाँच लाख

Banner News 3, अर्थ, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २१ । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १८ दिनको अवधिमा पाँच लाख बढी भेटी संकलन भएको छ । चैत १ गते देखि १८ गते सम्मको अवधिमा ५ लाख ४ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार यस अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानको दान पेटिकाबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ६८ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको छ । संकलित भेटीको रकमबाट पानी, भेटी गणना, अतिथि सत्कार, खाजा खर्च लगायतमा गरी ६२ हजार ५ सय १० रुपैयाँ खर्च गरिएको छ । बाँकी रकम ४ लाख ४२ हजार ३ सय ९० रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिनुभयो । यस्तै धुमथाङ–१ सिन्धुपाल्चोक निवासी धनबहादुर गुरुङल...