कांग्रेस खोटाङ अधिवेशन रोचक मोडमा, सभापतिमा बिष्णु र सर्वधन भिड्दै
खोटाङ मंसिर ६ : नेपाली कांग्रेसको १४ औ माहाधिवेशन अन्तरगत खोटाङ जिल्लाको अधिवेश सुरु भएको छ । वडा, पालिका र प्रदेश सभा अधिवेशन सम्पन्न पश्चात सदरमुकाम दिक्तेलमा आजबाट जिल्ला अधिवेशन सुरु भएको हो ।
यस अघि जिल्ला सभापतिमा चार जना आकंक्षी देखिएपनि अन्तीममा दुई समुह भएर चुनावी मैदानमा जाने भएका छन । आज भएको उम्मेद्वार मनोनयन दर्ता अनुसार दुई समुह चुनावी मैदानमा जाने पक्का भएको हो । यद्यपी उम्मेद्वारको अन्तीम नामवली भने सार्वजनिक हुन बाकी छ । मनोनय दर्ता अनुसार जिल्ला सभापतिको लागि पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार राई र पुर्व राज्यमन्त्री सर्वधन राई बिच प्रतिस्पर्दा हुने पक्का भएको हो ।
यस अधि महासमिति सदस्य रवि प्रकाश राई र महाधिवेशन प्रतिनिधि एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपनि अन्तीममा पुर्व राज्यमन्त्री राईसँ...









