खोटाङमा कोदो राम्रो उत्पादन हुन्छ, तर आम्दानी हुँदैन्
राजकुमार सरगम (भट्टराई)
खोटाङ, पुष १५ । रैथाने बाली कोदो खोटाङमा अझै पनि मनग्ये फल्ने गरेको छ । तर यसबाट उल्लेखीय आम्दानी हुन नसक्दा किसानहरु चिन्तित् छन् । उनिहरुले अन्य विकल्प नभएको कारण मात्र बारीमा कोदो रोप्ने गरेको बताउछन् ।
जिल्लाका प्राय सबै ठाउँमा कोदो फल्छ, कृषकले रोप्दै पनि आएका छन् । कृषक यस खेतीबाट सन्तुष्ट भने छैनन् । चालू आर्थिक वर्ष २०८०/८१ म मात्र खोटाङमा ३४ हजार १ सय ४६ मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्र खोटाङसँग छ । तर, कोदोलाई सहि सदुपयोग गर्न नसक्दा कोदो खेतीबाट कृषकले लगानी उठाउन सकेका छैनन् । अधिकांश कृषकको भनाइ अनुसार गाउँ घरमा आजभोली कोदोको प्रयोग जाँडरक्सीमा मात्र भइरहेको छ । तर त्यसबाट पनि उल्लेखीय आम्दानी छैन् । रोटी, ढिडो र कोदोको पिठोको अन्य परिकार बनाएर खाने चलन विस्तारै हराउदै गएको छ ।
अहिले जिल्लामा घरेलु मदिरा उत्पादनको ल...









