Thursday, April 16News That Matters

Author: रुपाकोट खबर

भरुवा बन्दुक सहित खोटाङमा दुई ब्यक्ति पक्राउ

भरुवा बन्दुक सहित खोटाङमा दुई ब्यक्ति पक्राउ

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा अबैध हातहतियार सहित दुई ब्यक्ति पक्राउ परेका छन । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेका ४९ बर्षिय दिलसेर राई र सोहि ठाउँका ५५ बर्षिय खडग सिंह राईलाई १÷१ नाल भरुवा बन्दुक सहित शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ । घरमा अबैध हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय खोटाङबाट खटिएको प्रहरी निरिक्षकको टोलीले निजहरुको घर र गोठबाट भरुवा बन्दुक सहित उनिहरुलाई कानुन बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।...
दिक्तेलमा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यलय स्थापना, समानान्तर कमिटी समाहित

दिक्तेलमा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यलय स्थापना, समानान्तर कमिटी समाहित

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
मादव नेपालको नेतृत्वमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले खोटाङमा आफ्टो पार्टी कार्यलय स्थापना गरेको छ । आज एक कार्यक्रमका बिच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको पूरानो वेसक्याममा पार्टी कार्यलय स्थापननासँगै उद्धघाटन गरेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लगायतका पार्टी प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा प्रदेश समन्वय समिति संयोजक बीरबलकाजी राईले पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो । उपस्थित सबैले सफलताको शुभकमना दिएका छन । एमालेको २०७२ बैशाख १०–१४ गतेसम्म भएको छैटौ जिल्ला अधिबेशनबाट निर्वाचित ५९ जना जिल्ला कमिटीमध्येबाट २३ जना नेताहरु एमालेबाट एकीकृत समाजवादीमा आएको पार्टी सचिव जलशेर राईले बताउँनु भयो । यस्तै जिल्ला अध्यक्ष बबी चाम्लिङको अध्यक्षतामा आज बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार यस अघि जिल्लामा गठीत ६७ जनाको...
खोटाङका ७८ वडाले पायो कांग्रेसको नेतृत्व, ६९ वडामा सर्वसहमत ९ वडामा चुनाव

खोटाङका ७८ वडाले पायो कांग्रेसको नेतृत्व, ६९ वडामा सर्वसहमत ९ वडामा चुनाव

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङका ७८ वडामा नेपाली कांग्रेसको वडा अधिबेसन सकिएको छ । ७९ वडा रहेको जिल्लामा ६९ वडामा सर्वसहमत र ९ वडामा चुनावबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । सचिव जोसीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अधिबेसन विवादका कारण स्थगीत छ । सर्वसहमत नेतृत्व चयन नहुँदा जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको डाँडागाउँ, याम्खा र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल, ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल र हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा निर्वाचचनबाट नेतृत्व चयन भएको सचिव जोसीले बताउँनु भयो ।...
नेपाली सेनाद्वारा हलेसी गुफाको सरसफाइ

नेपाली सेनाद्वारा हलेसी गुफाको सरसफाइ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थान स्थीत पुर्वको पशुपती नामले चिनिने हलेसी गुफाको सरसफाई भएको छ । गोरखनाथ गण मुडे, व्यारेकका नेपाली सेनाले सुक्रबार हलेसी गुफासँगै बसाहा गुफाको सरसफाइ गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिनुभयो । दुवै गुफामा रुखका जरा बढ्दै गएपछि ढुंगा चोईटिएर जान थालेको थियो । मन्दिर वरीपरीको सरसफाई हरेक दिन गर्ने गरेपनि गुफाको भिक्तामा रहेका ढुंगा र रुखका जराको सरसफाई हुन सकेको थिएन । नेपाली सेनाका टोलीले शुक्रबार डोरीको माध्यमबाट सरसफाई गरेको मेयर राईले बताउँनु भयो । गत असारमा हलेसी गुफामा ढुंगा खसेको थियो । तर निशेधाग्यको कारण गुफा बन्द रहेको हुँदा मानवीय क्षेती हुन नपाएपनि गुफाको क्षेती भएको थियो । पुन ढुंगा खसेर मानवीय क्षेती हुने खतरा रहेको भन्दै हलेसी तुवाचुङ नगरपालिका र हलेसी महादेवस्थान मन्दिर व्यवस्थापन समितिको संयुक्त अनुरोधमा प...
खोटाङका ४५ वडामा कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन, रावाबेसीमा युवाको वर्चस्व

खोटाङका ४५ वडामा कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन, रावाबेसीमा युवाको वर्चस्व

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङका ४५ वडामा कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन गरिएको छ । आजबाट सुरु भएको अधिबेसनका क्रममा जिल्लाका ४५ वटा वडामा सर्वसहमत समिति चयन गरिएको नेपाली कांग्रेस खोटाङका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडा रहेका छन । जसमध्ये ४५ वडामा सर्वसहमत र केहि वडामा चुनाव मार्फत आज नेतृत्व चयन भएको छ भने अन्य वडामा भोली बिहान ७ बजेबाट चुनाव हुने उहाँले बताउँनु भयो । विवादका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडा अधिबेसन स्थगित गरिएको छ । चुनावका लागि वडाध्यक्षको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि आजरको वडा अधिबेसन स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताउँनु भयो । यस्तै रावाबेसी गाउँपालिकाको ६ वटै वडामा सर्वसहमत नेतृत्व चयन भएको छ । । यता हलेसी तुवाचुङ नगरपालिकाको २,३,५,६,७,८ र १० नम्बरमा सर्वसहमत नेतृत्...
खोटेहाङमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु, जन्तेढुंगामा भदौ २७ देखि

खोटेहाङमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु, जन्तेढुंगामा भदौ २७ देखि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङको खोटेहाङ गाउँपालिकाले बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु गरेको छ । गाउँपालिकामा कोरोना भाईरस को संक्रमणदर कम हुँदैगएपछि हिजो बिहिबार बाट पठनपाठन सुरु गरेको गाउँपालिकाले जनाएको छ । शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या कम भएको बिद्यालय बिहान १० बजेदेखी दिउँसो २ बजे सम्म सञ्चालन गरिनेछ । यस्तै शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या धेरै भएको बिद्यालयमा कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म र कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रदिप राईले जानकारी दिनुभयो । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुशार गाउँशिक्षा समितिको भदौ ८ गतेको बैठकले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पठनपाठन सुचारु गरिएको गाउँपालिका अध्यक्ष राईले बताउँनु भयो । जन्तेढुंगामा भदौ २७ देखि जन्तेढुंगा गाउँपा...
रावाबेसी क्षेत्रमा नेटवर्कको चरम समस्या, टावर बन्यो सञ्चालनमा आएन

रावाबेसी क्षेत्रमा नेटवर्कको चरम समस्या, टावर बन्यो सञ्चालनमा आएन

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  खोटाङ भदौ १७ गते : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा समस्या भएको स्थानीयले बताएका छन । गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिड्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । गाउँपालिकाको वडा नम्बर २ खार्पा र वडा नम्बर ५ दुबेकोलमा टेलीकमको टावार निर्माण भएको दुई बर्ष पुग्नै लाग्दा पनि हाल सम्म सञ्चालनमा नआएको स्थानीय बिष्णु उपरकोटीले बताउँनु भयो । घरबाट टेलीकमको टावार देखिन थालेको दुई बर्ष भयो तर आज सम्म मोबाईलमा नेटवर्कले प्रवेश नगरेकोे अर्का स्थानीय जीनब तामाङको भनाई छ । गाउँपालिकाको कार्यलयमा नेटवर्क नआउँदा सेवा प्रभाहमा समेत समस्या भएको प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । अतिआवश्यक काम पर्दा फोन गर्नको लागि कार्यलय छाडेर डाँडा तीर निस्कनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ...
नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले

नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले

Banner News 2, खेलकुद, ताजा अपडेट
मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् । दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् । नेपाल र भारतबीचकाे दाेस्राे मैत्रीपूर्ण फुटबल आउँदाे शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।...
कोरोना भाईरस संक्रमणका कारण खोटाङमा एक बालीकाको ज्यान गयो

कोरोना भाईरस संक्रमणका कारण खोटाङमा एक बालीकाको ज्यान गयो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १७ : खोटाङमा थप एक जनाको कोरोना भाईरस संक्रमणको कारण ज्यान गएको छ । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पामा हिजो बुधबार साँझ २० महिनाको बालिकाको ज्यान गएको स्वास्थ्य चौकि खार्पाले जनाएको छ । ४ दिन अगाडि मृतक बालीकाको बावु आमामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो बालीकाको मृत्यु भए पश्चात कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य चौकी खार्पाका प्रमुख अमिर बिश्वकर्माले जानकारी दिनुभयो । यो सहित जिल्लामा कोरोना संक्रमणको कारण ज्यान गुमाउँनेको सङ्ख्या १३ पुगेको छ ।...
वैदेशिक रोजगारी : एक वर्षमा १५ जना खोटाङका नागरिकको ज्यान गयो

वैदेशिक रोजगारी : एक वर्षमा १५ जना खोटाङका नागरिकको ज्यान गयो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
वैदेशिक रोजगारीमा गएका मध्ये गएको वर्षमा खोटाङका १५ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै मोरङका युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार आर्थिक वर्ष २०७७\७८ मात्रै मोरङका ५८ जनाले विदेशमै ज्यान गुमाएका छन् । मोरङपछि ज्यान गुमाउनेको सङ्ख्या सिराहा र धनुषाको धेरै छ । सिराहाका ५७ र धनुषाका पनि ५७ जनाको नै गएको वर्ष वैदेशिक रोजगारीको क्रममा ज्यान गएको छ । यस्तै महोत्तरीका ५५ जनाको, झापाका ५३ जनाको, स्याङ्जाका ४४ जनाको, सप्तरीका ४४ जनाको, सुनसरीका ४४ जनाको, नवलपरासी पश्चिमका ४० जनाको विदेशमा ज्यान गएको छ । गएको वर्ष ६७ जिल्लाका १२ सय ४२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदीमा छ । साउदी अरबमा मात्रै ३६२ जना नेपाली श्रमिकले रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । साउदीपछि कतारमा २३९ जना र मलेसियामा २८० जनाको ज्यान गएको बोर्डले जनाएको छ ।...