Friday, April 17News That Matters

खेलकुद

रावा बेसीमा कुभिण्डे पहिलो पटक च्याम्पियन, दुवेकोलका ४० जना सम्मानित

रावा बेसीमा कुभिण्डे पहिलो पटक च्याम्पियन, दुवेकोलका ४० जना सम्मानित

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २३ । खोटाङको रावा बेसी गाउँपालिकामा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो पटक कुभिण्डे च्याम्पियन बनेको छ । पालिका भित्रका वडा स्तरीय भलिबल प्रतियोगितामा वडा नम्बर १ कुभिण्डेले पहिलो पटक उपाधि जित्न सफल भएको हो । ६ वटा वडा रहेको रावा बेसीमा हरेक वर्ष वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने गरेको छ । प्राय डुम्रे धारापानी र दुवेकोलले जित्दै आएको यस प्रतियोगितामा यस पटक कुभिण्डे च्याम्पियन बनेको हो । मंगलबार सम्पन्न फाइनल खेलमा कुभिण्डेले वडा नम्बर ५ दुवेकोललाई पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कुभिण्डेले नगद १ लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको दुवेकोलले नगद ७० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको तेस्रो र चौथो भएका लामिडाँडा र हौँचुरलाई क्रमश ४० हजार र २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान ग...
राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा मावि खार्पालाई, देउराली दोस्रो, हौँचुर तेस्रो

राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा मावि खार्पालाई, देउराली दोस्रो, हौँचुर तेस्रो

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २१ । रावा बेसी गाउँपालिमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालय खार्पाले जितेको छ । गाउँपालिका भित्रका अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १२ स्वर्ण, १० रजत र ४ कास्य गरी कुल २६ पदकसहित खार्पाले उपाधि जितेको हो । बिहिबारबाट वडा नम्बर ४ डुम्रे धारापानीस्थित देउराली माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ८ स्वर्ण, १० रजत र ६ कास्यसहित आयोजक देउराली मावि प्रतियोगिताको दोस्रो भएको छ । ६ स्वर्ण, १ रजत र ६ कास्यसहित शारदा मावि हौँचुर तेस्रो भएको गाउँपालिकाले जनाएको छ । विजेता विद्यालयहरुलाई शिल्ड र प्रमाणपत्र, पदक विजेता खेलाडीहरुलाई मेडल र प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ लगायतले प्रदान गर्नुभएको थियो । यस्तै, गाउँपालिका भित्रका ७ वटा माध्यमिक...
केएफए दिक्तेल हलेसी मेयर गोल्ड कपको पाँचौ संस्करण आगामी वैशाखमा

केएफए दिक्तेल हलेसी मेयर गोल्ड कपको पाँचौ संस्करण आगामी वैशाखमा

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २० । खोटाङमा विगत ७ वर्षदेखि सञ्चालन भइरहेको आमन्त्रित “केएफए दिक्तेल हलेसी मेयर गोल्ड कप” को पाँचौ संस्करण आगामी वैशाखमा हुने भएको छ । “स्थानिय खेलाडीको विकास र पहिचान, खोटाङ फुटबल एकेडेमीको अभियान” भन्ने मुल नारासहित चार संस्करण सम्पन्न भइसकेको यस प्रतियोगिताको पाँचौ संस्करण आगामी वैशाख २३ गतेदेखि २९ गतेसम्म माटिकोरे खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको हो । २०७३ साल बाट सुरु भएको यस प्रतियोगिताको पहिलो उपाधि खोटाङ फुटबल एकेडेमीले जितेको थियो । क्रमश अन्य संस्करणको उपाधि युवा जागरण क्लब, योङ ब्याईज युनाईटेड र नेर्पा स्पटोस क्लबले जितेका थिए । ०७६ र ७७ मा कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता आयोजना गरिएको थिएन् । नेर्पा स्पटोस क्लबले जितेको अघिल्लो संस्करणमा प्रथम पुरस्कार राशी नगद रु १ लाख ५० हजार राखिएको थियो । यस संस्करणमा पुरस्कार राशी करीब ३ लाखको बनाउने गरी तयारी...
पिपलडाँडा माविलाई पुनः उपाधि, दाम्लि मावि दोस्रोहुँदा च्यास्मीटर मावि तेस्रो

पिपलडाँडा माविलाई पुनः उपाधि, दाम्लि मावि दोस्रोहुँदा च्यास्मीटर मावि तेस्रो

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मंगलटारस्थित पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले जितेको छ । देवीस्थानले लगातार दोस्रो पटक प्रथम शिल्ड आफ्नो पोल्टामा पारेको हो । अघिल्लो वर्ष उपाधि जितेको देवीस्थानले यो वर्ष पनि ९ स्वर्ण, ५ रजत र ७ कास्य पदकसहित उपाधि जितेको नगरपालिकाले जनाएको छ । अर्खौले विजुलेस्थित सालपा खेलमैदानमा शनिबारदेखि सञ्चालन भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ । डिकुवास्थित दाम्लि माध्यमिक विद्यालय ४ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित प्रतियोगिताको दोस्रो भएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । यस्तै, च्यास्मीटर मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तेस्रो भएको छ । एथलेटिकमा २६, भलिबलमा २ र कवड्डिमा २ गरी कुल ३० स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो । जसमा ज्योति माविले ३ स्वर्ण, ६ रज र...
हलेसीमा राष्ट्रपति रनिङ शिल्ड सुरु, कानुन मन्त्री धनराज गुरुङद्धारा उद्घाट

हलेसीमा राष्ट्रपति रनिङ शिल्ड सुरु, कानुन मन्त्री धनराज गुरुङद्धारा उद्घाट

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शनिबार उद्घाटन गर्नुभएको हो । संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित दश लाख लागतमा सञ्चालन हुने प्रतियोगितामा ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ । माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका १२ वटा सामुदायिक माध्यमिक विद्यालय र २ वटा संस्थागत गरी १४ वटा विद्यालय सहभागि रहेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले बताउनुभयो । वडा नम्बर १० अर्खौले विजुलेस्थित सालपा खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा छात्रातर्फ २९० जना र छात्रतर्फ २६१ जना विधार्थी खेलाडी सहभागी रहेको उहाँको भनाइ छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने छ । दोश्र...
खोटाङको सिम्पानीमा एक लाख पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

खोटाङको सिम्पानीमा एक लाख पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ६ । खोटाङको सिम्पानीमा एक लाख बढी पुरस्कार राशीको पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी वडा कार्यालयको आयोजनामा खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । सिम्पानीस्थित सिम्पानी माध्यमिक विद्यालयको प्रांगणमा माघ १८ देखि २० गतेसम्म हुने प्रतियोगिता नकआउटको आधारमा खेलाइने वडाध्यक्ष चन्द्र बहादुर पाथाले जानकारी दिनुभयो । खेलमा सहभागिताको लागि पालिकाको सिफारिस र खेलाडीको परिचय खुल्ने कागजात अनिवार्य गरिएको उहाँको भनाइ छ । प्रतियोगिताको प्रथम हुने टिमले रु १ लाख १ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने टिमलाई क्रमश रु ७१ हजार १११ र रु ५१ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष थापाले बताउनुभयो । यस्तै, विद्यागत उत्कृष्ट ६ खेलाडीलाई पनि पुरस्...
खोटाङमा डेढ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु

खोटाङमा डेढ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २२ । डेढ लाख पुरस्कार राशिको ‘नेर्पा भुलभुले अन्तरवडा स्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करण सुरु भएको छ । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १८ वटा वडाका खेलाडी सहभागी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको संसारीडाँडास्थित क्लबको आफ्नै खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगितामा आयोजक ‘ए’ टिमले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई ट्राइब्रेकरमा ६–५ ले हराउँदै आयोजक नेर्पा ‘ए’ले विजयी सुरुवात गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । आफ्नो टिमलाई जिताउन महत्वपुर्ण भुमिका निभाएका नेर्पाका गोल रक्षक इन्देश गुरुङ म्यान अफ दि म्याच चुनिदै नगद रु एक हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्र...
टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते

टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २६ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा आयोजित साबिकको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र महिलातर्फ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले जितेको छ । टेम्मास्थित धिप्लुङ झर्ना न्यु स्टार युवा संस्थाले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिसँगै राजापानीले नगद रु ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फ दोस्रो र तेस्रो हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको खुमुम्बु र सोही गाउँपालिकाको वडा नम्बर ७ टेम्मास्थित गोपिलेले क्रमस नगद रु २० हजार र रु १० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष विविचन राईले बताए । महिलातर्फ प्रथम भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले नगद रु ७ हजार ७७७ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो र...
बास्पानीमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई, सुङ्देल दोस्रो

बास्पानीमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई, सुङ्देल दोस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीमा आयोजित अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा फुटबल क्लबले जितेको छ । खकलुङ युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै नेर्पाले नगद रु ३० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । खकलुङ युनाइटेड क्लबको खोक्मा खेल मैदानमा बिहिबारबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । शनिबार भएको फाइनल खेलमा सुङ्देल फुटबल क्लबलाई ६–१ गोल अन्रतले हगाउदै नेर्पाले उपाधि जितेको हो । दोस्रो भएको सुङ्देलले नगद रु २० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको खेल संयोजक किरण राईले जानकारी दिए । प्रतियोगिताको सेमिफाईनलिस्ट हुने राईजिङ स्पोर्टस् क्लब बाम्राङ र सप्तेस्वर स्पोर्टस् क्लबलाई नगद रु ६÷६ हजार प्रदान गरिएको छ । उक्त वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राईले...
खोटाङ : जसले ढिलो मोटरसाइकल चलाउछ, उसले १० हजार जित्ने प्रतियोगिताहुँदै

खोटाङ : जसले ढिलो मोटरसाइकल चलाउछ, उसले १० हजार जित्ने प्रतियोगिताहुँदै

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २२ । खोटाङमा “स्लो राइड” मोटर साइकल प्रतियोगिता हुने भएको छ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल खोटाङको आयोजनामा “स्लो राइड” मोटर साइकल प्रतियोगिता हुन लागेको हो । जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा कात्तिक २४ गते हुने उक्त प्रतियोगितामा प्रथाम हुने ब्यक्तिले रु १० हजार १११ नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुने ब्यक्तिले क्रमश रु ६ हजार ६६६, रु ४ हजार ४४४ नगदको साथमा मेडल र प्रमाणपत्र पाउने खेल संयोजक कविराज रिजालले बताउनुभयो । यस्तै, “स्लो राइड” मोटर साइकल प्रतियोगितासँगै हण्डिफोर प्रतियोगिता पनि युवा संघले आयोजना गरेको छ । हण्डिफोरको प्रथम हुने ब्यक्तिले रु ५ हजार ५५५ नगदसँगै मेडल र प्रमाणपत्र पाउने छन् । सोही दिन शुभ दिपावलीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम पनि हुने राष्ट्रिय युवा संघ नेपा...