खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण
खोटाङ, फागुन ४ । खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । एक नम्बर प्रदेश सरकार अन्तरगत स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा धनकुटाको आयोजनामा दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पताल खोटाङमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारासहित प्रदेश एकका १४ वटै जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमको मुख्य उदेश्य गुणस्तरीय स्वास्थ्य प्राप्त रहेको बताइएको छ । कार्यक्रमको जिल्ला स्तरीय समितिको संयोजक जिल्ला समन्वय समितिका प्रमुख र सदस्य सचिव आयुर्वेद अस्पतालका प्रमुख रहने व्यवस्था छ । सोही अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको अध्यक्षतामा बिहिबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, विभिन्न कार्यालयका प...









