गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग
खोटाङ, माघ १८ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल खोटाङले विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐनहरूका विरुद्ध वन विभाग परिसर, बबरमहल काठमाडौंमा शान्तिपूर्ण रूपमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गरिरहँदा पक्राउ परेका सामुदायिक वन अधिकारकर्मीलाई रिहा गर्न माग गरेको हो ।
विरोधमा उत्रिँदा पक्राउ परेका सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठकसहितका सामुदायिक वन अधिकारकर्मीलाई नेपाल सरकारको सुरक्षा निकायले धरपकड र गिरप्तार गरेकोप्रति महासंघले भत्र्सना गरेको छ । नेपालको संविधानको धारा १७ बमोजिम प्रत्येक नागरिक र नागरिक समाजलाई आफ्ना सवालहरूका विष...








