Friday, April 17News That Matters

Author: रुपाकोट खबर

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने

Banner News 3, ताजा अपडेट, समाचार, समाज
आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेकाे छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उहाँले बताउनुभयो । भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुई/तीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने हल्का पानी पर्ने अनुमान छ । ‘आजदेखि देशका धेरै ठाउँमा मौसम सफा हुन्छ, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी परे पनि बाढी र डुबान हुने गरी ठूलो  वर्षा र झरीको सम्भावना छैन’ मौसमविद् पौडेलले भन्नुभयो । गएको आइतवारदेखि अस्तिसम्म पश्चिमी क्षेत्रमा धेरै पानी पारेको प्रणाली हिजो पूर्व सरेको थियो । आ...
बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
काक्तिक ४ गते : बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन । ५० घरमा पानी पसेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन्। इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ । खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन । नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाए...
खोटाङमा कोरोनाका नयाँ संक्रमित शुन्य, सक्रिय संक्रमितको सङ्ख्या १८ मा झर्यो

खोटाङमा कोरोनाका नयाँ संक्रमित शुन्य, सक्रिय संक्रमितको सङ्ख्या १८ मा झर्यो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ काक्तिक ३ गते : खोटाङमा लगातार नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । जिल्लाको बिभिन्न ठाउँमा आज १३ जनाको एन्टीजेन परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । जिल्लामा काक्तिक १ र २ गते ४२÷४२ जनामा एन्टीजेन परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको थिएन । यस्तै आज थप १३ जना संक्रमितले कोरोना परास्त गरेसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८ मा झरेको छ । १८ जनाकै अवस्था सामान्य रहेको कारण सबै संक्रमित घरमै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो ।...
चाडपर्व मानउन खोटाङ भित्रिने बढे

चाडपर्व मानउन खोटाङ भित्रिने बढे

Banner News 1, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
२४ असोज, खोटाङ । दसैँ, तिहारलगायत चाडपर्व मनाउन खोटाङ जिल्ला भित्रिनेको संख्या बढेको छ । जिल्लाबाहिर कर्मथलो बनाई जन्मथलो आउनेहरूको संख्या बढेको हो । शुक्रबारसम्म फाट्टफुट्ट मात्र यात्रु जिल्ला भित्रिएकोमा शनिबार र आइतबार जिल्ला भित्रिनेको संख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ । हालसम्म जिल्लाबाहिरबाट करिब एक हजार जना जिल्ला भित्रिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले जानकारी दिनुभयो । जिल्लाबाट बाहिरिनेको संख्या भने न्यून रहेको उहाँको भनाइ छ । चाडपर्वमा यात्रु समस्यामा पर्न सक्ने कुरालाई मध्यनजर गर्दै सदरमुकाम दिक्तेलस्थित रत्नपार्कमा यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याइएको छ । सहायता कक्षबाट भाडा दर, गाडी छुट्ने समय, यात्राको क्रममा सामान छुटे वा यात्रुमाथि अभद्र व्यवहार भए जानकारी लिनदिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।...
बजार अनुगमन : दिक्तेलबजारमा ४५ हजार बढीको अखाद्य सामग्री नष्ट

बजार अनुगमन : दिक्तेलबजारमा ४५ हजार बढीको अखाद्य सामग्री नष्ट

Banner News 2, समाचार, समाज, स्थानीय
२४ असोज, खोटाङ । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा खोटाङ सदरमुकाम दिक्तेलबजारमा कैफियत भेटिएका अन्दाजी ४५ हजार रकम बढीको सामग्री नष्ट गरिएको छ । शुक्रबार, शनिबार र आइतबार गरिएको बजार पसल अनुगमनबाट सो रकम बराबरको उपभोक्ता हित विपरीतका सामग्री नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । अनुगमनका क्रममा सडेको, प्रतिबिन्धित, म्याद गुज्रेका र उत्पादन मिति उल्लेख नभएका सामग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । जफत गरिएका केही सामग्री कारबाहीमा पर्न सक्ने देखिएकाले छानबिनको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । अनगुगमनका क्रममा उपभोक्ता हित विपरीतका व्यापारिक कार्य गर्ने पसल सञ्चालकहरूलाई आगामी दिनमा गल्ती नदोहो-याउन सचेत गराइएको पनि सहायक प्रजिअ श्रेष्ठले बताउनुभयो । साथै बजार अनुगमन कार्य नियमित सञ्चालन हुने पनि उहाँको भनाइ छ । चाडपर्वको बेल...
यसरी सदुपयोग हुँदैछ हलेसीमा मकैको खोसेला

यसरी सदुपयोग हुँदैछ हलेसीमा मकैको खोसेला

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज २० : मकैको खोसेलाबाट बन्ने विभिन्न सामग्री निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिकाका महिलालाई यस सम्बन्धी सीप विकास तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङसँगको समन्वयमा १२ दिनको आधारभूत तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिनुभयो । हलेसी तुवाचङ नगरपालिका–७, ऐँसेलुखर्कमा असोज ८ देखि १९ गतेसम्म सञ्चालन भएको तालिममा १९ जना महिला सहभागी थिए । सहभागीहरूलाई यसअघि नगरपालिकाले आयोजना गरेको तालिममा लिनुभएकी मनिषा राईले प्रशिक्षण दिनुभएको थियो । मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्ने तालिम दिइएको हो । सामान्यतया घाँसको रूपमा गाईवस्तुलाई खुवाउने गरिएको खोस्टाबाट घरायसी आकर्षक घरायसी सामग्री उत्पादन गरी...
अदृश्य कला केन्द्रकोे “फाटेको रुमाल” युटुवमा सार्वजनिक (भिडियो सहित)

अदृश्य कला केन्द्रकोे “फाटेको रुमाल” युटुवमा सार्वजनिक (भिडियो सहित)

Banner News 2, मनोरञ्जन, स्थानीय
खोटाङ असोज १८ : अदृश्य कला केन्द्रको प्रस्तुतीमा “फाटेको रुमाल” बोलको पुर्वली लोक गीत युटुवमा सार्वजनिक भएको छ । चर्चित रियालिटि सो “द भोईस अफ नेपाल तीन” की फाईनालिष्ट तारा श्रीस मगर र खोटाङका गायक कुबेर राईको आवाज रहेको “फाटेको रुमाल” आज (सोमबार) तुवाचुङ टिभि युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । कुबेर राईको संगित र एकराज दोसाँधको शब्दमा तयार भएको “फाटेको रुमाल” पुर्वेली लोक गीत किङ रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । जसको एरेन्ज राजु कार्कीले गर्नु भएको छ । पाँच वटा गीतको सफलता पश्चात छैटौँ कोसेलीको रुपमा “फाटेको रुमाल” लिएर आएको अदृश्य कला केन्द्रले यो गीतले पनि दर्सक स्रोताको मन जित्ने आशा लिएको केन्द्रका महासचिव एवं गीतका रचनाकार एकराज दोसाँधले बताउँनु भयो ।   भिडियोको लागि यो लिंकमा क्लीक गर्नुहोस http://https://youtu.be/eLdzaaydNWE...
खोटाङमा धामी झाँक्रीलाई तालिम

खोटाङमा धामी झाँक्रीलाई तालिम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १८ गते : खोटाङमा धामी झाँक्रीलाई तालिम प्रदान गरिएको छ । झारफुक गर्न धामी झाँक्रीसँग आउने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माणका लागि नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले तालिम प्रदान गरिएको हो । जिल्लाको दुई स्थानमा तालिमको आयोजना गरिएको थियो । जसमा दिक्तेलमा आयोजना गरिएको तालिममा २८ जना र हलेसीमा आयोजना गरिएको तालिममा ३५ जना धामी झाँक्रीको सहभागिता रहेको आयोजकले जनाएको छ । गाउँघरमा अझै पनि धामी झाँक्रीकै बिश्वास गर्ने र बिरामी पहिले धामी झाँक्रीसँगै जाने भएकाले आँखाका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ डाक्टरकहाँ गएर उपचार गराउनका लागि आग्रह गर्न तालिमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताउँनु भयो । कतिपय आँखाका बिरामीहरु अस्पतालसम्म नआइपुग्ने र आँखाको ज्योती गुमाउने गरेका कारण त्यस्...
हलेसीमा दर्शनार्थीको चहलपहल घट्यो

हलेसीमा दर्शनार्थीको चहलपहल घट्यो

Banner News 3, धर्म संस्कृति, समाचार, स्थानीय
पूर्वको पशुपति नामले परिचित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा भक्तजनहरूको चहलपहलमा कमी आएको छ । कोरोना कहरका कारण साढे चार महिना बन्द रहेको मन्दिर गत भदौ २८ गतेबाट पुनः खुला गरिएको भए पनि विगतको तुलनामा भक्तजनहरूको चहलपहलमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सोमबार र शनिबार हजारौँ र अन्य दिन सयौँको सङ्ख्यामा भक्तजनहरू हलेसी मन्दिर दर्शन गर्न आउने गरेका थिए । तर, हाल भने भक्तजनहरूकोे आगमनमा कमी आएको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । शनिबार करिब डेढ सय भक्तजन दर्शन गर्न मन्दिर आएका थिए भने अन्य दिन दशनार्थीको आगमन शून्य जस्तै रहेको उहाँले बताउनुभयो ।  हिन्दु धर्मालम्बीहरूको सोह्र श्राद्ध चलिरहेको कारण मन्दिरमा भक्तजनको आगमन कम भएको हुन सक्ने व्यवस्थापन समितिको आँकलन छ । जिल्लामा कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएपछि वैशाख १५ गतेबाट हलेसी म...
सामाजिक सेवा दिवसमा खोटाङमा तीन व्यक्ति सम्मानित

सामाजिक सेवा दिवसमा खोटाङमा तीन व्यक्ति सम्मानित

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १५ : ४२ औँ सामाजिक सेवा दिवसका अवसरमा खोटाङमा तीन जना व्यक्ति सम्मानित भएका छन् । सामाजिक क्षेत्रमा विशेष योगदान दिने तीन जनालाई सम्मान गरिएको गैरसरकारी संस्था महांसघ नेपाल, जिल्ला शाखा खोटाङका अध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो ।  सम्मानित हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडा सदस्य प्रकाशकुमार श्रेष्ठ, सोही वडाका युवा कविराज रिजाल र सोही नगरपालिका २ सोल्माका समाजसेवी चन्द्रप्रसाद आचार्य रहनुभएको छ ।  वडा सदस्य श्रेष्ठलाई कोभिड महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिएको, रिजाललाई कलिलो उमेरमै पनि कोभिड महामारी नियन्त्रणमा दिलोज्यान लगाएर खटिएको तथा आचार्यलाई वृद्धवृद्धा, अशक्त तथा अपांगलाई ४ हजार २ सय बढी लट्ठी निःशुल्क वितरण गरेर सहयोग गरेकाले सम्मान गरिएको अध्यक्ष राईले बताउनुभयो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि खोटाङका प्रमुख जिल्ला अधि...