Wednesday, April 29News That Matters

Author: रुपाकोट खबर

खोटाङमा व्यावसायिकरुपमा कालिज पालन

खोटाङमा व्यावसायिकरुपमा कालिज पालन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  राजकुमार भट्टराई (सरगम) खोटाङ, भदौ ११ । कालिज भन्ने बित्तिकै हाम्रो दिमागमा कुनै जंगल आउछ । त्यो स्वभाबिक पनि हो, किनकी हामीले कालिज प्राय जंगलमा देखेका छौँ । तर पछिल्लो समय व्यावसायिकरुपमा कालिज पाल्न सुरु गरिएको छ । अहिले देशका धेरै ठाउँमा कालिज पाल्न थालिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा बिगत २ वर्षदेखि कालिज पालन सुरु भएको हो । सुन्तलेका चन्द्रमणी राईको परिवारले यतिबेला व्यावसायिक रुपमा कालिज पालन गरिरहेका छन् । पहिले खेती हुने जग्गा काम गर्ने मान्छे नहुँदा बिस्तारै जंगलमा परिणत भयो । अहिले त्यही जंगलभित्र कालिज पालन र होमस्टे सञ्चालन भइरहेको छ । सुन्तलेको हर्रेचुङ डाँडामा रहेको आफ्नो नम्मबरी जग्गामा चन्द्रमणीले होमस्टे सञ्चालन गर्ने अनि पाहुनालाई अर्गानिक खाना खुवाने सोँच बनाएको बताउनुहुन्छ । सोही समयमा जापानमा रहेका उहाँको छोरा मुकेश राई पनि गाउँमै उद...
दिक्तेल रुपाकोट : खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग

दिक्तेल रुपाकोट : खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ३२ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाको कार्यविधि, नगर शिक्षा ऐन र संघीय शिक्षा ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले सूचना निकालेको हो । खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै साउन ७ गते बसेको नगरकार्यपालिकाको बैठकलले सबै प्रधानाध्यापकलाई हटाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले तत्कालिन प्रधानाध्यापकहरुले निमित्तकोरुपमा विद्यालयको कामकाज गरिरहनु भएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले बुधबार सूचना प्रकाशन गरेको छ । माध्यमिक तह, आधारभूत तह को (कक्षा १–८) र (कक्षा १–५) सम्मको विद्यालयका लागि नगरपालिकाले छुट्टा छुट्टै सूचना निकालेको छ । दिक्तेल ...
खोटाङका ६ ठुला योजना अलपत्र, २ अपुरै, १ अन्योलमा

खोटाङका ६ ठुला योजना अलपत्र, २ अपुरै, १ अन्योलमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम)   खोटाङ, साउन ३१ । वर्षौ अघि ठेक्का लागेका खोटाङका ६ वटा ठुला योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिए पनि जिल्लाका ६ ठुलो योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिन लागेका २ वटा ठुला योजना अपुरै छन् । एउटा देशकै ठुलो योजना अन्योलमा अवस्थामा छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको महुरे–फोक्सिन्टार सडक र मध्यपहाडी राजमार्ग अन्तरगत सेखुवा–चखेवाभन्ज्याङ सडकको कालोपत्रे गर्ने ठेक्का सम्झौता वर्षौँ अघि लागेको थियो । सम्झौता म्याद सकिए पनि निर्माण कम्पनीको लापारबाहीका कारण अहिले सडकको अवस्था ह्दयवेधी छ । यी दुई सडकमा दिनमा सयौँ यात्रुहरु आवतजावत गर्छन् । तर सडक हिलाम्मे र खाल्डाखुल्डीहुँदा यात्रुहरुको कन्तबिजोग छ । सडकको अवस्था नाजुकहुँदा बिरामीलाई समयमा अस्पताल लान नसक्ने अवस्था रहेको स्थानीय बताउछन् । ४९ किलोमिटर महुरे–फोक्सिन्टार सडक...
डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

Banner News 1, अर्थ, ताजा अपडेट, समाचार
३० साउन । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।...
खोटाङमा अवैधरुपमा खयरको काठ कटनी, बडहरेमा आमा समुहले रोके

खोटाङमा अवैधरुपमा खयरको काठ कटनी, बडहरेमा आमा समुहले रोके

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज
राजकुमार भट्टराई (सरगम) खोटाङ, साउन २६  । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित खोक्सेली सामुदायिक वनमा अवैधरुपमा खयर कटनी गरेको पाइएको छ । सामुदायिक वनमा अवैधरुपमा कटनी गरेर लैजादै गरेको खयरका काठ स्थानीय आमा समुहले रोकेको छ । अवैधरुपमा खयर कटनी गरेर लैजादै गर्दा बुधबार राती स्थानीय कुन्तादेवी आमा समुहले रोकेको हो । राती करीब ८ बजे ट्याक्टरमा हालेर जैजादै गरेको खयरका काठ जफत गरिएको आमा समुहका अध्यक्ष सुमित्रा दाहालले जानकारी दिनुभयो । ‘हाम्रो सामुदायिक वनमा खयर काटिएको छ भन्ने सुनेका थियौँ । बुधबार राती खानेपानी जोड्न आमा समुह भित्रकै सदस्यहरु लोक माया दाहाल, सुमित्रा दाहाल, दिलकुमारी भुजेल र म गएका थियौँ । अध्यक्ष दाहालले भन्नुभयो, सोही समयमा ट्याक्टरले खयर लिएर आउदै गरेको देखेपछि रोकेका हौँ । त्यसपछि सबै तिर हल्ला भयो, स्थानीय सबै आउनुभयो ।’ प्रहरीले थाहा पाए भने समस्या हुने भ...
हलेसी तुवाचुङका विद्यालयहरुमा कक्षा १२ सम्म निःशूल्क शिक्षा लागु गरियो

हलेसी तुवाचुङका विद्यालयहरुमा कक्षा १२ सम्म निःशूल्क शिक्षा लागु गरियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २५ । खोटाङको हलेसी तुवाचुङका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशूल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाको “शुन्य शूल्क” कार्यक्रम अन्तरगत सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशूल्क बनाइएको हो । नगरपालिकाले “शुन्य शूल्क कार्यविधि २०७९” पारित गरेर सबै विद्यालयहरुमा “शुन्य शूल्क” कार्यक्रम लागु गरेको हो । यदि विद्यालयहरुले कुनै पनि बहानामा शुल्क लिएको पाइएमा कारबाही हुने नगरपालिकाका शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । निजि शिक्षकलाई तलब प्रदान, परिक्षा सञ्चालन खर्च लगायतकाका लागि भन्दै बिद्यालयहरुले शूल्क लिने गरेका थिए । नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेर अघिल्लै वर्षबाट “शुन्य शूल्क” कार्यक्रम घोषणा गरेको थियो । यो वर्षबाट कार्यक्रम पूर्णरुपमा लागु गरिएको संयोजक कार्कीको भनाइ छ । नेपालको संविधान २०७२ को भाग ३, धारा (३१) मा प्रत...
खोटाङका ९ वटा अपुरो योजनाको विषयमा प्रजिअ सुनारलाई एमालेको ध्यानाकर्षण

खोटाङका ९ वटा अपुरो योजनाको विषयमा प्रजिअ सुनारलाई एमालेको ध्यानाकर्षण

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, साउन २५ । जिल्लामा सञ्चालन भइरहेका ९ वटा अपुरो योजनाको विषयमा नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय खोटाङलाई ध्यानाकर्षण गराएको छ । एमालेका प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद पाँचकर्ण राईसहितको टोलीले बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण गराएको हो । काम अपुरो रहेका त्यी योजनाहरुको काम सम्पन्नका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई एमालेका जिल्ला कमिटी उपाध्यक्ष देव विक्रम राईले ध्यानकर्षण पत्र बुझाउनु भएको हो । जिल्लाका ५ सडक र ३ वटा पुल निर्माण सम्पन्न गर्न पहल गरिदिन ध्यानाकर्षण पत्रमा भनिएको छ । यस्तै दुधकोशी जलविद्युत आयोजनाको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारी सुनारलाई अनुरोध गरिएको छ । ६३५ मेगावट क्षमताको उक्त आयोजनाको हालसम्म मुआब्जा निर्धाणरको काम भएको छैन् । आयोजनामा २ आर्थिक वर्षमा विनियोजन भएको १ अरब १४ करोड बजेटको सार्वजनिक सुनुवाइ हुन...
विद्यालयको गम्भीर लापारबाही : नयाँ भवनमा सामान, भत्किएको भवनमा विद्यार्थी

विद्यालयको गम्भीर लापारबाही : नयाँ भवनमा सामान, भत्किएको भवनमा विद्यार्थी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, साउन २५ । खोटाङको एक विद्यालयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापारबाहीको कारण विद्यार्थी जीर्ण भवनमामा बसेर अध्ययन गर्न बाध्य भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदिस्थित पत्करु आधारभूत विद्यालयमा नयाँ भवन बने पनि पुरानै भवनमा विद्यार्थीलाई राखिएको पाइएको छ । कक्षा ८ सम्म पठनपाठन भइरहेको उक्त विद्यालयको २–५ कक्षा सम्मका विद्यार्थीहरु जीर्ण भवनमा बसेर अध्ययन गरिरहेका छन् । कक्षा ५ पठनपाठन हुने कोठाको झ्याल मक्किएर भत्किएको छ । झ्याल भत्किएर जीर्ण अवस्थामा रहेको कोठाभित्र विद्यार्थी अध्ययन गरिरहेको दृश्य केही दिन यता सामाजिक सञ्जालमा चर्चित भएको छ । उक्त तस्विर सोही विद्यालयमा कार्यरत शिक्षक प्रकाशमान तामाङले लगाएका हुन् । तस्विर हेर्दा जुनसुकै समयमा भवन पुरै भत्किन सक्ने देखिन्छ । निर्माण भएको करीब १५ वर्ष भएको उक्त भवनको झ्याल गत असारमा मक...
त्रि–धार्मिकस्थल हलेसीमा एक वर्षमा १ करोड २६ लाख भेटी संकलन

त्रि–धार्मिकस्थल हलेसीमा एक वर्षमा १ करोड २६ लाख भेटी संकलन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ, साउन २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको विश्वकै प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसीमा एक वर्षमा १ करोड बढी भेटी संकलन भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा हलेसी मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट १ करोड २६ लाख ४४ हजार ८ सय ९७ भेटी संकलन भएको हलेसी विकास समितिले जनाएको छ । संकलन भएको भेटीमध्ये ६३ लाख १२ हजार ९ सय ९२ रुपैयाँ खर्च भएको बताइएको छ । मन्दिर व्यवस्थापन, कर्मचारी तथा पुँजारीलाई तलव लगायतमा उक्त रकम खर्च भएको विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । बाकी रहेको ६३ लाख ३१ हजार ९ सय ४ रुपैयाँ पैसा समितिको बैंक खातामा जम्मा भएको उहाँको भनाइ छ । यस्तै, एक वर्षमा मन्दिरमा करीब डेढ तोला सुन, १२५ तोला चाँदी दर्शनार्थीले चडाएका छन् । ३ लाख २६ हजार ९९ भारु, २१३ अमेरिकन डलर, १९८ मलेसियन पैसा, १४० हंकङ डलर, ६ कतारी रियाल, १ स...
मिश्रा गुरुङको गजल गीत “फूलको धार” सरिता राईको आवाजमा सार्वजनिक

मिश्रा गुरुङको गजल गीत “फूलको धार” सरिता राईको आवाजमा सार्वजनिक

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
साउन २४ । मिश्रा गुरुङको गजल गीत “फूलको धार” सार्वजनिक भएको छ । गुरुङको शब्द रहेको गजल गीतमा गायीका सरिता राईको आवाज, दुर्गा पराजुलीको संगीत र किरण कडेलको एरेन्ज रहेको छ । गजल गीतको भिडियोसमेत तयार गरिएको छ । भिडियोमा यसराज गराच, रचना शिवाकोटी र विमला खाजुम लिम्बुको अभिनय रहेको छ । गीतको भिडियो वरिष्ठ नुत्य निर्देशक कमल राईले तयार पारेका हुन् । यस्तै भिडियोको नुत्यमा सुमित गुरुङ, छायांकनमा शिव ढकाल र सम्पादन, कलरिङ्गमा मनोज कार्की रहेका छन् । भिडियो क्यास म्युजिक च्यानलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/0zR_u0kDnFA...