Wednesday, April 29News That Matters

Author: रुपाकोट खबर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट ९८ करोडको

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट ९८ करोडको

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार ९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ९८ करोडको बजेट पेश गरेको छ । शनिबार भएको नगरपालिकाको ९ औँ नगर सभामा ९८ करोड ६ लाख ५७ हजारको बजेट पेश गरिएको हो । संघीय सरकारबाट ६९ करोड ९३ लाख र प्रदेश सरकारबाट ३ करोड ९८ लाख १२ हजार बजेट प्राप्त हुने छ । यस्तै चालु आर्थिक वर्ष २०७९/०८० मा खर्च नभइ वचत हुने अल्या रकम ७ करोड १५ लाख ३८ हजार हुने अनुमान छ । आगामी आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक आयमा १ करोड ८० लाखको लक्ष्य राखेको छ । संघीय सरकारबाट १३ करोड २४ लाख २९ हजार र प्रदेश सरकारबाट १ करोड ९५ लाख ७८ हजार राजश्व प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ । कृषि तथा पशुपालनतर्फ फलफूल प्रशोधन केन्द्र निर्माणका लागि १ करोड र कृषि बजार निर्माणका लागि ५० लाख बजेट विनियोजनसँगै अन्य कार्यक्रमहरु रहेका छन् । वैदेशिक रोजगारीमा गएर फर्केका ब्यक्तिहर...
हलेसी तुवाचुङका नागरिकको खानेपानी समस्या अन्त्य हुने चरणमा

हलेसी तुवाचुङका नागरिकको खानेपानी समस्या अन्त्य हुने चरणमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ८ । सुक्खा क्षेत्र घोषणा गरिएको खोटाङको हलेसी क्षेत्रका नागरिकको घर–घरमा दुधकोसीको पानी पु¥याउने योजना अन्तिम चरणमा पुगेको छ । हलेसी तुवाचुङ नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७ सय ५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको (बृहत पम्पिङ) खानेपानी आयोजना अन्तिम चरणमा पुगेको हो । दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकालेर वितरण गर्ने लक्ष्यका साथ २०७४ सालदेखि करिब एक अर्वको लिफ्टिङ आयोजनाको काम अघि बढाइएको थियो । आयोजना सुरु भएको करीब ७ वर्षमा डिकुवाको भुम्जुडाँडामा पानी आइपुगेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट दुधकोशीको पानी १५० एमएमको पाईपमार्फत ४ हजार ५ सय मिटरमाथि रहेको डाँडामा निकालिएको हो । दुधकोसीबाट १÷१ लाख लिटरका ६ स्टेपका ६ वटा लिफ्ट ट्यांकी हुँदै भुम्जुडाँडामा बना...
डुम्रेधारापानीमा पुराना योजनाको सार्वजनिक सुनुवाइ, नयाँ बजेटका लागि सुझाव संकलन

डुम्रेधारापानीमा पुराना योजनाको सार्वजनिक सुनुवाइ, नयाँ बजेटका लागि सुझाव संकलन

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार २ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा पुराना योजनाको सार्वजनिक सुनुवाइ र नयाँ बजेटका लागि सुझाव संकलन गरिएको छ । वडामा सञ्चालन भएका चालु आर्थिक वर्ष २०७९/०८० का योजनाको वडाले सार्वजनिक सुनुवाइ गरेको हो । यस्तै, आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझाव संकलन गरिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले जानकारी दिनुभयो । चालू आ.वमा डुम्रेधारापानीमा साना ठुला गरेर ४७ वटा योजनाहरु सञ्चालन भएका छन् । संघ, प्रदेश, पालिका र वडाको गरेर कुल रु १ करोड ९१ लाख ५८ हजार ३७ रुपैयाँ बजेटको योजना वडामा सञ्चालन भएको वडाध्यक्ष पाण्डेले बताउनुभयो । जसको पारदर्शिताका लागि योजनाहरुको प्रगति र सार्वजनिक सुनुवाइ गरिएको उहाँको भनाइ छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षक, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, सर्वसाधरण नागरिक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उपस्थित ब्यक्तिहरुबा...
राउत क्षेत्री सेवा समाज खोटाङको अध्यक्षमा बासु र सचिवमा नेत्र बिक्रम

राउत क्षेत्री सेवा समाज खोटाङको अध्यक्षमा बासु र सचिवमा नेत्र बिक्रम

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार २ । खोटाङमा राउत समुदायको संगठन निर्माण गरिएको छ । शुक्रबार दुर्छिममा भएको प्रथम भेलाले बासु राउतको अध्यक्षतामा १९ कार्यसमितिको संगठन चयन गरिएको हो । राउत क्षत्री सेवा समाजको सचिवमा नेत्रबिक्रम राउत र कोषाध्यक्षमा पवित्रा राउतलाई चयन गरिएको छ । समितिको उपाध्यक्ष र सहसचिव मनोनित गर्ने गरी सहमति भएको नयाँ निर्वाचित सचिव राउतले बताउनुभयो । खोटाङ जिल्लाका राउतहरुको प्रथम भेलामा राउत क्षत्री सेवा समाजका केन्द्रीय अध्यक्ष भगवान बहादुर राउत, महासचिव श्याम कुमार राउत ,कोषाध्यक्ष इराज राउत, केन्द्रीय सदस्य देबेन्द्र राउतको उपस्थिति रहेको थियो । विशेष अतिथिकोरुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, उपमेयर रमेशकुमार राउत र अतिथिहरुमा नगर सभापति चक्रकुमार राई, वडाध्यक्षहरु रुपेन्द्र कुमार राई र टेकराज राई लगायतको उपस्थित रहेको सचिव राउतको भनाइ छ ।...
खोटाङका सीडीओ सेडाईको सरुवा, नयाँ सीडीओमा खतिवडा

खोटाङका सीडीओ सेडाईको सरुवा, नयाँ सीडीओमा खतिवडा

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १ । खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुर्य प्रसाद सेडाईको सरुवा भएको छ । खोटाङका (सीडीओ) सेडाईसहित अन्य केही जिल्लाका (सीडीओ)हरुको गृह मन्त्रालयले सरुवा गरेको हो । अवधि पुगेका र सुगम तथा दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सेडाईलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाएको छ । यस्तै खोटाङमा नयाँ प्रमुख जिल्ला अधिकारीमा भोजराज खतिवडा आउनुहुने भएको छ । हाल सिरहाका सीडीओ खतिवडालाई मन्त्रालयले खोटाङ सरुवा गरेको हो ।...
कुभिण्डेले गर्यो वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ

कुभिण्डेले गर्यो वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ ३० । खोटाङको रावा बेसी गाउँपालिका-१ कुभिण्डेले वडामा सञ्चालन भएका योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको हो ।  चालू आ.वमा कुभिण्डेमा साना ठुला गरेर ५२ वटा योजनाहरु सञ्चालन भएका छन । संघ, प्रदेश, पालिका र वडाको गरेर कुल रु ४ करोड १८ लाख ४० हजार बजेटको योजना कुभिण्डेमा सञ्चालन भएको वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । जसको पारदर्शिताका लागि योजनाहरुको प्रगति र सार्वजनिक सुनुवाइ गरिएको वडाध्यक्ष राईको भनाइ छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षक, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि  लगायतको उपस्थिति रहेको थियो । यस्तै, आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझावसमेत लिइएको  वडाध्यक्ष राईले बताउनुभयो ।...
बर्सात सुरु भएसँगै खोटाङमा रोपाइँ सुरु

बर्सात सुरु भएसँगै खोटाङमा रोपाइँ सुरु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ ३० । बर्सात सुरु भएसँगै  खोटाङमा धान रोपाइँ सुरु भएको छ । जेठ २८ गतेदेखी लगातार वर्षा हुन थालेपछी किसानले  धान रोप्न सुरु गरेका हुन । दश स्थानीय तह रहेको जिल्लामा प्राय सबै पालिका क्षेत्रमा धान रोपाइँ हुन्छ । बेँसी क्षेत्रमा असार १५ पछि मात्र रोपाइँ गर्ने गरिन्छ । माथिल्लो लेक क्षेत्रमा भने किसानले जेठ अन्तिम देखि रोपाइँ सुरु गर्ने गरेका छन । धान रोप्ने समय भए पनि पानी नपर्दा किसान चिन्तित थिए । २८ गते भारी बर्षा भएपछि सोही मौका छोपेर अहिले किसान रोपाइँमा ब्यस्त भएका छन ।...
बीमा बापतको सेवा अब दुर्छिमबाटै, गर्भवतीलाई निःशूल्कसहितको एम्बुलेन्स सञ्चालन

बीमा बापतको सेवा अब दुर्छिमबाटै, गर्भवतीलाई निःशूल्कसहितको एम्बुलेन्स सञ्चालन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २७ । स्वास्थ्य बीमा गरेकाहरुले अब हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमबाट पनि सेवा लिन पाउने भएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार बीमा गरेका ब्यक्तिहरुलाई नगर अस्पताल दुर्छिमबाट सेवा दिने गरी सुरु गरिएको हो । एक परिवारले ३५ सयमा स्वास्थ्य बीमा गरेर एक वर्षसम्म एक लाख बराबरको उपचार सेवा लिन पाउने व्यवस्था छ । यस अघि हलेसी तुवाचुङ नगरपालिकाका नागरिक उक्त सेवा लिन जिल्ला अस्पताल दिक्तेल, छिमेकी जिल्ला ओखलढुंगासँगै अन्यन्त्र जिल्ला जानु पर्ने बाध्यता थियो । शनिबार एक कार्यक्रमकासाथ नगरपालिकाले नगर अस्पताल दुर्छिमबाट उक्त सेवा दिन सुरु गरेको हो । नगरपालिकाको जोडबलले दुर्छिमबाट स्वास्थ्य बीमा गरेकाहरुलाई मापदण्ड अनुसारको निःशूल्क सेवा प्रदान गर्न सुरु गरिएको मेयर विमला राईले बताउनुभयो । नगर अस्पताल दुर्छिमबाट प्रथम सेवा विन्दुको कार्यक्रम सुरु भएसँगै नागरिकले घरआगनमै सेवा लिन पाउदा ...
दिक्तेल बजारमा आगो निभाउने यन्त्र, पर्यटन मन्त्री किरातीद्धारा उद्घाटन

दिक्तेल बजारमा आगो निभाउने यन्त्र, पर्यटन मन्त्री किरातीद्धारा उद्घाटन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २५ । खोटाङको दिक्तेलबजारमा आगो निभाउने  यन्त्रको उद्घाटन गरिएको छ । दमकलको विकल्पमा प्रयोग गर्नेगरी अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट) बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले उद्घाटन गर्नुभएको हो । आगलागीमा समयमा पाईपबाट पानीको फोहोरा फालेर दमकलकै सट्टामा प्रयोग गर्नेगरी दिक्तेलबजारमा फायर हाइड्रेन्ट बनाइएको छ । आगलागीका बेला पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी रम्बाखोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बनाएको हो । दिक्तेल बजारको विभिन्न १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ राखिएको छ । बजारमा आगलागिका ठुला घटना हुन नदिन फायर हाइड्रेन्ट बनाइएको रम्बाखोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नवराज जोशीले बताउनुभयो । दिक्तेलबजारको किरातचोक, रत्नपार्क, संगमपार्क, सल्लेरीटोल, त्रिबेणीचोक, बैंक...
धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा, स्वास्थ्य चौकीलाई प्रोजेक्टर र ल्यापटप

धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा, स्वास्थ्य चौकीलाई प्रोजेक्टर र ल्यापटप

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २४ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा गरिएको छ । धितुङ वडा कार्यालयले वडाका सबै १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःशूल्क बिमा गरिदिएको जनाएको छ । स्वयंसेविकाहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर बिमा गरिएको वडाध्यक्ष टेकराज राईले बताउनुभयो । ‘नागरिकको घरदैलोमा खटिएर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वयंसेविकाहरुको आफ्नै स्वास्थ्य जोखिम हुन्छ । त्यसैले उहाँहरुको निःशूल्क स्वास्थ्य बिमा वडाले गरिदिएको छ ।’ अध्यक्ष राईले भन्नुभयो । स्वयंसेविकाहरुलाई बुधबार वडाले एक कार्यक्रमका बीच झोलासमेत बितरण गरेको छ । यस्तै, धितुङ स्वास्थ्य चौकीलाई वडाले प्रोजेक्टर र ल्यापटप प्रदान गरेको छ । जनस्वास्थ्य कार्यक्रमका लागि आवश्यक परेकाले वडाले १ लाख ५० हजार बराबरको १/१ वटा प्रोजेक्टर र ल्यापटप प्रदान गरेको वडाध्यक्ष राईले बताउनुभयो । विद्यालयसँगै व...