Thursday, July 30News That Matters

Author: रुपाकोट खबर

खोटाङको एक प्रहरी चौकीको बिजोग, १२ वर्षदेखि आमा समुहको जीर्ण भवनमा

खोटाङको एक प्रहरी चौकीको बिजोग, १२ वर्षदेखि आमा समुहको जीर्ण भवनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम)   खोटाङ, वैशाख २३ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरीचौकी आमा समहुको जीर्ण भवनबाट सञ्चालन भइरहेको छ । बिगत २६ वर्षदेखि वाप्लुखामा स्थापना भएको प्रहरीचौकीको अहिलेसम्म आफ्नै भवन नभएकोे हो । भवन बिहिन भएपछि वाप्लुखाका आमा समुहले प्रहरीचौकीलाई भवन दिएका छन् । तर पुरानो भवन जीर्ण भएपछि अहिले आफ्नै ज्यान जोखिममा राखेर प्रहरीहरु शान्ति सुरक्षा सम्वन्धी कार्यसम्पादन गर्न बाध्य बनेका हुन् । भोजपुर सिमाना भएको खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्नेगरी वाप्लुखाको कानढाकामा २०५४ सालमा सामान्य भवन निर्माण गरेर प्रहरीचौकी स्थापना गरिएको थियो । शसस्त्र द्धन्द्धको समयमा २०५७ साल चैतमा प्रहरीचौकी जलेर ध्वस्त भएको हो । द्धन्द्धको समयमा वाप्लुखाबाट उठेको प्रहरीचौकी २०६८ सालमा पुःर्नस्थापना गरिएको हो । अभिभाबकको छलफल अनुसा...
बराहपोखरीको वडा स्तरीय फुटबलको उपाधि मौवाबोटेलाई, पौवासेरा दोस्रो

बराहपोखरीको वडा स्तरीय फुटबलको उपाधि मौवाबोटेलाई, पौवासेरा दोस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख २३ । बराहपोखरी गाउँपालिकाको वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ मौवाबोटेले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ५ पौवासेरालाई पेनाल्टीमा हराउदै मौवाबोटेले उपाधि उचालेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा ४–२ गोल अन्तरले पौवासेरालाई हराउदै मौवाबोटेले उपाधि जितेको हो । उपाधिसँगै मौवाबोटेले नगद ४० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको पौवासेराले नगद ३० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो र चौथो हुने वडा नम्बर ४ फाक्टाङ र वडा नम्बर १ बराहपोखरीले क्रमस नगद २० र १० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताउनुभयो । यस्तै, विद्यागततर्फ उत्कृष्ट गोलकिप्परमा पौवासेराका किरण राई, उत्कृष्ट मिट...
डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र

डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख २१ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । बिहिबार नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनसँगै बिहिबार बाटै स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो । खोप केन्द्रको भवनलाई अपग्रेड गरेर आधारभुत स्वास्थ्य उपचार सेवा प्रदान गरिएको उहाँको भनाइ छ । हाल एक जना अहेव खटाइएको रातमाटे शहरी स्वास्थ्य केन्द्रमा आवश्यकताका आधारता जनशक्ति थप्ने नगरपालिकाले जनाएको छ । गाउँमै आधारभुत स्वास्थ्य उपचार पाउने भएपछि सामान्य स्वास्थ्य उपचारका लागि करीब तीन घण्टाको बाटो हिडेर दाम्ली पुग्नु पर्ने समस्याको अन्त्य भएको भन्दै स्थानीय खुशी भएका छन् । डिकुवाको साविक १,२ र ३ नम्बरका स्थानीयले उक्त केन्द्रबाट स्वास्थ्य उपचार ...
खोटाङको तराई, मैनटार

खोटाङको तराई, मैनटार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २१ । सुन्दर मैनटार गाउँ सुनकोशी नदिको किनारमा रहेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ मा पर्ने मैनटार गाउँ साविक देविस्थान गाविसको ८ नम्बर वडा हो । तराई जस्तै उर्वर र समथर मैनटारमा अहिले करीब ५० घर रहेका छन् । औलो रोगका कारण पहिले मैनटार बेँसीमा काम गरेर किसान माथिल्लो गाउँमा बस्न जाने गरेको बताइन्छ । तर बिस्तारै औलो रोग हराएपछि वि.स. २०३६ सालबाट मैनटारमा घर बनाएर किसानहरु बस्न थालेका हुन् । प्राय माझी जातीको बसोबास रहेको मैनटारमा तामाङ, राई, क्षेत्री जातीहरुको पनि बसोबास छ । प्राय सबै घरहरु तराईको जस्तै काठले बनाइएको छ । धान, मकै, गँहु लगायतका बाली प्रसस्त फल्ने मैनटारमा सुपारी, नरिवल, मेवा, मरिच पनि उत्पादन हुँदै आएको छ । सोही गाउँमा प्रसिद्ध धार्मिक स्थल पञ्चकन्या पोखरी पनि रहेको छ । नजिकका अन्य भूगोल देविस्थान, वाप्लुखाकाका खेतबारीमा भर्खरै मकै गोड्ने बेलाहुँदा त...
खोटाङमा बाख्रा चराउन गएकी एक युवती बलात्कृत

खोटाङमा बाख्रा चराउन गएकी एक युवती बलात्कृत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, वैशाख २१ । खोटाङमा बाख्रा चराउन गएकी एक युवती बलात्कृत भएकी छिन् । घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षीया युवती बलात्कृत भएकी हुन् । सोमबार बिहान अन्दाजी ११ बजे बाख्रा चराउन गएकी युवतीलाई अन्दाजी दिउँसो १ वजे निर्मलीडाँडाको जोरअंगेरी जंगलमा बलात्कार गरेको भन्दै सोही गाउँका २९ वर्षीय प्रतापजंग राई विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मंगलबार युवतीको परिवारले किटानी जाहेरी दिएको छ । उनि फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । युवती बाख्रा चराई रहेको अवस्थामा निज अभियुक्त राई पनि बाख्रा लिएर सोही ठाउँमा पुगेका थिए । राईले युवतीलाई भेटेपछि उक्त ठाउँबाट केही पर पात्ले झार्न जाउँ बाख्रालाई घाँस हुन्छ भनेछन् । हाम्रो बाख्राले पात्ले खादैनन् म जान्न तपाई जानु युवतीले भनिछन् । मेरो मात्रै बाख्राले खाएपनी म झार्छु तिमी बटु...
गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न बराहपोखरीमा खोप अभियान

गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न बराहपोखरीमा खोप अभियान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १९ । खोटाङको बराहपोखरी गाउँपालिकाले गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान चलाएको छ । अधिकांश गाईगोरुमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोग देखिएपछि गाउँपालिकाले खोप अभियान चलाएको हो । पालिका भित्रका ६ वटै वडाका किसानले पालेको गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, र्‍याल काड्ने लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखा परेको पालिकाका पशु शाखा प्रमुख आशिस बन्जराले बताउनुभयो । उक्त रोगको हालसम्म खोप पत्ता नलागे पनि पशुको लक्षणसँग मिल्दोजुल्दो औषधि उपचार गरिरहेको उहाँको भनाइ छ । किसानको घरसम्म पालिकाबाट पशु प्राविधिक पुगेर खोप लगायतको औषधि उपचार गर्ने कार्य भइरहेको छ । हालसम्म सबै वडाका ५ सय २५ गाईगोरुलाई खोप लगाइएको पशु शाखा प्रमुख बन्जराले बताउनुभयो । भारतबाट २०७७ सालमा मोरङ हुँदै हाल देशका सबैजसो ठाउँमा...
पानी परेसँगै खोटेहाङका किसान मकै छर्न ब्यस्त

पानी परेसँगै खोटेहाङका किसान मकै छर्न ब्यस्त

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १७ । वैशाख १६ गते परेको पानीले खोटेहाङ गाउँपालिकाका किसानलाई राहत दिएको छ । १६ गते साँझको पानीले खेत बारी भिजाएपछि १७ गते बिहानबाट गोरु, हलो जुवा र मकैको बिउ लिएर किसानहरु खेत बारीमा पुगेका छन् । पानी पर्खिएर बसेका किसानहरु अहिले मकै छर्न ब्यस्त भएका हुन् । गाउँपालिकाको माथिल्लो भेगका किसानले केही समय अघि नै मकै छरिसकेका छन् । तल्लो भेगका किसानलाई भने १६ गतेको पानीले राहत दिएको हो । पानी नपर्दा जेठ महिनासम्ममा मकै छर्ने किसान यो वर्ष वैशाखमै मकै छर्न पाउदा हर्षित छन् ।...
ठेकेदारको बिरोध गर्दै सांसद राईको नेतृत्वमा महुरेमा चक्का जाम

ठेकेदारको बिरोध गर्दै सांसद राईको नेतृत्वमा महुरेमा चक्का जाम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, रोचक, समाचार, स्थानीय
खोटाङ, वैशाख १७ । सडक कालोपत्रे काममा ढिलासुस्ती भएको भन्दै ठेकेदार विरुद्ध सांसदको नेतृत्वमा चक्का जाम गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङस्थित महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै प्रदेश सांसद पाँचकर्ण राईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय नागरिकले आइतबार बिहान चक्का जाम गरेका छन् । दुई खण्डमा विभाजन गरेर कालोपत्रको कामे सुरु गरिएको महुरे–फोक्सिङटार सडकखण्डको काम लामो समयदेखि अलपत्र छ । अलपत्र सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गराउनुपर्ने माग राख्दै सांसद राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, वडाध्यक्षहरु लगायत स्थानीयले चक्का जाम गरेका हुन् । सगरमाथा राजमार्ग र मध्यपहाडी लोकमार्ग जोडिएको महुरेमा सांसद राई लगायतले सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए । काम गर्छु भनेर सधै ढाटिरहने ठेकेदार सडक कालोपत...
खोटेहाङ अध्यक्ष कपको उपाधि पुरुषतर्फ सभापोखरी र महिलातर्फ रामप्रसाद राई गा.पाको पोल्टामा

खोटेहाङ अध्यक्ष कपको उपाधि पुरुषतर्फ सभापोखरी र महिलातर्फ रामप्रसाद राई गा.पाको पोल्टामा

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख १५ । खोटेहाङ गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ सभापोखरी गाउँपालिका–३ संखुवासभा र महिलातर्फ रामप्रसाद राई गाउँपालिका–८ भोजपुरले जितेका छन् । गाउँपालिकाको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अध्यक्ष कप अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि उक्त दुई टिमले आफ्नो पोल्टामा पारेका हुन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको प्रांगणमा मंगलबारबाट सुरु भएको अध्यक्ष कपको समापन शुक्रबार गरिएको हो । २६ टिम सहभागि पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको सभापोखरी–३ ले नगद १ लाख १५ हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने टिम रामप्रसाद राई गाउँपालिका–५ भोजपुरले नगद ७० हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । सेमिफाइनलिस्ट २ टिम भोजपुरको आमचोक गाउँपालि...
शुभद्रा मदन फाउण्डेशनलाई एपिएफ हलेसी गुल्मको सम्मान

शुभद्रा मदन फाउण्डेशनलाई एपिएफ हलेसी गुल्मको सम्मान

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १२ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हे. क्वा. हलेसी खोटाङले शुभद्रा मदन फाउण्डेशनलाई सम्मान गरेको छ । गुल्मको १३ औँ स्थापना दिवसको अवसरमा मंगलबार फाउण्डेशनलाई शैक्षिक सामाग्री प्रदान गर्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराईले फाउण्डेशनका कार्यकारी निर्देशक सुर्य राईलाई सम्मानस्वरुप शैक्षिक सामाग्री हस्तान्त्रण गर्नुभएको हो । फाउण्डेशनले शिक्षा क्षेत्र तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान गरिएको हलेसी खोटाङ गुल्मपति कृष्ण बहादुर बममे बताउनुभयो । २०६१ सालमा स्थापना भएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन भइरहेको शुभद्रा मदन फाउण्डेशनमा कक्षा १–१२ सम्म पठनपाठन हुँदै आएको छ । जीवन उपयोगी एवं ब्यबहारिक शिक्षा प्रदान गर्दै आएको फाउण्डेशनमा ५२ जिल्लाका १ सय ५० जना व...